Vita Luck

Vita Luck 'Join Vita Luck's Youtube channel and immerse yourself in the beauty of Nepali Poetry. Discover a new way of life.

Experience the power of words with our founders Cmadhav, Saara Karki, and Nootan as they share thought-provoking and heartfelt poems.

08/06/2025

तपाईंहरू कस्तो content हेर्न चाहनुहुन्छ? कमेन्ट गर्नुहोला ।

07/29/2025

पानी झर्‍यो झरनाजस्तै, मनभरि सम्झना आयो,
हावाले बोकेर मायाको गन्ध, तिमी सम्झी मुस्कान छायो।
घाम झल्किँदा उज्यालो भयो, मनका गल्लीमा आशा पलायो,
तिमी बिना पनि जिन्दगी, कविता भएर बाँच्न सिकायो।

-Vita Luck

*छोरीलाई पराइ घर *✍️सन्ध्या खनालम छोरी हुँ, भन्छन् 'पराईघर' जान्छे,आफ्नै आँगनमा खेल्दा पनि मनमा पीर मान्छे।सानैदेखि सिका...
06/15/2025

*छोरीलाई पराइ घर *
✍️सन्ध्या खनाल

म छोरी हुँ, भन्छन् 'पराईघर' जान्छे,
आफ्नै आँगनमा खेल्दा पनि मनमा पीर मान्छे।
सानैदेखि सिकाइन्छ, 'यो घर तिम्रो होइन,'
हरेक पाइलामा सुनिन्छ, 'यो तिम्रो ढोका होइन।'
जन्मभूमिको माया, मनमा गहिरो छ,
तर भवितव्यको रेखा, कता कता तेर्सो छ।
हुर्कंदै जाँदा बुझ्दैछु, यो कस्तो चलन,
मुटुमा गाँठो पर्छ, जब आउँछ त्यो पल।
आफ्नै सपना, आफ्नै इच्छा, आफ्नै चाहना,
सबैलाई थाती राखेर, हिँड्नुपर्छ टाढा।
नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ सम्बन्ध गाँस्दै,
पुराना यादहरूलाई, मुटुमै लुकाउँदै।
कहिल्यै सकिँदैन यो 'पराई' को बिल्ला,
मामाघर जाँदा पनि, 'छोरी मान्छे पराई घर।'
दुई घरको मायामा, सधैँ झुन्डिन्छु म,
कुन चाहिँ आफ्नै हो, छुट्याउनै सक्दिनँ म।
तर पनि हाँस्छु, अघि बढ्छु, सङ्घर्ष गर्दै जान्छु,
यो 'पराई' को धारणालाई, चिरेरै देखाउँछु।
म मान्छे हुँ, म छोरी हुँ, म नारी हुँ महान्,
मेरो कर्मले देखाउँछु, मेरो आफ्नै पहिचान।

06/12/2025

दुखको भारी बोकी (कविता) - Saara Karki | Nepali Emotional Poetry | Vita Luck 🎙️

#दुखकोभारीबोकी

05/19/2025

म अझै यही छु-Cmadhav

#मअझैयहीछु #मनछुनेकविता #कविता

कविता: चारकिल्ला बाहिरबाटतिनै धूप र धुपौराहरुलेकायापलट हुन्थ्यो त मेरो गाउँकिन सपनाविहिन भएर बाँच्थ्यो,किन देशविहिन भएर ...
05/04/2025

कविता: चारकिल्ला बाहिरबाट

तिनै धूप र धुपौराहरुले
कायापलट हुन्थ्यो त मेरो गाउँ
किन सपनाविहिन भएर बाँच्थ्यो,
किन देशविहिन भएर बाँच्थ्यो र
न्यायका सीमानामुनि थिचिएर
किन युगौं कुंजिएर बस्थ्यो ?

लामा लामा लोकमार्ग छिचोलिसक्यो
मेरो गाउँबाट अरुणले
हजारौं बिलाप बगाइसक्यो
युगौं सुसाइसक्यो र फेरिसक्यो
मारुनी र सँगिनी धुनहरु ।
जब देशले चारकिल्ला भित्रबाट
मेरो गाउँलाई शासन गर्यो
अकाशको चन्द्रमा देखाउँदै जब
दियोलाई सुर्य भन्दै बेचियो,
न्यायका चारकिल्ला बाहिर बसेर
पटक पटक मरेको हो मेरो गाउँ
पटक पटक बलात्कृत आँसु रोएको हो
पटक पटक अन्धाकार पिएको हो र
आज लामा लामा लोकमार्गहरु छिचोलेर,
सीमानाहरु तोड्न आतुर देखिन्छ,
मेरो गाउँ
सपना आफैं देख्छ र
आफैं शासन गर्छ ।

फेरि धूप र धुपौराहरुले
काला भर्सेलीहरुको सपना देखे भने
चारकिल्ला भित्रको युगबाट
इतिहास हराउला र फेरि,
जुरुक्कै उठ्ला मेरो गाउँ !

