
16/07/2025
आर्य नागर्जुनले प्रसँगवश आधार चित्तको विशेषता यस्तो बताउनु भएको छ।
चित्तलाई पानी, भुँइ र ढुंगामा लेखेको
चित्रहरू जस्तै हो भनेर सम्झ ।
तीमध्ये क्लेश भएको मनलाई पहिलो चाँहि हुनु पर्छ भने
धर्म चाहने मनलाई अन्तिम चाँहि राम्रो हुन्छ ।।१७।।
अर्थ;
सत्त्वहरूको चित्तको अवस्था (रीति) लाई पानी, भुँई र ढुंगामा कोरेको चित्रसँग तुलना गरिन्छ । यसले अस्थिर, स्थिर र अतिस्थिर अवस्था बुझाउँछ । तीमध्ये क्लेश भएको मन चाँहि पहिलो प्रकारको पानीमा चित्र लेखेको जस्तो अस्थिर भएमा राम्रो हुन्छ । धर्ममा प्रवेश गर्न चाहने व्यक्तिको कुशल चित्त चाँहि अन्तिम उदाहरण ढुंगामा चित्र लेखेको जस्तो छिनछिनमा नवदलिने स्थिर भएमा उत्तम हुन्छ।
सुहृल्लेखबाट॥