Darjeeling Update News

  • Home
  • Darjeeling Update News

Darjeeling Update News we update you

15/06/2025
15/06/2025
  : आज एयर इन्डियाको विमान दुर्घटना: २४२ भन्दा बढी यात्रु बोकेको एयर इन्डियाको विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्त...
12/06/2025

: आज एयर इन्डियाको विमान दुर्घटना: २४२ भन्दा बढी यात्रु बोकेको एयर इन्डियाको विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। लन्डन ग्याटविकका लागि उडेको बोइङ ७८७ ड्रीमलाइनर उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भयो। घटना दिउँसो १.३८ बजे भएको थियो, जसको परिणामस्वरूप मेघनीनगर नजिकै ठूलो धुवाँ फैलिएको थियो। दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सहरू सहित उद्धार कार्य भइरहेको छ। हताहतको विवरणको प्रतीक्षा भइरहेको छ।

चिया बगान मजदुरका छोरा, सोनादा क्षेत्रबाट पहिलो पल्ट भारतीय सेनामा कर्णेल बने।१०/०६/२०२५सोनादा क्षेत्रका लागि गौरवपूर्ण ...
10/06/2025

चिया बगान मजदुरका छोरा, सोनादा क्षेत्रबाट पहिलो पल्ट भारतीय सेनामा कर्णेल बने।
१०/०६/२०२५

सोनादा क्षेत्रका लागि गौरवपूर्ण र ऐतिहासिक उपलब्धि हासिल गर्दै, रंगमूक चन्द्रमानधूरा (सीएमडी) गाउँका एक साधारण चिया बगान मजदुरका छोरा विवेक राई भारतीय सेनाको प्रतिष्ठित पद कर्णेल (कर्नल) मा पदोन्नत भई, सम्पूर्ण क्षेत्रमा यो दर्जा प्राप्त गर्ने पहिलो व्यक्ति बनेका छन्। सोनादाका चिया बगानदेखि सेनाको नेतृत्वसम्मको उहाँको यात्रा कठिन परिश्रम, अनुशासन, देशभक्ति र सामुदायिक सहयोगको ज्वलन्त उदाहरण हो।

वर्ष २००३ मा दार्जीलिङस्थित सेन्ट रोबर्ट्स स्कुलबाट १२ कक्षामा जिल्ला टप गरेर उतीर्ण भएपछि, विवेक राईले भारतीय सेनामा एक सैनिकका रूपमा आर्मी एभिएसन कर्प्समा हेलिकप्टर प्राविधिकको रुपमा सेवा शुरू गर्नुभयो। उहाँको तेज बुद्धि, कठोर परिश्रम र नेतृत्व क्षमताले २००८ मा उनलाई आर्मी क्याडेट कलेज (ACC) मा छानिन सफल बनायो—जहाँबाट योग्य जवानहरूलाई अधिकृत बन्ने अवसर दिइन्छ।

वर्ष २०१२ मा उहाँ इण्डियन मिलिटरी एकेडेमी (IMA), देहरादूनबाट लेफ्टिनेन्ट का रूपमा अधिकृत बने। पहिलो पटक सीएमडी गाउँमा commissioned officer को रूपमा उहाँको आगमनलाई सम्पूर्ण गाउँले खादा, माला र आशीर्वादले स्वागत गरे। यो क्षण न केवल व्यक्तिगत उपलब्धि थियो, तर सम्पूर्ण क्षेत्रका लागि प्रेरणादायी ऐतिहासिक मोड पनि बन्यो।

सेनाको आफ्नो उत्कृष्ट सेवाकालमा कर्णेल राईले असाधारण नेतृत्व र समर्पण देखाउनुभएको छ। उहाँले राष्ट्रिय राइफल्स बटालियनमा कम्पनी कमाण्डरको रूपमा देशको संवेदनशील क्षेत्रहरूमा आतंकविरोधी अपरेसनको नेतृत्व गर्नुभयो। त्यसपछि एयर डिफेन्स रेजिमेन्टमा ब्याट्री कमाण्डरको रूपमा कार्य गर्दै देशको हवाई सुरक्षामा योगदान पुर्‍याउनुभयो।

वर्ष २०१८–१९ मा मेजर पदमा रहँदा, उहाँ इण्डियन मिलिटरी एकेडेमीमा Instructor को रूपमा कार्यरत हुनु भयो, जहाँ उहाँले भावी सैन्य अधिकृतहरूलाई तालिम दिनुभयो। यस्तो भूमिका केवल उच्च सैन्य चरित्र र नेतृत्व क्षमता भएका अधिकृतहरूलाई दिइन्छ—यो सम्मान उहाँप्रति सेनाभित्रको विश्वास दर्शाउँछ। हाल उहाँ एक इन्फेन्ट्री ब्रिगेडमा Assistant Adjutant General (AAG) को रूपमा सेवा दिइरहनुभएको छ।

उहाँको उत्कृष्टता सेनामा प्रवेश गर्नु अघि नै प्रष्ट थियो। सन् २००१ मा सोनादा नालीचौरस्थीत सेन्ट प्रटिर्स स्कुलबाट माध्यमिक परीक्षामा टप गरेर उहाँले मेधावी र अनुशासित विद्यार्थीको पहिचान बनाउनु भएको थियो।

