हाम्रो जालपा -Hamro Jalapa

हाम्रो जालपा -Hamro Jalapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो जालपा -Hamro Jalapa, Media/News Company, Khotang.

इच्छा आ-आफ्नो, लागे पनि को-कता,
विचार आ-आफ्नो,भए पनि जो जता,
फुटको मानक हैन राजनैतिक सिध्दान्त।
राखौं कायम हामी जालपाली एकता ।। 🙏🙏

जालपालाई माया गरौं, जालपाली हुनुमा गर्व गरौं💪

शिक्षामा हाम्रो गुणस्तर बढेकै हो कि नतिजा राम्रो देखाउन कृपा गरेको हो त?
28/06/2025

शिक्षामा हाम्रो गुणस्तर बढेकै हो कि नतिजा राम्रो देखाउन कृपा गरेको हो त?

ज्योति मावि र जालपा माविको SEE रिजल्ट ।
28/06/2025

ज्योति मावि र जालपा माविको SEE रिजल्ट ।

चराको कथा । प्रकृति अपरम्पार !
05/06/2025

चराको कथा । प्रकृति अपरम्पार !

"हाँसले दुधको दुध पानीको पानी छुट्याउँछ " भन्छन नी ! यही हाँस हो। प्रकृतिको विशाल ज्ञान र बुद्धिबाट सृजित एक चमत्कार । शान्त प्राणी। अर्को भूगोलको महान तीर्थयात्रामा आकाशको मार्ग पहिल्याउने वैज्ञानिक ।

बसाईसराईका क्रममा हुलको कुनै सदस्य बिरामी पर्‍यो भने कतै रोकेर आराम गर्न दिन्छन । निर्धालाई एक्लै बेसहारा छोडिदिएर उड्दैनन्। हुल एकसाथ रोकिन्छ । यिनमा पारिवारिक साथ्, माया र करुणा हुन्छ । समुह र एकताको बल यिनीहरुलाई थाह छ ।

यात्राकालमा आफ्ना आफन्तहरूलाई मौन रहन सिकाउँछन । छायामा यात्राका नियम अर्थ्याउँछन । हावाको वहाव बुझ्ने, तारापुञ्ज र चन्द्रमाको चमकको संकेत जान्ने, पहाड पर्वत र कन्देराको उपस्थिती सहजै चिन्ने ज्ञान भएको स्त्री (पोथी) तीनको नेतृत्वकर्ता हुन्छिन । मातृभाषा जान्ने उनले तारा र ऋतुहरूले कोरेका बाटोहरू पहिल्याउँदै गन्तब्यमा पुर्‍याउँछिन ।

ति नेतृत्वकर्ता आदेश दिन्नन । बरु मार्गदर्शन गर्छिन् । सिकाउँछिन । सम्पूर्ण आकाशको ज्ञान उनमा भए जस्तो हुलका सदस्यहरुलाई लाग्छ । त्यो भरोसा दिन्छिन । तिनमा एक संरक्षकत्वको भावना, भूमिका र एक कोमल आत्मा हुन्छ । यात्रामा कुनै सदस्य बिरामी परे एक सुसारे, हेरचाहकर्ता वा सहयोगी खटाइदिन्छिन । यदि बिरामी निको भए विश्रामस्थलमा फेरी भेट हुन्छ । मृत्यु भएमा यात्रा अघि बढ्छ ।

तिनीहरू एक पती वा एक पत्नी अँगाल्ने जीव हुन । जीवनभरि विश्वासी रहन्छन्, प्रजननमा असफलता वा दुई मध्ये एकको क्षति नभएसम्म जोडी टुट्दैन । जब नयाँ बन्धनमा बाँधिन्छन नी ओहो, तिनीहरू यसरि नाच्छन् कि पखेटा र लहरहरूको उत्साह रोमाञ्चक हुन्छ । घुमाउरो घाँटी एक अर्कामा बेर्छन । ऐना हेरेझैं एक अर्काको अनुहार हेरिरहन्छन । गहिरोमा गहिरो पानीको विशाल सतहमा तैरिएर अँगालो हालिहाली टाउको खेलाएर, पानीमा दगुरेर कसले नाच्न सक्छ ? यस्तो लाग्छ कि पानीभित्रबाट कसैले चार जोडी पञ्चेबाजा बजाईरहेको छ ।

