Express Newz

Express Newz Your Trusted Source for Fast, Fair & Fearless Journalism.
✔ Officially Registered under E.N. Media Pvt. Ltd.
📜 Department of Information Reg.

No.: 5477–2083/84
🇳🇵 Empowering Citizens Through Credible News

26/08/2026

आज भएको बिनासकारी बाढिले बगाएको ग्यास सिलिन्डर जोहो गर्दै स्थानीय

रसुवा बाढी अपडेट : मृतकको संख्या १०० पुग्यो।रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका न...
26/08/2026

रसुवा बाढी अपडेट : मृतकको संख्या १०० पुग्यो।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा १०० जनाको शव भेटिएको प्रहरीले जनाएको छ। २८ जना प्रहरी तथा सशस्त्र प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

रसुवागढी भन्सार कार्यालयमा कार्यरत नासुद्वय धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालको आकस्मिक कक्षामा उपचार जारी छ ...
26/08/2026

रसुवागढी भन्सार कार्यालयमा कार्यरत नासुद्वय धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालको आकस्मिक कक्षामा उपचार जारी छ । उनीहरु दुवैलाई अर्थमन्त्री स्वर्णीम वाग्लेले अस्पतालमा भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनीहरुसँगै उद्धार भएर आएका धनबहादुर थापा मगर (हाइड्रोपावरका कर्मचारी) लाई पनि भेटेर अर्थमन्त्रीले स्वास्थ्य लाभको कामना गरेका छन् ।

26/08/2026

बाढीले ऐतिहासिक बेत्रावती बजारमा यसरी क्षति पुर्‍याएको छ।

26/08/2026

मान्छेसँगै बगाएर ल्याएको सिलिन्डरमा पकाएको खाना रुच्छ र ? 🥹

रास्वपा सभापति रवि लामिछाने ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे छलफल गर्न भोलि बिहान ९ बजे सर्वदलीय बैठक बोलाएक...
26/08/2026

रास्वपा सभापति रवि लामिछाने ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे छलफल गर्न भोलि बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाका अनुसार बाढीबाट भएको क्षति, बेपत्ता नागरिकको खोजी, उद्धार, राहत तथा प्रभावितहरूको पुनःस्थापनाका लागि साझा रणनीति निर्माण गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।

बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ। विपद्को गम्भीर परिस्थितिमा सबै राजनीतिक दलबीच समन्वय र साझा धारणा बनाएर राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य अघि बढाएको छ।गृहमन्त्रीले ...
26/08/2026

रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य अघि बढाएको छ।

गृहमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासंघका नेतृत्वसँग छलफल गर्दै विपद्को समयमा सरकारसँग हातेमालो गर्न आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास तथा अन्य अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको छ।

गृहमन्त्रीले विपद् व्यवस्थापन सरकारको मात्र नभई सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै रसुवाका प्रभावित परिवारसम्म छिटो राहत पुर्‍याउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका लागि भारत सरकारले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि...
26/08/2026

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका लागि भारत सरकारले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले विपद्को कठिन घडीमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले बाढीबाट प्रभावित परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।

नेपाल प्रहरीका अनुसार बुधबार साँझ ७ बजेसम्म बाढीमा परी ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा २० जनाको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

रसुवा बाढी विपद्: बाढी लगत्तै सरकारले के-के गर्यो?​आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी लगत्तै नेपाल सरकारले द...
26/08/2026

रसुवा बाढी विपद्: बाढी लगत्तै सरकारले के-के गर्यो?
​आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी लगत्तै नेपाल सरकारले देखाएको तत्परता र प्रमुख कदमहरू:

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएक...
26/08/2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको दुःखद जानकारी दिएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्रीका अनुसार सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित सम्पूर्ण राज्य संयन्त्रलाई उद्धार, खोज तथा राहतमा परिचालन गरेको छ। हेलिकोप्टरमार्फत २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको उनले बताएका छन्।

प्रभावित क्षेत्रका घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन्। उद्धार अभियान रातभर जारी रहने र प्रभावित क्षेत्रमा खाना, खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल गरिने उनको भनाइ छ।

Address

Biratnagar
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Express Newz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Express Newz:

Shortcuts

Share