Dishanirdesh Plus

  • Home
  • Dishanirdesh Plus

Dishanirdesh Plus Home of Dishanirdesh- one of the most watched TV shows in Nepal

23/10/2025

साँचो अर्थको राष्ट्रियता...

22/10/2025

कहिले काही म सोच्छु...

21/10/2025

लेनदेनवादी राजनीति

पैसावाल हुनु र धनी हुनु एउटै कुरा होइन । धन धेरै किसिमका हुन्छन् । पैसा तीमध्ये फगत एउटा धन हो । कोही स्वास्थ्यमा धनी हु...
21/10/2025

पैसावाल हुनु र धनी हुनु एउटै कुरा होइन । धन धेरै किसिमका हुन्छन् । पैसा तीमध्ये फगत एउटा धन हो । कोही स्वास्थ्यमा धनी हुन्छ, कोही रूपमा, कोही बुद्धिमा, कोही विवेकमा । आईसीयूमा मृत्यु पर्खिरहेको खर्बपतिका लागि स्वास्थ्य धन हो । घरखर्चको समस्या परेका मान्छेका लागि पैसा धन हो ।

मान्छेको जीवन चार थोकको सन्तुलन हो – पैसा, दर्शन (philosophy), भावनात्मक पक्ष (sentiment) र आध्यात्मिक पक्ष । जबसम्म यी सबैमा सन्तुलन हुँदैन, तबसम्म मान्छे अधुरो हुन्छ । हामी अधुरा छौँ, त्यसैले दु:खी छौँ । मान्छे दु:खी भएर अधुरो भएको होइन – अधुरो भएकाले दु:खी भएको हो ।

देवीका विभिन्न रूप छन् । लक्ष्मी तीमध्ये एक रूप हुन् – वैश्ययुगमा त अत्यन्त शक्तिशाली रूप । तर, सर्वोपरी होइनन् । उनी आकर्षक छिन् तर आफैँमा पूर्ण होइनन् ।

म यो भन्दिनँ कि पुराना युगहरू, पुराना मान्छेहरू वा पुराना सम्बन्धहरू कारोबारी थिएनन् । लेनदेनवादी थिएनन् । दुनियाँ सधैँ थोरबहुत कारोबारी नै थियो । तर, वैश्यतन्त्रको फैलावट यस्तो हदमा थिएन कि हरेक कुरा बिक्रीमा होस्, हरेक कुरा बजारमा होस् ।

हुन त अहिले पनि दुनियाँका महान् चित्रकला प्रदर्शनीहरूमा राखिएका सबैभन्दा सुन्दर चित्रहरूका मूल्यसूचीमा लेखिएको हुन्छ – Not for sale – बिक्रीका लागि होइन । अझै पनि हरेक मानिस बिकाउ छैन । तर, उसका लागि संरचनागत अप्ठ्याराहरू छन् ।

नेपाली राजनीतिको बजारमा सिक्का चाहे जेन–जी पुस्ताको चलोस् वा कुनै अरू पुस्ताको – ‘वैश्ययुग’लाई त्यससँग खासै सर.....

यो संसार अत्यधिक transactional – कारोबारी, लेनदेनवादी – भइसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरू  लेनदेनवादी भएका छन्।देशक...
20/10/2025

यो संसार अत्यधिक transactional – कारोबारी, लेनदेनवादी – भइसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरू लेनदेनवादी भएका छन्।देशको राजनीति कारोबारी भएको छ ।

नेपालको संविधान नै यस्तो बनाईएको छ , कि - कुनै पनि राजनीतिक दलले अर्को दलसँग चुनावअघि वा पछि गठबन्धन नगरी बहुमत स्थापित गर्न लगभग असम्भव छ ।
यस्तो संविधान भएको देशमा कारोवारी राजनीति नचले, लेनदेनवादी राजनीति नचले कुन देशमा चल्छ त ?

नेपालको संविधान पढ्नुभएको छ ? मलाई लाग्छ, प्रायः कसैले पढ्नुभएको छैन होला । मैले पनि राम्ररी पढेको छैन । तर, यति कुरा ढुक्कका साथ भन्न सकिन्छ – नेपालको संविधानको मूल अलिखित धारा हो – 'सबैले मिलीजुली बस्नुपर्छ, बाँडीचुँडी खानुपर्छ ।'

त्यही अलिखित भावनालाई सार्थक बनाउन नेपालमा यस्तो निर्वाचन प्रणाली लागू छ, जसमा कुनै एक दलले बहुमत ल्याउन लगभग असम्भव छ ।

जब कसैको बहुमत आउँदैन, तब कोही न कोहीसँग वा भेटिएको जोकोहीसँग मिल्नैपर्छ नेपालमा सरकार गठन गर्न । नेपालको प्रणाली नै यस्तो छ जसले हामीलाई सिद्धान्तहीन गठबन्धनहरूलाई प्रोत्साहन गर्छ ।

त्यसैले नेपालको राजनीतिमा देखिएको सिद्धान्तहीनताको बिउ नेपालको संविधानमै पनि थोरबहुत रोपिएको छ । खुर्सानी रोपेर स्याउ फल्छ र ? त्यसैले राजनीतिलाई कारोबारी बनाएको छ । हुन त विश्व राजनीति नै कारोबारी भएको बेलामा फगत गोर्खे राजनीति मात्र सिद्धान्तनिष्ठ हुन सक्छ र ?

'अनकट' मल्टीमीडिया मिडिया स्तम्भ शिलापत्रमा सोमवार र हाम्रो दिशानिर्देश युट्युब च्यानलमा बुधबार उपलब्ध हुन्छ । पढन पनि सकिने , हेर्न पनि मिल्ने - 'अनकट' ।

तिहार, छठ र नेपाल संवतको शुभकामना सबैलाई , जो जहां रहे पनि , ज्ञात अज्ञात सबै मित्रहरुलाई शुभकामना !

नेपाली राजनीतिको बजारमा सिक्का चाहे जेन–जी पुस्ताको चलोस् वा कुनै अरू पुस्ताको – ‘वैश्ययुग’लाई त्यससँग खासै सर.....

20/10/2025

अध्यात्मका कुरा.......

20/10/2025

'स्वामी' शब्दको अर्थ...

06/10/2025

समयको पदचाप...

03/10/2025

सात दशकमा सात वटा संविधान..

https://youtu.be/ovu6H1ftr8E?si=KqdgAFKlZrY2cE94
01/10/2025

https://youtu.be/ovu6H1ftr8E?si=KqdgAFKlZrY2cE94

'जेनजी' देखि बुमर पुस्तासम्म ! अगाडीको बाटो के ? आत्मनिरीक्षण (self introspection) को दसै मनाऔ ।

01/10/2025

जेन–जी उमेर मात्र होइन, भावना पनि हो । समयको पदचाप पनि हो । समयको पदचाप सुन्न नसक्ने देश, समाज र मानिसले त्यसको मूल्...

Address


Alerts

Be the first to know and let us send you an email when Dishanirdesh Plus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dishanirdesh Plus:

  • Want your business to be the top-listed Media Company?

Share

Home of Dishanirdesh

We are a digital media production company looking to tell stories that inspire and inform.