Manaslu Khabar

  • Home
  • Manaslu Khabar

Manaslu Khabar Plz Like this page for world news, entertainment, sports, music, videos etc.

22/08/2026

कराेडपति बनाउने किरा !!!

साकेलामा श्रमको शक्ति : सेखुवामा सामूहिक श्रमदानखोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘साकेला श्रम अभियान’ अन्त...
22/08/2026

साकेलामा श्रमको शक्ति : सेखुवामा सामूहिक श्रमदान
खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘साकेला श्रम अभियान’ अन्तर्गत वडा नं. १ स्थित सेखुवाको नयाँ स्वास्थ्य इकाइ केन्द्रमा सरसफाइ तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ। गाउँसभा सदस्य मुगाधन राईको नेतृत्वमा भएको श्रमदानमा वडा स्वास्थ्य कार्यालयका प्रमुख प्रितिमान ठाडामगर लगायत स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेविका, विद्यार्थी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।

गाउँपालिकाले स्वास्थ्य सेवा थप व्यवस्थित र सहज बनाउने उद्देश्यले उपलब्ध गराएको नयाँ स्वास्थ्य इकाइ केन्द्रको परिसर सरसफाइ तथा वातावरण व्यवस्थापनका लागि गरिएको श्रमदानले सार्वजनिक स्वास्थ्य संस्था संरक्षणमा समुदायको साझा जिम्मेवारीलाई समेत उजागर गरेको छ। साकेला गाउँपालिकाले ‘साकेला श्रम अभियान’मार्फत सरसफाइ, वातावरण संरक्षण, सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास निर्माणमा जनप्रतिनिधिदेखि नागरिकसम्मलाई प्रत्यक्ष श्रमसँग जोड्दै आएको छ। ‘आफ्नो ठाउँ आफैं बनाऔँ’ भन्ने भावनालाई व्यवहारमा उतार्दै साकेलाले श्रमलाई विकास र सामाजिक एकताको संस्कारका रूपमा अघि बढाएको छ।

साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले श्रमदानमा सहभागी सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै भने, “श्रमदान केवल सरसफाइ होइन, आफ्नो समाजप्रतिको जिम्मेवारी हो। जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेविका, विद्यार्थी र नागरिक एउटै उद्देश्यका लागि श्रममा जुट्नु साकेला श्रम अभियानको वास्तविक शक्ति हो। अध्यक्ष राईले ‘साकेला श्रम अभियान’लाई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

खोटाङ र भोजपुरको सिमानामा अवस्थित पर्यटकीय क्षेत्र चखेवाभन्ज्याङ । मध्यपहाडी लोकमार्ग सँगै अवस्थित यस स्थान हुँदै मुन्दु...
21/08/2026

खोटाङ र भोजपुरको सिमानामा अवस्थित पर्यटकीय क्षेत्र चखेवाभन्ज्याङ । मध्यपहाडी लोकमार्ग सँगै अवस्थित यस स्थान हुँदै मुन्दुम पदमार्गको यात्रा समेत गर्न सकिन्छ । मुन्दुम पदमार्गको प्रस्थान (सुरु) विन्दु भने साकेला गाउँपालिका-३ को तावाभन्ज्याङमा रहेको छ । तस्विर- मनास्लु खबर
💕💕💕💕💕💕

खोटाङको साकेला गाउँपालिका वडा नम्बर-२ मा रहेको हजारौँ वर्ष पुरानो साकेला पार्क थान । उक्त स्थानमा साकेला गाउँपालिका अध्य...
21/08/2026

खोटाङको साकेला गाउँपालिका वडा नम्बर-२ मा रहेको हजारौँ वर्ष पुरानो साकेला पार्क थान । उक्त स्थानमा साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा कर्मचारी र जनप्रतिनिधिहरुले जनश्रमदान गरि सरसफाई गरेका छन् । साकेला गाउँपालिकाले सञ्चालन गर्दै आएको "श्रम साकेला अभियान" उक्त गाउँपालिकामा प्रभावकारी भईरहेको छ । तस्विर- मनास्लु खबर

खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा अवस्थित धन्नेश्वरी गुफाभित्र ढुङ्गामा रहेको नागआकृति । विचित्र मानिने यो गुफा प्रचा...
21/08/2026

खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा अवस्थित धन्नेश्वरी गुफाभित्र ढुङ्गामा रहेको नागआकृति । विचित्र मानिने यो गुफा प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ । तस्विर- मनास्लु खबर

श्रम संस्कृतिको नमुना बन्दै साकेलाखोटाङ — साकेला गाउँपालिकाले विकास, संस्कृति, वातावरण संरक्षण र श्रमलाई एकैसाथ जोड्दै स...
20/08/2026

श्रम संस्कृतिको नमुना बन्दै साकेला

खोटाङ — साकेला गाउँपालिकाले विकास, संस्कृति, वातावरण संरक्षण र श्रमलाई एकैसाथ जोड्दै साकेला–२ रतन्छास्थित ऐतिहासिक साकेला थान पार्कमा सरसफाइ तथा सौन्दर्यीकरण अभियान सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा भएको अभियानमा उपाध्यक्ष विर्शिका राई, प्रमुख प्रशासकीय अधिकृत अर्जुन राई, कार्यवाहक अध्यक्ष भक्त कटुवाल, कार्यपालिका सदस्य मनकुमारी राईसहित गाउँपालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानमा जनप्रतिनिधिदेखि कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीसमेत आफैं श्रममा खटिएर साकेला थान पार्कको सरसफाइ, संरक्षण तथा सौन्दर्यीकरणमा सहभागी भएका थिए। सार्वजनिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ‘आफ्नो इतिहास, आफ्नो संस्कृति र आफ्नो ठाउँ आफैं जोगाऔँ’ भन्ने सन्देश दिन अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