-Dadi Sapkota

होशियार बनौं । विषालु सर्पहरु पहाडतिर ।
28/05/2025

होशियार बनौं । विषालु सर्पहरु पहाडतिर ।

तराईबाट पुगेका मात्रै होइन, पहाडी क्षेत्रमै पाइने पिट भाइपर (हरियो सर्प), गुरुबे सर्पको विष कडा हुन्छ तराईका

चराको कथा ।
27/05/2025

चराको कथा ।

खसखसाएको छानामुनि, एउटा भाले एसियन प्याराडाइज फ्लाईक्याचर (झिंगे चरा, मारुनी जात) ले आफ्ना बच्चाहरूलाई कोमलतापूर्वक आहारा खुवाउँछ। हरेक गर्मीमा, उनीहरु श्रीलंकाको दुर्गम जंगल छोडेर नेपालको हरियालीपूर्ण भूमि संझिदै लामो यात्रा गर्छन । बाटोमा आप्रवाशी मानिसहरुले देश परदेशको यात्रा गरेझैं अनेक झमेला , डर्, त्रास, थकाई, मानवको तारो र मांशहारी जीवका अनेक दागा र सयौं जोखिम मोलेर नेपालको सुन्दर भूमीमा यात्रा अगाडी बढाउँछन । प्रत्येक पखेंटाको फटफटाहटसँगै छिन छिनमा जीवन र मरणको तुर्लुङ झुण्डिएको हुन्छ, ति हिँड्ने बाटोभरी ।

यो जोमसोम, डोल्पो, सोलु, ओलाङचुङगोलाबाट मानिस अलि होचा भूभाग तिर झरे जती होईन । लगभग २,९०० किलोमिटर यात्रा गर्छन्। यहीँ, मनसुनको मुटुमा दरङरङरङ पानी वर्षिएका बेला तीनले आफ्नो गुँड बनाउँछन । नयाँ जीवनको गीत गाउँछन र आफ्ना बचेराहरूको हेरचाह गर्छन्। नौलो परिवार्, नयाँ भुराभुरीलाइ नौलो भूमीमा जन्म दिएर (कोरलेर) मातापिताको अर्को भूमी फर्किन्छन ।

तस्बिर: ओम यादव। शब्द : ददि सापकोटा

बेर छैन । कवि अर्जुन पराजुलीको यो कविता पढौँ त । हाम्रा राजनेताहरुले भन्न यति बाँकी छ । अब भन्न बेर छैन ।
15/05/2025

बेर छैन । कवि अर्जुन पराजुलीको यो कविता पढौँ त । हाम्रा राजनेताहरुले भन्न यति बाँकी छ । अब भन्न बेर छैन ।

Electric Vehicles (EV) गाडीको दुर्घटना बढीरहेको देखिन्छ । के कारण होला?
15/05/2025

Electric Vehicles (EV) गाडीको दुर्घटना बढीरहेको देखिन्छ । के कारण होला?

22/04/2025

कक्षा १२ को परीक्षा सरेको छ । नयाँ कार्यतालिका भोली आउने ।

हलेसी नगरपालिकाको मेयरले चढ्ने गाढी हिजो तिनकुनेमा आगजानीमा परेको छ ।
29/03/2025

हलेसी नगरपालिकाको मेयरले चढ्ने गाढी हिजो तिनकुनेमा आगजानीमा परेको छ ।

आजको तिनकुने घटनाको सम्बन्धमा रविन्द्र मिश्र र धवल शमसेर पक्राउ ।
28/03/2025

आजको तिनकुने घटनाको सम्बन्धमा रविन्द्र मिश्र र धवल शमसेर पक्राउ ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले आफूहरुलाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ गरेर ल्या.....

28/03/2025

सुरक्षा गार्डले यसरी बजाएछन चोरहरुलाई ।

03/02/2025

Address

Khotang

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो जालपा -Hamro Jalapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो जालपा -Hamro Jalapa:

Share