21/09/2025
सहिद सुनिल राई, महेश गुरुङ अनि विमल शासंकरको सालिक झेपीमा अनावरण ।
झेपी : २०१७ सालको गोर्खाल्याण्ड आन्दोलनको क्रममा सहिद बनेका शहिदहरु क्रमैले रेलिङ कैजले समष्टिको कैजले ग्राम निवासी सुनिल राई, रेलिङ ग्राम निवासी महेश गुरुङ तथा पुलबजार बिजनबारी गोक समष्टिको अन्तर्गत गोक ग्रामको विमल शासंकरको सालिक आज अनावरण गरियो। सचेत युवा समुहको पहल तथा इन्डियन गोर्खा जनशक्ति फ्रण्ड संयोजक अजय एडवर्डको मुख्य सहयोगमा स्थानीय झेपी ग्रामको झेपी खेल मैदान नजिकै निर्मित सालिकको भव्य कार्यक्रम बिचमा अनावरण गरिएको हो। कार्यक्रममा गोर्खा जनशक्ति फ्रण्ड संयोजक अजय एडवर्ड प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने उनले कार्यक्रम नितान्त अराजनैतिक भएको तथा जातीको निम्ति सम्पुर्ण नै एक मंचमा आउनुपर्ने भनाइलाई शिरोपर गर्दै आफू उपस्थित भएको बताए। यसका साथमा सहिदको सपनालाई कदापि भुल्नु नहुने मन्तव्य उनले राखे। अमर खेवाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा एडवर्डवाहेक शहिदका परिवार सगै वरिपरिका सर्वसाधारण शिक्षक समाजसेवी लगायत विभिन्न पार्टी समर्थकहरु बिशेष उपस्थित रहेको थियो।