
30/03/2025
लिओ क्लब अफ तनहुँ को अध्यक्ष मा रोबिन श्रेष्ठ
✍️आकाश बि.क.
मेरो व्यास
चैत १५ २०८१ आइतबार
दमौली ,तनहुँ
तनहुँ सदरमुकाम दमौलीमा रहेको लिओ क्लब अफ तनहुँको अध्यक्षमा लिओ रोबिन श्रेष्ठ निर्वाचित भएका छन् ।
क्लब्को शनिबार सम्पन्न १६ औं साधारण सभाले लायन्स वर्ष २०२५/२६ को लाई श्रेष्ठ सर्व सम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
येस्तै गरि प्रथम उपाध्यक्षमा लिओ मुकेश बिडारी र द्वितीय उपाध्यक्षमा लिओ राम श्रेष्ठ चयन भएका छन् । क्लबकि सचिबमा लियो अन्जना पन्थ कोषाध्यक्षमा लिओ सागर श्रेष्ठ भएका छन्।