Kirat Kingdom

  • Home
  • Kirat Kingdom

Kirat Kingdom This page is only for kirat community.This page has been created for the upliftment of the kirat.

03/10/2024

किरात मुन्दुम र सिन्दुघाटी सभ्यता बारे पुरातात्विक विश्लेषणः

किरात समुदाय भित्र रहेको भाषिक विविधताअनुसार लिम्बूले मुन्धुम, सुनुवारले मुक्दुमरमुग्दुम र याक्खाले मुन्तुम भन्छन् । किरात राई समुदायभित्रका कुलुङले रिद्दुमस चाम्लिङले मुन्दुमरमुदुमस दुमी, मेवाहाङ, साम्पाङले मुद्दुमस पुमाले मुत्दुमस बान्तावाले मुन्दुमस याम्फूले मिन्दुमस लोहरूङले मुन्दुमरपेल्लाम र वाम्बुलेले मुक्तुमरमुक्दुम भन्ने गर्छन् । केही विद्वान्का अनुसार यी शब्दहरूको मूल चाहिँ ‘मुन्थुम’ हो । भोटमूलको भाषामा ‘मुन्थुम’ को अर्थ अन्धकारलाई पोको पार्ने वा अज्ञानता हटाएर ज्ञानको उज्यालो ल्याउनु हुन्छ (ढुंगेल, २०६९ : ३८) । तर, यसलाई भाषिक विविधताअनुसार किरातहरूले फरकफरक रूपमा अथ्र्याउने गरेका छन् ।

जस्तो कि पुमा भाषामा ‘मुत्’ को अर्थ हुन्छ झारफुक गर्नु र ‘दुम’ को अर्थ हुन्छ शास्त्र, बोली आदि । लिम्बू भाषामा चाहिँ ‘मुन्’ को अर्थ गति वा गतिमय स्थिति हुन्छ भने ‘थुम’ को अर्थ कठिन वा शक्ति वा बल fहुन्छ (काइँला, १९९९ : २५२) । बान्तावा भाषामा मुदुमलाई मान्छे (मिन्) को बोली (दुम) को रूपमा अर्थ्याउने गरिएको छ । चाम्लिङ भाषामा चाहिँ ‘मुन्’ को अर्थ रच्नु, उत्पन्न गर्नु, जन्मनु हुन्छ (राई र अन्य, २००७ : २००) भने ‘दुम’ को अर्थ हुन्छ ‘बोली’ अर्थात् मुन्दुम भनेको बोली (रिसिया) रचना गर्नु हो ।

हजारौं वर्षदेखि किरात समुदायले मौखिक रुपमा जोगाइआएको विशाल सांस्कृतिक–बौद्धिक सम्पदा हो मुन्दुम । यसलाई किराती समाजले लोककथाका रुपमा र नछुङ (धामी)हरुले चाहिँ रिसिया (मन्त्र)का रुपमा भन्दै–सुनाउँदै आएका छन् । मौखिकबाट लेख्य हुन पुगेको ऋग्वेदका आधारमा जसरी ३ हजार वर्षभन्दा अघिको आर्य समाज र सभ्यताको अध्ययन गर्न सजिलो भएको छ त्यस्तै मुन्दुममार्फत् पनि प्राग्–ऐतिहासिक कालका किरातबारे धेरै कुरा प्रकाशमा ल्याउन सकिने सम्भावना छ ।

मुन्दुममा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । समग्रमा चाहिँ मुन्दुम किरातीहरुको सृष्टि, प्रकृति, मानव, समाजविकास, इतिहास, संस्कृति आदिसम्बन्धी दार्श्निक दृष्टिकोणको समुच्चय हो ।

ख. कोकुमा–पिरिमादेखि नछुङसमम्म

मुन्दुम मूलतः नछुङ, मोपा, मुन्दुमी, रिसिमी, फेदाङ्मा, साम्बाहरुहरुले विभिन्न सांस्कृतिक क्रियाकलापहरुमा गाउने गर्छन् । उनीहरु मुन्दुम एकदेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने माध्यम मात्र होइनन् मुन्दुम गाउने किराती समाजका प्रथम बुद्धिजीवी हुन् ।

दोस्रो कुरा, किराती समाजमा अहिले पनि उनीहरुकै सांस्कृतिक नेतृत्व हुन्छ । सम्भवतः शिकार गरेर जीविकोपार्जन गर्ने युगमा नछुङहरुकै नेतृत्व हुन्थ्यो, कृषि सभ्यतामा प्रवेश गरिसकेको लामो समयसम्म सामाजिक–राजनीतिक प्रकृतिको नेतृत्व नछुङहरुबाटै हुन्थ्यो भन्ने देखिन्छ ।

