
04/12/2024
बराहक्षेत्र नगरपालिका वडा नं १० का वडाध्यक्ष तेजबहादुर गुरुङ भन्छन् "सरकारले अब किसानको हक हितमा रहेर कानुन निर्माण गर्न जरुरी छ।"
बराहक्षेत्र नपा वार्ड नं १० का अध्यक्ष तथा आर्थिक बिकाश समीती संयोजक तथा विभिन्न संघसंस्थाहरूमा आबद्ध रही सामाजिक अभियानमा लागि परेका युवा राजनीतिक व्यक्तित्व तेजबहादुर गुरुङले प्रस्तुत गरेको बिचार अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ !
ऊनी भन्छन् कृषि र कृषकको हरेक समश्याको निराकरण गर्न किसानको घर खेतमा नै गएर आफुले सकेसम्म स्थलगत अनुगमन गर्ने गरेकोले कृषक लाइ केही कृषि सम्बन्धि सामग्रीहरु अनुदान दिएर मात्रै कृषकको जीबन स्तर परीवर्तन नहुने कुरा धेरै समय अगाडि देखिनै महशुस भएको बताएका छ्न !
ऊनी भन्छन् अब हामी सबैले बुज्नुपर्ने समय आएको छ। त्यसैले अबको दिन हरुमा किसानको हकहीतमा रहेर कानुन निर्माण गर्नुपर्ने आजको आवस्यकता रहेको महशुस गर्दै आफू निर्वाचीत भएपस्चत किसानको समश्या सावधानको निम्ति सम्बन्धित निकायमा कुराहरु उठान गरीरहेको तर तत्काल आफुले सोचे अनुरुपको कार्य नभए पनि किसानको समस्या निराकरण गर्नको निम्ति आफू डटेर लागिपर्ने प्रतिबद्धता जायर गरेकाछ्न !
बराहक्षेत्र नगरपालीका भरीको कृषक हरुको निम्ति तत्काल तल उल्लेख गरेको कार्यहरु गर्नसके सम्पुर्ण कृषकलाई धेरै राहत हुने उनको भनाई छ ! उनको बिचार जस्ताको त्यस्तै प्रस्तुत गरेको छौँ ! कृपया अलिकति समय निकालेर अध्यन गरिदिनु होला !
#न्युनतम समर्थन मूल्यको निर्धारण ( सबसीडी सहीत )
#स्थानीय सरकार बाट सन्चालीत खरीद बिक्री केन्द्र
नवदुर्गा कृषि सहकारी सस्थाको बार्सीक साधारणसभामा प्रमुख अथीतीको रुपमा सहभागी हुँदै गर्दा उनले यस्तो बिचार प्रस्तुत गरेको थिए !
अबको दिनमा बराहक्षेत्र नगरपालीका भरी रहनुहुने कृषक ज्युहरुको हकहीतको निम्ति स्थानीय सरकारले कृषकले उत्पादन गरेँको सामग्री हरुको न्युनतम समर्थन मूल्य निर्धारण गर्ने स्थानीय एन ( कार्यबिधी ) बनाएर निर्धारित मूल्य भन्दा बजार भाउ कम पर्न गए कृषक ज्युहरुलाइ उत्पादीत सामग्रीको आधरमा अनुदानको ब्यवस्था गर्नुपर्ने देखीन्छ हैन भने किसान ले प्रती केजी धान उत्पादन गर्न रु. १० खर्च गर्ने बजारमा बिक्री गर्दा प्रतीकेजी रु. ८ , ९ रहेकोबेला पीडीत किसान अझै पीडीत हुदैजाने अवस्था आउने देखीदै आएकोछ र स्थानीय कृषक ज्युहरुले उत्पादन गरेँको सामग्री हरु बिचौलीयाहरुले अधीकतम नाफा राखी खरीद बिक्री गर्ने र कृषकको उत्पादीत वस्तुहरु खरीद गरीसकेपछी खरीदकर्ताले समयमा रकम भुक्तानी नदीने र फरारहुने जस्ता समश्या हरु झेल्नुपरेकोले कृषकको सामग्री तत्काललै स्थानीय सरकार बाट नै खरीद बिक्री हुनेगरी खरीदबिक्री केन्द्रहरु स्थापना गर्नुपर्ने आजको आवस्यकता रहेकोछ कुरा उहाँले नगर सभा तथा विभिन्न निकायमा पटक पटक कुराहरु राखीरहेको बताउनु भएको छ ! उहाँ भन्नुहुन्छ यो मागलाई बराहक्षेत्र नगरपालीका भरीका समस्त कृषक हरुले कृषकको आशाको थलो कृषि सहकारीहरु मार्फत पनी आफ्नु मागहरुलाई स्थापित गर्नुपर्ने समय आएको बिचार प्रस्तुत गर्नु भएको छ !