- राज‌ कुमार श्रेष्ठ

गजलहामीले नै राम्रो नेता चुनेको हुनु पर्छ नेताको मिठो भाषण सुनेको हुनु पर्छनेताको स्वभाव ब्यवहार राम्रो भएको हेर्नुनेता ...
05/03/2025

गजल
हामीले नै राम्रो नेता चुनेको हुनु पर्छ
नेताको मिठो भाषण सुनेको हुनु पर्छ

नेताको स्वभाव ब्यवहार राम्रो भएको हेर्नु
नेता बस्ने चौकी बेदले बुनेको हुनु पर्छ

हरेक दुखी जनताहरुको गुनासो सुनोस्
राम्रो नेताको लागी माला उनेको हुनु पर्छ

नेता भएपछी जनताको मर्म बुझी दिने
दलाललाई चै जेलमा थुनेको हुनु पर्छ

राम्रो नेता नै पाएपछी त सबै खुसी हुँदै
सेलरोटी पोल्ने आटा त गुनेको हुनु पर्छ

-बिधुत गुरुङ गोरुबथान

05/02/2025
"नारी"सर्जक -सुनिता खालिङ राईगोरूबथान-------------------------------नारी हुँ म, यस सृष्टिको चिनारी हुँ म,गर्व छ मलाई आफु...
05/02/2025

"नारी"

सर्जक -सुनिता खालिङ राई
गोरूबथान
-------------------------------
नारी हुँ म,
यस सृष्टिको चिनारी हुँ म,
गर्व छ मलाई आफु नारी हुन मा
ममता की परिभाषा,
दयाकी खानी हुँ म,
हो त्यही नारी हुँ म।

यस संसार रुपी रंङ्गमंचका,
धेरै भूमिका खेल्ने क्षमता छ म मा,
तिमीलाई संसार टेकाउने आमा हुँ म,
एउटा घर महल बनाउने बुहारी हुँ म,
सबैको मुहारमा खुशी हाँसो
छरी दिने छोरी पनि मै हो,
तिम्रो साथमा काखमा-काध
मिलाएर हिड्ने स्वास्नी पनि मै हो,
त्यही नारी हु म, त्यही नारी हुँ म,

तिमीले हरेक दिन टेक्ने धर्ती हुँ म,
तिम्रो तिर्खा मेटाउ‌ने सरीता हुँ म,
तिम्रो भोक मेटाउने अन्न पुर्णपनि मै हो,
र तिमीले गुण-गान कविता पनि म,
हो त्यहीं नारी हो म, त्यहीं नारी हो म ।।

आमासंसारकै मिठो बोलि  र सफा शुद्ध मन भएकी अामादुखमा साथ दिने अामा रसुखमा हाँसी रमाइदिने  आमा।अश्रुको सागर पन्छाएर,सपनाको...
04/27/2025

आमा

संसारकै मिठो बोलि र सफा शुद्ध मन भएकी अामा

दुखमा साथ दिने अामा र

सुखमा हाँसी रमाइदिने आमा।

अश्रुको सागर पन्छाएर,

सपनाको झिलमिल उज्यालो देखाउने अामा,

न्यानो काख र मायाको चुलो,

जीवनको पहिलो देवता आमा।

थकाइ नमानी काम गर्ने,

मुटु भित्रै धड्कने अामा

सपना बुनेर हुर्काउने र

जीवनको आधार बनाउने आमा

आफू भोकै बसेर सन्तानलाई पेटभरी खुवाउँने अामा

आफू थकित भएर नि सधैं हाँसेर बोलाउँने अामा,

आफ्ना सपना भुलेर अाफ्ना सन्तानकाे सपना सजाउने अामा,

संसारकै सबैभन्दा निःस्वार्थ रूपमा दिईरहने अामा,

अाफू घरकाे दास दासी जस्ताे भएर अाफ्नाे छाेराछाेरीलाई महाराजा महारानि बनाएर राख्ने अामा,

आमा त केवल शब्द होइन, यिनि भावनाको सागर हुन्,

त्यसैले हरेक बच्चाबच्चीले अाफ्नि अामाहरुलाई कदर र माया गराै र बुढेसकालमा साथ सहयाेग दिने गराै।।

स्मृति राठाैर
काठमाण्डाै, नेपाल

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा तपाईंलाई तथा तपाईंको सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्...
04/13/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा तपाईंलाई तथा तपाईंको सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ उत्साह, नयाँ आशा र सफलताका नयाँ अवसरहरू लिएर आओस्।
समृद्ध र स्वाभिमानी नेपाल निर्माणको यात्रामा हामी सबै एक जुट बनौं।

- Vita Luck Team

Address

Irving
Texas City, TX
75039

Alerts

Be the first to know and let us send you an email when Vita Luck posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share