तेस्रो कुरा, नछुङहरु किराती समाजका चिकित्सक पनि हुन् । उनीहरुसँग जडीबुटीको केही हदसम्म ज्ञान हुन्छ । र, मुख्य रुपमा सांस्कृतिक–मनोवैज्ञानिक उपचार उनीहरुले गर्ने महत्वपूर्ण कार्य हो । मुन्दुममा आउने रिसियाको वर्णनका आधारमा भन्दाखेरि किराती समाजमा पहिलो नछुङ पुरुष होइन महिला थिइन् । उनीहरुलाई सामूहिक रुपमा कोकुमा–पिरिमा भनेर प्रथम गुरुआमाका रुपमा नछुङहरुले सम्मानजनक रुपमा मान्ने गर्छन् । सम्भवतः त्यो महिलाले नेतृत्व गरेको समाजको कुरा हो । धेरै पछि मात्र पुरुष नछुङ बनेको वर्णन मुन्दुमका रिसियाहरुमा आउने गर्छ र प्रथम पुरुष नछुङ थिए हर्कबुङ । अहिले किरात राई समाजमा पुरुष धामीहरुको बाहुल्य छ, महिलाहरु फाट्टफुट्ट भेटिन्छन् । समाजमा पुरुषहरुको नेतृत्व स्थापित भएकोले यसो हुन पुगेको हो ।

ग. प्राग्ऐतिहासिक बसाइँसराइ : योँला (सिन्धुघाँटी)देखि किरात भूमिसम्म

किरात राईहरुको प्राग्इतिहासको अध्ययन गर्नका लागि ‘वाडाको’ गर्दा भनिने मुन्दुम निकै महत्वपूर्ण रहेको छ । ‘वाडाको मुन्दुम’मा वर्णन हुने स्थान, जाति र संस्कृतिका बारेमा पुरातात्विक खोजद्वारा प्राप्त तथ्यहरुलाई भिडाएर निचोड निकाल्न सकिने अवस्था छ । वाडाको मुन्दुम योँलादेखि हालको किरातभूमिसम्मको बसाइँसराइको कथा हो । त्यस क्रममा आउने चार वटा कुरा अति नै महत्वपूर्ण रहेका छन् । एक स् योँला र बसाइँसराइ गर्ने क्रममा उल्लेख हुने स्थानस दुई स् नागजातिस तीन स् किरात पुर्खा र नागकन्याबीच वैवाहिक सम्बन्धस चार स् महादेवको कुरा ।

१. वाडाको मुन्दुम : कथासार

बच्चा जन्मिसकेपछि आमा र बच्चाका लागि गरिने एउटा संस्कार हो ‘वाडाको’ । कथाअनुसार किरात पुर्खा अर्थात् होँछा (मानिस)ले बाघ र भालुलाई जंगलमा लखेटिपठाएपछि घरमा एक्लै बस्न थाल्यो । तर घरमा रहेको मासु खाइसकेपछि के खाने भन्ने समस्या आइलाग्यो । त्यसैले एकदिन जाल हान्न गयो । उसले निकै दिनको प्रयासपछि नागकन्या सिकुरिमालाई पो जाल (मायाजाल !)मा पार्यो । सिकुरिमाले किरात पुर्खा अर्थात् होँछालाई आमा–बाबु भएको ठाउँमा लगिन् ।

सिकुरिमाले आमालाई मानव (केटा) ल्याएको कुरा बताइन् । नागराजा डिल्लिहँ (पातेना)ले थाहा पाएको थिएन । सिकुरिमाले बाबाआमालाई आफू उमेरदार भइसकेकोले सुहाउँदो जोडी ल्याएको बताइन् । डिल्लिहँ र नाकिमाले सरसल्लाह गरे । डिल्लिहँले नाकिमासँग छोरीको विवाहमा बागदत्त बोल्नुपर्ने भएकोले वाछुइनारी (मट्टिमालारपुल्लिकमाला) चाहिने बताए । तर, होँछासँग वाछुइनारी थिएन । आमासँग सल्लाह गरेर सिकुरिमाले बाबु डिल्लिहँको वाछुइनारी चोरेर दिइन् । डिल्लिहँले बागदत्त बोल्नका लागि ज्वाइँलाई वाछुइनारी माग्यो । मानिसले सिकुरिमासँग लिएको वाछुइनारी दियो । डिल्लिहँ र नाकिमाले होँछासँग वाछुइनारी लिएर छोरीको बिहेबारी गरिदिए ।