उहाँका पूर्व प्रधानाध्यापक राज सर (राज राई) भन्छन्: “विवेक सधैँ नम्र तर आत्मविश्वासी विद्यार्थी थिए। उनलाई कहिल्यै दबाब दिनु पर्दैनथ्यो। उनको अनुशासन र निष्ठा सानैदेखि देखिन्थ्यो। आज उहाँको सफलता हामी सबैको गौरव हो।”

आफ्नो यात्रा स्मरण गर्दै कर्णेल राईले आफ्ना गाउँ र समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभयो:“भन्छन् नि, एउटा बच्चा हुर्काउन पूरै गाउँ लाग्छ। मेरो यात्राभर मेरो गाउँलेले कहिल्यै ईर्ष्या गरेनन्, सधैँ मेरो सफलतालाई मभन्दा बढी मनाएका छन्। त्यो सामूहिक खुशी नै मेरो प्रेरणा बन्यो। मेरो सबै उपलब्धि मेरा गाउँलेहरूलाई समर्पित छ, जसले सधैं मलाई साथ दिए।”

पूर्व सांसद तथा सीएमडी गाउँकै निवासी श्री आर.बी. राईले पनि गहिरो गर्वका साथ भनुभयो:“उहाँ हाम्रो माटोका सुपुत्र हुन्। विवेक राईले न केवल हाम्रो गाउँको मान बढाएका छन्, तर यहि माटोबाट कस्तो महानता सम्भव हुन्छ भनेर प्रमाणित गर्नुभएको छ। उहाँ हाम्रा युवाहरूका लागि प्रेरणाका स्रोत हुनुहुन्छ।

कर्णेल पदमा भएको यो पदोन्नति एक व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण सोनादा क्षेत्रका चिया बगान समुदायका युवाहरूका लागि आशाको दियो बनेको छ। कर्णेल राईको कथा प्रमाण हो—जहाँबाट यात्रा शुरू भयो त्यहाँ महत्वपूर्ण होइन, तर साहस, परिश्रम, र समुदायको साथ भए सपनाहरू अवश्य पूरा हुन सक्छन्।

सीएमडी गाउँ र सम्पूर्ण सोनादा क्षेत्रका लागि कर्णेल राईको यो सफलता गौरवको प्रकाशस्तम्भ बनेको छ—जसले सम्झाउँछ कि विनम्र शुरुवातबाट पनि महानता उदाउन सक्छ, र देशप्रेम तथा निष्ठा सधैं सम्मानित हुन्छ।

St. Joseph’s College Mourns the Passing of Former Principal C.B. RaiThe staff and non teaching staff of St. Joseph’s Col...
18/05/2025

St. Joseph’s College Mourns the Passing of Former Principal C.B. Rai

The staff and non teaching staff of St. Joseph’s College and the wider Darjeeling region is deeply saddened by the passing of Mr. C.B. Rai, former Principal and Professor in the Department of Political Science. He passed away in Siliguri late last night after a prolonged illness.

Mr. Rai served as Principal of the college from 1997 to 2001 and remained an esteemed member of the Governing Body until his demise. Known for his simplicity, sincerity, and unflinching dedication, he shaped the lives of countless students with his clarity of thought, humility, and exceptional teaching.

“Sir was an exceptional educator—his lectures were always simple, informed, clear, and well-prepared. He was the kind of teacher who put the progress of his students before himself,” said one of his former students. “He was humble, kind, and amiable—the finest gentleman I’ve ever met.”

Mr. Rai’s passing leaves behind an irreplaceable void in the institution and in the lives of those he inspired. His commitment to education, moral integrity, and gentle demeanor will be remembered with deep respect and affection.

The funeral Mass will be held on Monday, 19th May, at 1:00 PM at the Cathedral (Town Parish), Darjeeling.

We extend our heartfelt condolences and prayers to the bereaved family.
May Sir C.B. Rai rest in eternal peace.

Fr. Dr. Donatus Kujur, S. J.
Principal
St Joseph’s College, Darjeeling

19/20/21 मई मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगाल भ्रमणमा आउने19 मई चेम्बर्स / इण्ड्रस्ट्री कार्यक्रम 20 मई जलपाइगढी ज...
14/05/2025

19/20/21 मई मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगाल भ्रमणमा आउने
19 मई चेम्बर्स / इण्ड्रस्ट्री कार्यक्रम
20 मई जलपाइगढी जिल्लाको ओदलाबाढीमा पब्लिक डिस्ट्रिब्युशन कार्यक्रममा सहभागी हुने
21 मई उत्तरकन्यामा उत्तर बंगालका जिल्ला प्रमुखसित प्रशासनिक बैठक हुने। उक्त बैठकमा जीटीए मुख्य कार्यपाल अनि मुख्यसचिवले पनि सहभागिता जनाउने...
22 म्ई कलकत्ता फर्किने...