साकेला–२ रतन्छास्थित साकेला थानलाई स्थानीय किरात समुदायले हजारौँ वर्ष पुरानो तथा साकेला क्षेत्रका प्राचीन साकेला थानहरूमध्ये महत्वपूर्ण सांस्कृतिक स्थलका रूपमा मान्दै आएको छ। किरात समुदायको सांस्कृतिक आस्था, प्रकृतिप्रतिको सम्मान र सामूहिक जीवनपद्धतिसँग जोडिएको यस स्थलको संरक्षणलाई गाउँपालिकाले सांस्कृतिक सम्पदा संरक्षणसँगै भावी पुस्ताको पहिचान संरक्षणसँग जोडेको छ।

यसकारण पार्कको सरसफाइलाई सामान्य सरसफाइ कार्यक्रमभन्दा माथि उठाएर इतिहास, संस्कृति, प्रकृति र सामुदायिक पहिचान संरक्षणको अभियानका रूपमा अघि बढाइएको गाउँपालिकाको भनाइ छ।

साकेला गाउँपालिका पछिल्लो समय जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मी स्वयं श्रममा सहभागी हुने स्थानीय तहका रूपमा आफ्नो छुट्टै पहिचान निर्माण गर्दै आएको छ। सडक मर्मत, सार्वजनिक संरचना संरक्षण, सरसफाइ, वातावरण संरक्षण तथा विकास निर्माणका विभिन्न काममा सामूहिक श्रमदानलाई गाउँपालिकाले अभियानका रूपमा अघि बढाउँदै आएको छ।

अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘साकेला श्रम अभियान’ले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र स्थानीय नागरिकलाई विकासका काममा प्रत्यक्ष जोड्ने प्रयास गरेको छ। कार्यालयीय जिम्मेवारीमा रहेका कर्मचारीदेखि विद्यालयका शिक्षक र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीसम्म सार्वजनिक हितका काममा प्रत्यक्ष श्रममा सहभागी हुने अभ्यासलाई गाउँपालिकाले निरन्तरता दिँदै आएको छ।

गाउँपालिकाका अनुसार श्रम र श्रमदानलाई संस्थागत रूपमा प्राथमिकता दिने स्थानीय तहमध्ये साकेला अग्रणी उदाहरणका रूपमा अघि बढिरहेको छ। नियमित कार्यालयीय तथा पेशागत जिम्मेवारी पूरा गर्दै सार्वजनिक हितका अभियानमा समेत प्रत्यक्ष श्रमदान गर्ने यहाँका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले स्थानीय तहमा सेवाभाव र श्रम संस्कृतिको फरक उदाहरण प्रस्तुत गरेका छन्।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विकास केवल बजेट र योजनाबाट मात्र सम्भव नहुने बताए।

“जनतालाई श्रम गर्न आग्रह गरेर मात्र पुग्दैन, नेतृत्व आफैं श्रममा उत्रिनुपर्छ। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र नागरिक सबैले आफ्नो ठाउँको विकास र संरक्षणमा आफैं पसिना बगाउने संस्कार विकास गर्न सके मात्रै दिगो परिवर्तन सम्भव हुन्छ,” अध्यक्ष राईले भने।

उनका अनुसार साकेलाको श्रम अभियान कुनै एक दिनको कार्यक्रम नभई श्रमलाई सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सामूहिक जिम्मेवारीको भावना विकास गर्ने निरन्तर अभियान हो।

“हाम्रो इतिहास र संस्कृति हाम्रो पहिचान मात्र होइन, भावी पुस्ताका लागि हाम्रो जिम्मेवारी पनि हो। त्यसैले विकाससँगै संस्कृति र प्रकृतिको संरक्षणलाई पनि समान महत्व दिएका छौँ,” अध्यक्ष राईले बताए।

गाउँपालिका उपाध्यक्ष विर्शिका राईले साकेला थान पार्कको संरक्षण स्थानीय सरकारको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताइन्।

“हाम्रो संस्कृति र इतिहास हाम्रो पहिचान हो। यसको संरक्षणमा जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको समान सहभागिता आवश्यक छ। श्रममार्फत संस्कृति संरक्षण गर्ने यो अभियानलाई निरन्तरता दिनुपर्छ,” उपाध्यक्ष राईले भनिन्।

साकेला–२ रतन्छास्थित ऐतिहासिक साकेला थान पार्कमा भएको अभियानले सांस्कृतिक सम्पदा संरक्षण, वातावरणीय स्वच्छता, सामूहिक श्रम र स्थानीय सरकारको जनमुखी अभ्यासलाई एकैसाथ जोडेको छ।

जनप्रतिनिधि आफैं श्रममा, कर्मचारी मैदानमै, शिक्षक र स्वास्थ्यकर्मी पनि साथमा तथा नागरिकसँगै विकासको अभियानमा सहभागी हुने अभ्यासले साकेला गाउँपालिकालाई स्थानीय तहमा श्रम संस्कृतिको एक प्रेरणादायी उदाहरणका रूपमा स्थापित गर्ने प्रयास गरेको छ।

स्थानीय बजारमा बिक्रिका लागि राखिएका लोकल अर्गानिक गाउँको भाले । तस्विर- मनास्लु खबर
19/08/2026

स्थानीय बजारमा बिक्रिका लागि राखिएका लोकल अर्गानिक गाउँको भाले । तस्विर- मनास्लु खबर

तमाेर नदि (मुलघाट) धनकुटा ।
17/08/2026

तमाेर नदि (मुलघाट) धनकुटा ।

Address

ID

Alerts

Be the first to know and let us send you an email when Manaslu Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manaslu Khabar:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share