10/08/2025
आँसु लुकाएर हास्नु, त्यो तिम्रो बानी भयो,
दुखको भारी बोक्दा पनि, मुस्कान जवानी भयो।
सानू तिमीलाई देखेर, सबैलाई लाग्छ रमाइलो,
तर भित्रभित्रै तिमीमा, पीडाको कहानी भयो।
कसैले बुझ्दैन यहाँ, मुटु भित्रको चोटहरू,
शब्दमा अड्किएको, अघाउ नपाएको रोदन भयो।
जिन्दगीको यो रंगमञ्चमा, भूमिका सजिलो छैन,
आँसु लुकाएर हास्नु, तिम्रो कला अनौठो भयो।
(✍️रचनाकार -नवराज कालिकोटे)