केही दिनपछि छोरी–ज्वाइँलाई विदा दिए । बाबुआमाले दिइपठाएको कुरा र एक जना महिला सेवक याच्हँखाल्यो लिएर सिकुरिमा र होँछा माइति–ससुराली घर नायम्मादेखि हिमालतिर लागे । समय बित्दै जाँदा उनीहरुका तीन जना छोराहरु जन्मिए स् १) जेठो मकुम्बुङ (भोटे), भोटतिर बस्नेस २) माइलो हर्कम्बुङ (किरातीरराई), हिमालमुनि बस्ने र ३) कान्छो रिब्लबुङ (थारू), तराई मधेसतिर बस्ने । यसरी किरातीका पुर्खाहरु जन्मिए र उनीहरुको शाखा–सन्तान बढेर गयो ।

२. योँला (सिन्धुघाँटी)मा किरात

‘वाडाको’ भन्नु पानीको पूजा हो अर्थात् यसो पनि भन्न सकिन्छ– पानीछेउमा बस्ने पुर्खाहरुको पूजा हो । वाडाको मुन्दुममा नदीकिनारमा रहेको थलोको रुपमा योँलाको वर्णन हुने गर्छ । योँलाबाट नदी पछ्याउँदै थारु र बाजी (बृज्जि)हरुको थलो हुँदै वराहक्षेत्रबाट सप्तकोशी पार गरेर हालका स्थानमा किरातीहरुले बसोबास गरेको वर्णन वाडाको मुन्दुममा आउँछ । अरु त अहिले पनि सजिलै खुट्याउन सकिन्छ तर त्यो योँला कहाँ पर्छ भन्नेबारेमा मुन्दुमको वर्णनलाई आधार मानेर पुरातात्विक उत्खननले पत्ता लगाएका प्रमाणहरुसम्म पुग्नुपर्ने देखिन्छ ।

चाम्लिङ राईहरु ठूलो नदी (किरात राई भाषामा कोशी)लाई योँवारयँवा भन्ने गर्छन् । यो शब्द अहिले पनि प्रचलनमा रहेको छ । चाम्लिङ राईहरु बसोबास गर्ने ठाउँहरुको नामको अन्त्य अहिले पनि ‘ला’ प्रयोग भएको पाइन्छ । जस्तो खोटाङ जिल्लामा पर्ने प्वाँला, प्याला आदि । यसरी नदीछेउको थलो भन्ने अर्थमा ‘योँ’मा ‘ला’ जोडिनु स्वभाविक हो । शब्दका हिसाबले मात्र भन्दा पनि योँला नदीकिनारको थलो हो भन्ने स्पष्ट हुन्छ । वाडाको मुन्दुममा पनि योँला नदीकिनारको थलो हो भन्ने नै वर्णन आउँछ । तर नदीकिनारमा पर्ने त्यो थलो कहाँ पर्ला भनेर खुट्याउन चाहिँ वाडाको मुन्दुममा वर्णित नागजाति, किरात पुर्खा होँछा र नागकन्या सिकुरिमाबीचको वैवाहिक सम्बन्ध र महादेवको प्रसंगसम्म पुग्नैपर्ने हुन्छ ।

इतिहास र पौराणिक कथाहरुमा नागजातिको प्रशस्त उल्लेख र चर्चा हुने गरेको पाइन्छ । तर वाडाको मुन्दुममा आउने नागजाति चाहिँ को होला ? द्रविड सभ्यताका रुपमा चिनिने सिन्धुघाँटी र मोहनजोदाडोको उत्खननका क्रममा नागजातिको अस्तित्व फेला परेको छ । जेएच मार्सलले मोहनजोदाडोमा नागजातिको अस्तित्व रहेको उत्खननका क्रममा पत्ता लागेको बताएका छन् । उनका अनुसार एउटा भक्तको शिरमा नागको फणा रहेको छ । त्यो नागजातिको अस्तित्व रहेको प्रमाण हो (पौड्याल, २०६० ः ५) ।

सिन्धुघाँटीमै गरिएको उत्खननअनुसार त्यहाँ इसापूर्व दोस्रो र पहिलो शताब्दीमा ‘वाछुइनारी’ (पुल्लिक)को उत्पादन हुने गथ्र्यो र त्यहाँबाट सेन्ट्रल एसिया र चीनको पश्चिमी सिन्जियाङसम्म व्यापार हुन्थ्यो (द्यबिअपदगचल, द्दण्ण्घरद्दण्ण्द्धस् घज्ञ) । वाडाको मुन्दुममा पनि प्रस्ट भनिएको छ– वाछुइनारी (दभबमक) नागजातिसँग मात्र थियो, किरात पुर्खा होँछाले नागकन्या सिकुरिमासँग लिएर ससुरा डिल्लिहँ (पातेना)लाई दिएका थिए । यसको स्मरणमा अहिले पनि चाम्लिङ राई लगायत किरात राईहरुमा बिहेमा केटीबाट वाछुइनारी लिएर केटाले सासू–ससुरालाई दिने चलन कायमै छ ।