अरूलाई सक्दैनौ अब आफ्नैहरूलाई कुट विकासको बहानामा जनताको पैसा लुट घोटाला ढाकछोप गर्न सरकारसित लुटपुट विरोधीलाई जेलनेल सर...
13/05/2025

अरूलाई सक्दैनौ अब आफ्नैहरूलाई कुट विकासको बहानामा जनताको पैसा लुट घोटाला ढाकछोप गर्न सरकारसित लुटपुट विरोधीलाई जेलनेल सरकारपन्थीलाई छुट कान्छा ! हाम्रै छन् सिरीखुरी ढिकुटी तुर्नेहरू हाम्रै छन् भँड़ार खनेर आँगन पुर्नेहरू ।

आज बुद्ध जयन्ती, उभौली पर्व अथवा चण्डी नाच।।विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको 2569औं जन्म जयन्ती, आज विश्वभर बि...
12/05/2025

आज बुद्ध जयन्ती, उभौली पर्व अथवा चण्डी नाच।।

विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको 2569औं जन्म जयन्ती, आज विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

गौतम वुद्ध बौद्ध धर्मका प्रणेता हुन् । उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । वुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा तत्कालिन तिलौराकोट राज्यका शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ (गौतम वुद्ध) को जन्म भएको थियो । असित ऋषिले वुद्धको पहिलो नाम सिद्धार्थ राखिदिएका थिए । वुद्धको जन्म र मृत्युको वास्तविक तिथि मिति यकिन नभए पनि अधिकांश इतिहासकारहरुले 563 ईशापूर्वताका बैशाख शुक्ल पूर्णिमाको दिन जन्म भएको बताएकाछन् ।
मायादेवी देवदहमा रहेको आफ्नो माइत जाने क्रममा बाटोमा लुम्बिनी भन्ने ठाउँ पुगिन् । त्यहाँ पुग्दा उनलाई प्रसव वेदना भएपछि आराम गर्दै बसिन् । मायादेवी पुष्करिणी सरोवरको किनारमा रहेको रुखको फेदमा सुस्ताउँदैगर्दा शिशु सिद्धार्थको जन्म भयो ।

वुद्धको 486 देखि 483 ईशापूर्वताका बैशाख शुक्ल पूर्णिमाकै दिन मृत्यू भएको बताइएको छ । वुद्धले ज्ञान समेत बैशाख शुक्ल पूर्णिमाकै दिन प्राप्त गरेको उल्लेख छ। विश्वमा 35 करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल, चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन्।

आजै किराँती समुदायको उभौली पर्व- धुमधामका साथ मनाइदैछ । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । यो चाड मनाउनुको मुख्य उदेश्य वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्नका खातिर हो । किराँत सभ्यता अनुसार यो पर्वले पृथ्वीमा कृषि युग शुरु भएको विश्वास अभाष दिलाउँछ । त्यहि भएर किराँती समुदायलाई प्रकृति पुजक भनिन्छ । किराँत समुदायमा सवैलाई सुख शान्ति एवं सूस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाचिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ ।उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।

11/05/2025

आफ्नो छोरा-छोरी, साला साली,मामा भानिस सबलाई नोकरी दिॅदा हुन्छ......? - तारा सुन्दास

हार्दिक श्रद्धाञ्जली : Gorkha Soldier's Ultimate SacrificeMan Bahadur Baral Magar, a 25-year-old Gorkha soldier serving ...
10/05/2025

हार्दिक श्रद्धाञ्जली : Gorkha Soldier's Ultimate Sacrifice

Man Bahadur Baral Magar, a 25-year-old Gorkha soldier serving in the Indian Army (3GR), lost his life in a road accident while en route to the war zone. The young soldier's sacrifice will be remembered by the nation. Our deepest condolences go out to the bereaved family. May they find strength in this difficult time.

Activist Sudhan Gurung attacked; codemnation pours in THW ReportDarjeeling, 08 MayYouth activist Sudhan Gurung, who has ...
08/05/2025

Activist Sudhan Gurung attacked; codemnation pours in

THW Report
Darjeeling, 08 May
Youth activist Sudhan Gurung, who has been vocal against alleged corruption in the education sector in the hills of Darjeeling and Kalimpong, was assaulted by some unidentified persons in Darjeeling town on Thursday evening. The incident drew widespread condemnation from various quarters, including Darjeeling MP Raju Bista and Gorkha Jan Mukti Morcha (GJM) leader Bimal Gurung, who took to Facebook to voice their anguish. On the other hand, leader of the Indian Gorkha Janshakti Front Ajoy Edwards shot a letter to Chief Minister Mamata Banerjee, appealing to her that the perpetrators—"and more importantly, the masterminds—behind this cowardly act are identified and brought to justice.”
“That whistleblowers and social activists across the hills are protected, and such attacks never repeat again. What happens next will determine whether activists like Sudhan Gurung will continue to raise their voices or be silenced by fear,” he wrote.
Gurung is undergoing treatment at the District Hospital in Darjeeling, where his condition is stated to be stable. “He is out of danger now,” a hospital source said.
“I am in touch with the district police officials. Those who attacked, and also those instigated the attack should be brought to book,’ Bista, meanwhile, said.
Individuals and social organisations also took to Facebook to condemn the incident.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Update News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share