09/01/2025
**Gross Domestic Product (GDP)**
Meaning and Features
---------
एक निश्चित अवधिमा (प्रायः एक बर्षमा) कुनै पनि देशको सीमाभित्र उत्पादन भएका सम्पूर्ण अन्तिम वस्तु तथा सेवाहरुको मौद्रिक मान लाई कुल गार्हस्थ्य उत्पादन भनिन्छ। कुल गार्हस्थ्य उत्पादनको मापनमा कच्चा पदार्थ तथा मध्यस्थ वस्तुहरुको मूल्यलाइ समाबेश गरिदैन। कुल गार्हस्थ्य उत्पादनको मापनमा दोहोरो गणना नहोस भन्नका लागि मध्यस्थ वस्तुहरुको मूल्यलाइ समाबेस गरिदैन।अन्तिम वस्तु तथा सेवा भन्नुको अर्थ अन्तिम उपभोगका लागि प्रयोग हुने वस्तु तथा सेवाहरु हुन्। कुल गार्हस्थ्य उत्पादन मापन गर्दा सम्पूर्ण वस्तु तथा सेवाहरुको सम्बन्धित बजार मूल्यले गुणन गरिन्छ र योगफल निकालिन्छ। यसको मापन केवल देशको सिमानाभित्र उत्पादित वस्तु तथा सेवाहरुको योगफल हो र देशबाहिरबाट प्राप्त हुने स्रोतहरु जस्तै विप्रेषण, पेन्सन आदि यसभित्र पर्दैनन्।
कुल गार्हस्थ्य उत्पादनका विशेषताहरु (Characteristics of Gross Domestic Product)
-----
++यो अन्तिम वस्तु तथा सेवाहरुको मौद्रिक मापन हो।
++कुनैपनि देशको भैगोलिक सिमा भित्र रही उत्पादित वस्तु तथा सेवाहरु मात्रै यसको मापनमा पर्दछन।
++प्रायः एक बर्षमा उत्पादित नयाँ वस्तु तथा सेवाहरु यसमा समाबेश गरिन्छ।
++यसले बजार मूल्य भएका वस्तु तथा सेवाहरु मात्रै मापन गर्दछ।
++दोहोरो गणना बाट बचाउनका लागि केवल अन्तिम वस्तु तथा सेवाहरु मात्र यसमा पर्दछन।
++यसमा देश बाहिरबाट प्राप्त कुनैपनि रकम समाबेश गरिदैन।
++पूजीगत लाभ र हस्तान्तरणीय भुक्तानिहरु जस्तै भत्ता, पेन्सन आदि यसमा समाबेश हुदैनन्।
++यसले कुनैपनि देशको आर्थिक स्थितिको स्पष्ट चित्र पर्दर्शन गर्दछ र यसकै सहयोगमा अर्थव्यवस्था र विकास दरको आकार अनुमान गर्न सकिन्छ।
++यसलाई व्यय, उत्पादन, र आम्दानी गरि तीन तरिकाहरूमा गणना गर्न सकिन्छ।
++अर्थतन्त्र र अर्थव्यवस्था लाई अझै गहिरो अन्तर्दृष्टि बाट बुझ्न यसलाई मुद्रास्फीति र जनसंख्या संग समायोजित गर्न सकिन्छ।
GDP ले एक विशेष समयमा अर्थव्यवस्थाको उत्पादनको मौद्रिक मूल्य प्रस्तुत गर्दछ। यसको सीमितताहरूको बावजुद, GDP नीति निर्माताहरू, लगानीकर्ताहरू, र व्यवसायहरूलाई रणनीतिक निर्णयहरू गर्न मार्गदर्शन गर्न एक प्रमुख आर्थिक चर हो।
-----------------------------------------------