त्यस्तै गरेर वाडाको मुन्दुममा महादेवको पनि प्रसंग आउने गर्छ । सिन्धुघाँटीमा गरिएको उत्खननहरुले त्यहाँ लिङ्गपूजाको प्रचलन रहेको प्रमाणित भएको छ । सिन्धुघाँटीमा प्रशस्तै शिवलिङ्गहरु फेला परेका थिए । यसबाट द्रविडहरु लिङ्गपूजक थिए भन्ने स्पष्ट भएको छ (झा, सन् २००० स् ३८) । र, लिङ्गपूजा शिव, महादेवको प्रतीक हो । वाडाको मुन्दुममा महादेवको सन्दर्भ आउनुको अर्थ पनि यही हो कि किरातहरु सिन्धुघाँटीको लिङ्गपूजासँग परिचित थिए ।

किरातहरु सिन्धुघाँटीमा पुगेका थिए भन्ने अर्को प्रमाण हो त्यहाँ भेटिएको भोट–मंगोल (त्ष्दभतय(ःयलनययिष्मक) हरुको हाड फेला पर्नु । मोहनजोदाडोमा गरिएको उत्खननमा फेला परेका हाडहरु चार प्रजातिका थिए प्रोटो–अस्ट्रोलाइड -(Proto-Australoid), मेडिटेरिनियन (Mediterranean), मंगोल (Mongoloid) र अल्पिनोइड (Alpinoid), (Pusalker, 1957: 173) । त्यस्तै गरेर त्यहाँ किरातहरुले मासुका रुपमा उपभोग गर्ने गाई, भैंसी र सुँगुरलगायतका हाडहरु पनि फेला परेका छन् (Pusalker, 1957: 174) ।

मंगोलहरुका हाडहरु कति हजारअघिका थिए भन्ने थाहा पाउन सकेमा किरातका पुर्खाहरु सिन्धुघाँटीमा कति पहिले पुगेका थिए भन्ने कुरा खुलस्त हुन्छ । तर, सिन्धुघाँटीमा फेला परेको वाछुइनारी ९दभबमक० लाई आधार मान्ने हो भने आजभन्दा २२०० वर्षअघिको समयसँग सम्बन्धित देखिन्छ वाडाको मुन्दुम । र, ‘वाडाको मुन्दुम’ नागजाति अर्थात् द्रविडहरुसँग किरातहरुको वैवाहिक सम्बन्ध गाँसिएको कथा हो ।

३) थारु–बाजीदेखि हालको थलोसम्म

वाडाको मुन्दुममा छलफल गर्नैपर्ने अर्को सन्दर्भ हो थारु र बाजीहरुको ।

वाडाको मुन्दुमअनुसार किरातहरु योँलाबाट हिँडेपछि थारुहरुको थलो र वृज्जि संघ हुँदै आएका थिए । किरात राईहरुले मुदुममा वृज्जिहरुलाई बाजी (चाम्लिङ), बजी (साम्पाङ), बाजु (कोयी) (राई, २००८) आदि विभिन्न नामले पुकार गर्छन् । अहिले पनि थारुहरुले आफूभन्दा दक्षिणमा बस्नेहरुलाई बाजी भनिरहेका छन् । वृज्जि संघ प्राचीनकालमा भारतका १६ जनपदमध्ये एउटा प्रमुख जनपद थियो जुन गंगा नदीको उत्तर (वर्तमान उत्तरी विहार) मा थियो । मगधराज अजातशत्रुले ई.पू. ४८५ आसपासमा आफ्नो राजतन्त्रमा गाभेपछि वृज्जि संघीय गणराज्यको अन्त्य भएको थियो (आचार्य, २०६० स् ७९) ।

थारुहरुको थलो पार गरेपछि सप्तकोशीक्षेत्रमा जो आउँछ वराहक्षेत्र, त्यो चाहिँ थारु र किरातीहरुबीचको सांस्कृतिक–भौगोलिक सिमाना मानिन्छ (सिवाहाङ, २०६८ स् ११७) । मुन्दुमले पनि किरात र थारुहरुलाई दाजुभाइ मानेको छ । वराहक्षेत्रबाट उभो लागेपछि चाहिँ किरातीहरु हाल बसोबास गरिरहेका क्षेत्रमा फैलिएका हुन् । वाडाको मुन्दुमले यही बताउँछ ।

भोगीराज चाम्लिङको सम्पादनमा किरात राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको ‘मुन्दुम होसुङ’को सम्पादकीय अंश ।

किराती आमा बिनायो बाजा  बजाउनुहुदै।🙏
19/08/2024

किराती आमा बिनायो बाजा बजाउनुहुदै।🙏

04/11/2023

🇳🇵 💪✊

23/05/2023

Address


Website

Alerts

Be the first to know and let us send you an email when Kirat Kingdom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share