Public khabar/पब्लिक खबर

  • Home
  • Public khabar/पब्लिक खबर

Public khabar/पब्लिक खबर आधिकारिक दर्ता-न.२०८१-२०८२-११३
पब्लिक अनलाइन प्रा.लि द्वारा सञ्चालित
Contact: +977 9826251356

आज विश्वकर्मा पूजा मनाइँदै, के हाे धार्मिक महत्व ?कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूज...
17/09/2025

आज विश्वकर्मा पूजा मनाइँदै, के हाे धार्मिक महत्व ?

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा र अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगडहरूले आज भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।
वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

बराहक्षेत्र नगरपालिका वडा न : ८ का  सम्पुर्ण बासिहरूलाई निशुल्क हिउँदे तरकारिकाे बीउ विजन वितरण सम्बन्धि सुचना ।मिति-२०८...
16/09/2025

बराहक्षेत्र नगरपालिका वडा न : ८ का सम्पुर्ण बासिहरूलाई निशुल्क हिउँदे तरकारिकाे बीउ विजन वितरण सम्बन्धि सुचना ।

मिति-२०८२-०६-०२ गते विहीवार देखि ८ नं वडा कार्यालयमा नागरिकता कपि दिएर विउ लिन आउन अनुरोध ।

16/09/2025

बराहक्षेत्र नगरपालिका वडा नम्बर -८ निवासि सम्पूर्णमा हार्दिक अनुरोध तथा अपिल गर्दै वडा अध्यक्ष रोशन खड्का भन्नु हुन्छ । Public khabar/पब्लिक खबर

कान्छी चौक इलाका प्रहरी कार्यलय पकली को अहिलेकाे अवस्था ,
16/09/2025

कान्छी चौक इलाका प्रहरी कार्यलय पकली को अहिलेकाे अवस्था ,

"सिर्जना गर्दै, घुमौँ बराहक्षेत्र......"
16/09/2025

"सिर्जना गर्दै, घुमौँ बराहक्षेत्र......"

बालेन भन्नु हुन्छ "डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो...
16/09/2025

बालेन भन्नु हुन्छ "डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।"
You are my true love. ❤️

16/09/2025

नालीमा डुबेकाे अवस्थामा भेटिए मधेशाका उमेश अधिकारी । माछा मार्नेले देखेर गरेका थिए खबर।आफन्तका अनुसार अघिल्लो दिन साँझबाटेै थिए वेपत्ता । जनता स्कुल छेउकाे नालामा मानिस साइकल सहित डुबेकाे अवस्थामा भेटिएकाे हाे । : इनरुवा डाईरी

आज Sun Shine School, बराहक्षेत्र–१०, प्रकाशपुर अगाडि बाट नीलो रङको Apache 160 मोटरसाइकल हराएको छ।बाइक नम्बर: प्रदेश १–०२...
15/09/2025

आज Sun Shine School, बराहक्षेत्र–१०, प्रकाशपुर अगाडि बाट नीलो रङको Apache 160 मोटरसाइकल हराएको छ।

बाइक नम्बर: प्रदेश १–०२–०४० प ४४४०

सम्पर्क नम्बर: ९८५२०५७३४५, ९८५२०५७५८६, ९८५२०७२४५६

देख्नु भएमा कृपया तुरुन्तै माथि दिइएका सम्पर्क नम्बरहरूमध्ये कुनै एकमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू1)असोज १ मा शोक बिदा दिने2)राष्ट्रिय झण्डा आधा झुकाउने3)सहिदक...
15/09/2025

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू
1)असोज १ मा शोक बिदा दिने
2)राष्ट्रिय झण्डा आधा झुकाउने
3)सहिदको सम्झनामा ‘जेन-जी’ स्मारक पार्क निर्माण गर्ने
4)मृतकका परिवारलाई १० लाख सहयोग + ५ लाख अन्य खर्च (जम्मा १५ लाख) उपलब्ध गराउने !!

Photo : Nepal Photo Library

ताप्लेजुङ को मनमोहक सुन्दर दृस्य सुभ बिहनी
15/09/2025

ताप्लेजुङ को मनमोहक सुन्दर दृस्य
सुभ बिहनी

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्...
14/09/2025

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

14/09/2025

सदन गुरुङ माथि धोखा : मध्यराति बालुवाटार घेरेर पीडित परिवारले मागे २ दिनमै प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग , Public khabar/पब्लिक खबर

Address


Alerts

Be the first to know and let us send you an email when Public khabar/पब्लिक खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share