BEni ONlinE Tv

  • Home
  • BEni ONlinE Tv

BEni ONlinE Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BEni ONlinE Tv, TV Network, .

21/09/2024

CONTESTANT 200
हरिकृष्ण गौतम
म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–५मा अवस्थित पुलस्त्य पुलहाश्रम श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ । पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको किम्बदत्ती छ भने पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। धार्मिक दस्ताबेजमा समेत प्रसस्तै प्रमाणहरू भेटिएको अवस्थामा पनि दक्षिण भारत, भुटान र श्रींलकाबाट समेत भक्तजनहरु फाटफुट आउँछन् ।
सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिन्छ । म्याग्दीमा विश्वभरका हिन्दु धार्मिक भक्तजनहरुको लागि पुलस्त्य पुलहाश्रममा भित्राउन सकिन्छ । आधुनिक दुनियाँमा प्राचिन अभिलेखहरुलाई विभिन्न तर्क गर्ने गरिएपनि धार्मिक दस्तावेज र स्थलगत अवलोकनको क्रममा भेटिने तथ्यहरुले धेरै जानकारी हुन्छ । बेनी नगरपालिकाले स्वदेशी तथा विदेशी हिन्दु धर्मालम्बीलाई भित्राउने महत्वपूर्ण परियोजना रावण पार्क (उद्यान) सहित रावणको ६ मिटर अग्लो मूर्ति समेत बनाइरहेको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा पार्क सहितधका संरचना बाहेक अन्य सबै पूरानो स्वरुपमै संरक्षण गरिएको छ । पुलस्त्य पुलहाश्रम क्षेत्रको विकास गर्न सकेमा म्याग्दीको भौतिक पूर्वाधार क्षेत्रमा कोशेढुंगा सावित हुने छ ।
हरिकृष्ण गौतम





नेपालकै सबैभन्दा धेरै आन्तरिक पर्यटन भित्रने सहर पोखरामा बर्खा लागे पछि पर्यटकको चाप आधा भन्दा धेरै घटेको छ । तेस्रो मुल...
11/07/2022

नेपालकै सबैभन्दा धेरै आन्तरिक पर्यटन भित्रने सहर पोखरामा बर्खा लागे पछि पर्यटकको चाप आधा भन्दा धेरै घटेको छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ह्वात्तै घटेपछि पर्यटन व्यवसायमा निराशा छाएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाईड , फेवाताल , पदमार्गमा घुम्न आउने पर्यटक आधाभन्दा धेरै घटेका फेवा ढुंगा ब्यवसायी संगठनले जनाएको छ ।

शिब बोहोरा पोखरा - नेपालकै सबैभन्दा धेरै आन्तरिक पर्यटन भित्रने सहर पोखरामा बर्खा लागे पछि पर्यटकको चाप आधा भन्द.....

05/07/2022

मेरी प्यारी ‘‘काली माई’’मन भरीको माया अनि सम्झना

Address


Website

Alerts

Be the first to know and let us send you an email when BEni ONlinE Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share