Lolay Ko Halkhabar

  • Home
  • Lolay Ko Halkhabar

Lolay Ko Halkhabar Factual reporting is all too often propaganda designed to provoke certain reactions from the masses.

अब कालेबुङ जिल्लाको नयाँ जिल्लापाल श्रीमती कुखुक भूषण (Kuhuk Bhushan ,IAS)।वर्तमान जिल्लापाल बालासुब्रमण्यम टी (IAS) -को...
28/10/2025

अब कालेबुङ जिल्लाको नयाँ जिल्लापाल श्रीमती कुखुक भूषण (Kuhuk Bhushan ,IAS)।

वर्तमान जिल्लापाल बालासुब्रमण्यम टी (IAS) -को दक्षिण दिनाजपुर जिल्लापालका रूपमा स्थानान्तरण।

27/10/2025

“म सबै धर्मको सभासद हुँ "- दावा तेन्जी शेर्पा

आज छठ पूजा। छठ पुजाको समयमा नै एकवर्ष अघि अलगडामा बिहारी समुदायलाई सभासद दावा तेन्जी शेर्पाले गरेको वाचा पुरा गरिएको छ।

17 माइल देखि मेन्जोङसम्मको गाउँले द्वारा श्रमदान गरेर सडक मर्मत गरिएको छन्। जसको लागि क्षेत्रीय सभासद दावा तेन्जी शेर्पा...
26/10/2025

17 माइल देखि मेन्जोङसम्मको गाउँले द्वारा श्रमदान गरेर सडक मर्मत गरिएको छन्। जसको लागि क्षेत्रीय सभासद दावा तेन्जी शेर्पाले निजी कोषबाट सिमेन्ट अनि अन्य सामग्री दिएका छन्।

25/10/2025

कालेबुङ विधायक रुदेन लेप्चाले गरे दलपचनमा निर्माण भईरहेको बुद्ध पार्कको भ्रमण अनि बुद्ध पार्क कमिटीलाई सहयोग पनि गरेका छन् -

हार्दिक श्रद्धाञ्जली -जीटीए कार्यकारी सभासद अनोस थापाको बाबाको आज साँझ 5 बजे निधन भएको छ। उहाँको बाबा 102 उमेर पुग्नु भए...
22/10/2025

हार्दिक श्रद्धाञ्जली -

जीटीए कार्यकारी सभासद अनोस थापाको बाबाको आज साँझ 5 बजे निधन भएको छ। उहाँको बाबा 102 उमेर पुग्नु भएको थियो।
बाबाको आत्मा शान्तिको निम्ति प्रार्थना गर्दछौ। सन्तप्त परिवार जनमा समवेदना प्रकट गर्दछौं

हार्दिक बधाई कालेबुङ MLA X1 -पाल्जोर स्टेडियममा सिक्किम CM X1 अनि कालेबुङ MLA X1 बीच मैत्रीपूर्ण खेलमा कालेबुङ MLA X1 ले...
20/10/2025

हार्दिक बधाई कालेबुङ MLA X1 -

पाल्जोर स्टेडियममा सिक्किम CM X1 अनि कालेबुङ MLA X1 बीच मैत्रीपूर्ण खेलमा कालेबुङ MLA X1 ले विजय हासिल गरेका छन्।

20/10/2025

“पाल्जोर स्टेडियममा सिक्किम CM X1 अनि कालेबुङ MLA X1 बीच मैत्रीपूर्ण खेल "

19/10/2025

पश्चिम बंगाल राज्यकी माननीय मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा 10 अक्टोबरको दिेनदेखि अलगडा खेल मैदानमा सम्पन्न भइरहेको पाँचौँ कालेबुङ जिल्ला स्तरीय सृष्टिश्री मेलाको आइतबार समापन गरियो-

19/10/2025

Vishal Mega Mart मा यस्तो घटना -

Vishal Mega Mart Kalimpong आज म सँग भएको घटना। मोबाइल अनि पैसाको ब्याग चोरी। चोर्ने महानुभावले सि सि टिभी क्यामारा देख्नु भएन रहेछन्। ठिकै छ गल्ती गर्नुभयो, म हजुर र कालेबुङलाई नै बदनाम गर्नु चाहदिन , सबै फुटेज म र मार्टको अधिकारीहरूकोमा छ। हजुरलाई म २४ घण्टाको समय दिन्छु इज्जत सँग फर्काईदिनु होस्, म पुलिस केस तथा फुटेज सार्वजानिक गर्दिन, चाडबाडको समयमा कसैको घरमा अशान्ति बनाउँनु चाहदिन, गल्ती गर्नु भयो तर म माफ नै गरिदिन्छु यदि तपाईंले आफ्नो गल्ति स्विकार गर्नु हुन्छ भने तर २४ घण्टा पछि चै हजुर व्यवसायिक रुपमा चोर नै हुनुहुँदो रहेछन् भन्ने प्रमाण सहित उजुरी साथै सबै फुटेज फोटो भिडियो समाजिक संजालमा सार्वजनिक गरिदिएको हुने छु। हजुरलाई गाँउ घर समाजमा बाँच्नु पनि असुविधा होला।

