01/16/2025
बितेका २४ घन्टा
* प्रतिस्थापन विधेयकबाट सच्याउने प्रधानमन्त्रीको वाचापछि राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश ।
* विज्ञ भन्छन् - पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा ।
* डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो ।
* बुधबार राति देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रियो , त्यसको प्रभावले बिहीबार रातिसम्म हिमपात र वर्षा हुने सम्भावना ।
* देउवाले बुढानीलकण्ठमा बोलाए मन्त्री र सांसदसहितको बृहत बैठक ।
* सरकारले छिटो हिउँदे अधिवेशन नबोलाए विपक्षी दलले विशेष अधिवेशनको माग गर्ने ।
* भरतराज पौडेल गणतन्त्र क्यूवा, धनबहादुर ओली भियतनाम र निर्मल राज काफ्ले भेनेजुएलाको गैरआवासीय राजदूत नियुक्त ।
* समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्ने ।
* रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए- काठमाडौँ जिल्ला अदालत । ६० लाख धरौटीमा रिहा ।
* रवि अब रूपन्देही जानुपर्ने, सुप्रिम सहकारीको मुद्दा दर्ता गर्ने तयारी ।
* भारतीय सेना दिवसमा पहिलोपटक नेपाली सैनिक व्याण्डको प्रस्तुती ।
* राज्यमन्त्री अरुण चौधरीविरुद्धको रिट खारेज, जोगियो सांसद पद ।
* वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति पक्राउ ।
* जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ ।
* प्रधानमन्त्री ओलीद्वारा नेपालकै पहिलो फ्रान्सेली ब्रान्डको पाँचतारे होटल उद्घाटन ।
* फ्लाई दुबईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाबाट उडान थाल्यो।
* पाँच दिनपछि झिनो अंकले बढ्यो नेप्से, मूल्य बढाउनेमा जलविद्युत कम्पनी अगाडि ।
* श्रमिकहरूले ६० वर्षमा अनिवार्य अवकाश पाउने ।
* मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेबाट करिब १११ किलो गाँजासहित कैलाश गाउँपालिका २ डाँडाखर्क बस्ने ३४ वर्षीय रावाल स्याङ्ग्बो पक्राउ ।
* गैँडाको आक्रमणमा माडी नगरपालिका–३ का ५६ वर्षीय छविलाल वोटको मृत्यु ।
* माघे सङ्क्रान्ति नुहाउन गएका एकजना देवघाटको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता ।
* मोरङमा चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको छ महिनाको अवधिमा अदालतले दोषी ठहर गरेका ३४५ जना फरार ब्यक्ति पक्राउ ।
* महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ ।
* प्राधिकरणले पुस महिनामा १९ हजार ग्राहकको लाइन काटेर उठायो २३ करोड ।
* नेपाल खुला विश्वविद्यालयमा सूचना प्रविधि पढाइ