सबैले शेर गरिदिनु होला ताकि समयमा नै उक्त व्यक्ति सम्म यो संदेश पुग्नु सफल होस्।

बोङ ग्राम पञ्चायतको पहलमा बालसभा तथा नारी सभा सम्पन्न -बालबालिकाको सर्वाङ्गिन विकास सुरक्षा लगायत अन्य विभिन्न विषयमा चर...
18/10/2025

बोङ ग्राम पञ्चायतको पहलमा बालसभा तथा नारी सभा सम्पन्न -

बालबालिकाको सर्वाङ्गिन विकास सुरक्षा लगायत अन्य विभिन्न विषयमा चर्चा परिचर्चा गर्न अनि बालबालिकालाई विभिन्न दिशामा प्रोत्साहन गर्न उक्त बैठक सम्पन्न गरिएको हो। यसरी नै महिलाहरू माथि हुने गरेको समस्यालाई सम्बोधन गर्न उक्त सभामा पञ्चायत प्रतिनिधिहरूले स्वास्थ्यकर्मी अनि स्वनिर्भर दलका प्रतिनिधिहरूसँग चर्चा परिचर्चा गरेका थिए। सभामा बोङ ग्राम पञ्चायत प्रधान रेजिना लेप्चा उपप्रधान लगायत सदस्यहरू अनि पञ्चायत समिति सदस्य रोशन दाहाल लगायत अन्य कर्मचारीहरु प्राथमिक स्वास्थ्य उप केन्द्रका स्वास्थ्यकर्मीहरू आदि उपस्थित रहेका थिए। यसरी नै कालेबुङ जिल्ला कानुनी सेवा प्राधिकरणबाट पीएलभी हेम कुमार सापकोटा अनि जनप्रतिनिधिहरूले बालबालिकाको विकास साथै सुरक्षा अनि विविध विषयमा जानकारी साझा गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिहरूले बालबालिकाको विकासको निम्ति मानसिक अनि शारीरिक विकास हुन अत्यन्तै जरुरी भएकाले खेलकुद पनि यसको एउटा महत्त्वपूर्ण पहल रहने जनाइएको छ ग्राम पञ्चायतको पहलमा बालबालिकालाई विभिन्न खेलकुदमा प्रशिक्षण दिनुका साथै उनीहरुलाई प्रोत्साहन गर्ने पञ्चायत प्रधान रेजिना लेप्चाले सम्बोधनको क्रममा बताएकी छन्। यसरी नै विभिन्न क्षेत्रका प्रतिनिधिहरुले आफ्नो आफ्नो अनुभव साझा गरेका थिए भने हेमकुमार सापकोटाले हाल सामाजिक सञ्जालमा हुने गरेको ठगी बारे पनि बालबालिका साथै अभिभावकहरुलाई सचेत गराएका थिए। बोङ ग्राम पञ्चायतले आफ्नो क्षेत्रको सर्वाङ्गिन विकासको निम्ति लगातार रुपमा विभिन्न पहलहरु गरिरहेको छ। यसै क्रममा बालबालिकालाई सुरक्षित अनि भौतिक तथा शारीरिक विकास गर्न यस प्रकारको पहल गरेको हो। यसै क्रममा विद्यार्थीहरूलाई पञ्चायतको पक्षबाट खाता वितरण गरिएको थियो। उक्त सभा विषय ग्राम पञ्चायत प्रधानले थप जानकारी दिएकी छन्।

अन्तेष्टि क्रिया -परमधाम बासी सुन्दर साथ जी हाम्रो माइला काका हरिचन्द्र घिमिरेको अन्तिम ठूलो काम आगामी 20 तारिख सोमबार ह...
17/10/2025

अन्तेष्टि क्रिया -

परमधाम बासी सुन्दर साथ जी हाम्रो माइला काका हरिचन्द्र घिमिरेको अन्तिम ठूलो काम आगामी 20 तारिख सोमबार हुनेछ। यसैले सम्पूर्ण इष्टमित्र, आफन्तजन, सुन्दर साथ जी, शाखा सन्तान हजुरहरु उक्त दिन उपस्थित भईदिनु हवस् भनी हामी सम्पूर्ण घिमिरे परिवार निबेदन गर्दछौ।

“धन्यवाद "

सम्पूर्ण छोरा छोरी।
दुर्गा घिमिरे, छविलाल घिमिरे,कमल घिमिरे, टीका घिमिरे,
भतिजहरु= भरत घिमिरे,हेम,किसन,सुनिल, सन्तोष, होमनाथ,सुजल, उज्वल घिमिरे एवं सम्पूर्ण बुहारीहरु

20 अक्टोबर 2025 को दिन पाल्जोर स्टेडियममा सिक्किम CM X1 vs कालेबुङ MLA X1 माझ फुटबल खेल प्रतियोगिता सम्पन्न हुनेछ।
17/10/2025

20 अक्टोबर 2025 को दिन पाल्जोर स्टेडियममा सिक्किम CM X1 vs कालेबुङ MLA X1 माझ फुटबल खेल प्रतियोगिता सम्पन्न हुनेछ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Lolay Ko Halkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lolay Ko Halkhabar:

  • Want your business to be the top-listed Media Company?

Share