News Off

News Off Its the political and social issue based weekly paper. It is published from Lohakinthali. Now it is the number 1 best circulation weekly paper in Bhaktapur.

Weekly Newspaper based on Politics

नेपाली कांग्रेस भक्तपुरका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि नियमित महाधिवेशनको पक्षमाभक्तपुर, पुस २१नेपाली कांग्रेस भक्तपुर...
05/01/2026

नेपाली कांग्रेस भक्तपुरका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा
भक्तपुर, पुस २१
नेपाली कांग्रेस भक्तपुरका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु नियमति महाधिवेशनको पक्षमा खुलेका छन । पार्टी जिल्ला सभापति दुलर्भ थापाले सोमवार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित ३५ जना महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु नियमित महाधिवेशनको पक्षमा देखिएका हुन ।
उनीहरुले फागुन २१ गतेको निर्वाचनको लागि समानुपातिकको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फको उम्मेदवार चयनको प्रक्रिया शुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णायानुसार बैशाखमा तोकिएको नियमित महाधिवेशनको पक्षमा खुलेका हुन ।
पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले देश नै गम्भिर मोडमा उभिएको बेला नेपाली कांग्रेस एक ढिक्का भएर पार्टीको नियमित महाधिवेशन गरी वडा तहदेखी केन्द्रीय नेतृत्व गर्नु आजको आवश्यकता भएको बताएका छन ।
विज्ञप्तीर्मा देश निर्वाचनको तयारीमा छ । राजनीतिक दलहरुले समानुपातिकतर्फको आफ्नो बन्दसुचीहरु निर्वाचन आयोगमा बुझाइसकेको अवस्था छ । सन्निकट निर्वाचनमा सहभागी हुनुपर्ने आजको आवश्यकता हो । तसर्थ पार्टीभित्रका सबै खाले मत र विचार एकिकृत गरी पार्टीको नियमित महाधिवेशन गरी नेतृत्व स्थापित गर्न हामी भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जन सहित) मा व्यवस्था भए अनुसार नियमित महाधिवेशन गर्न जोडदार माग गर्दछौं, उल्लेख गरिएको छ
यस्तै हाल विभिन्न देशी विदेशी शक्तिहरुबाट संविधानको संवैधानिक सर्वोच्चता समाप्त पार्न प्रयासरत रहेको अवस्था रहेको भन्दै विज्ञप्तीमा यो विषम परिस्थितीमा हामी कसैको गतिविधि यस्ता पक्षहरुलाई पृष्ठपोषण गर्ने खालको हुन नहुने उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा समसामयिक राजनैतिक घटनाक्रम माथि टिप्पणी गर्दै पार्टी जिल्ला सभापति दुलर्भ थापाले नयाँ भन्ने दलहरुले विगत ३५ वर्षमा नेपालमा केही नभएको भन्ने भाष्य निर्माण गरेर जनतामा भ्रम छर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले नयाँहरु दलहरु के को लागि मिलिरहेको छ भन्ने प्रश्न समेत गर्नुभयो ।

गुँला धर्म सेवा
25/07/2025

गुँला धर्म सेवा

दिव्यश्वरी ज्ञानमाला भजन खलःको आयोजनामा गुँला धर्म सेवा परिक्रमा July 25, 2025 Share FacebookTwitterPinterestWhatsApp भक्तपुर, साउन ९ नेवार समूद.....

20/07/2025

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आमा सुरक्षा कार्यक्रम शुरु, सुत्केरी महिलाले २ हजार पोषण भत्ता पाउने July 20...

20/07/2025

मध्यपुर थिमि नगरपालिकाले गर्यो ३ हजार ४ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा July 20, 2025 Share FacebookTwitterPinterestWhatsApp भक्तपुर, साउन ४ म...

मध्यपुर थिमिको नीति तथा कार्यक्रम र ३ अर्ब २५ करोडको बजेट सार्वजनिकभक्तपुर, असार ८ मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक...
23/06/2025

मध्यपुर थिमिको नीति तथा कार्यक्रम र ३ अर्ब २५ करोडको बजेट सार्वजनिक
भक्तपुर, असार ८
मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सोमवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभाको १२ औं बैठकमा नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गर्नुभएको हो ।
नगर प्रमुख श्रेष्ठले नगरबासीलाई शिक्षा, स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य सेवा, पूर्वाधार विकास, सिपविकास गरी स्वरोजगारमार्फत आर्थिक समृद्ध हासिल गर्ने, नगरको मूर्तअमूर्त कलासँस्कृति, जात्रा पर्वको संरक्षण, पुरातात्विक सम्पदाहरुको मौलिक शैलीमा संरक्षण गरी मध्यपुर थिमि बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत यहाँको कलासँस्कृतिलाई आर्थिक आयआर्जनको माध्यम बनाउने योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
“सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खेलकुद, समाजिक समावेशीकरण, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रवद्र्धन नीति तथा कार्यक्रमको प्राथमिकताको क्षेत्र रहेको छ,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “वन वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन, कला, सँस्कृति, सम्पदा तथा पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छु ।”
भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता, गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यलाई प्रभावकारी बनाउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । एघारौं नगरसभाबाट नक्सापास फुकुवा गरी नियमित र अभिलेखीकरण गर्न तोकिएको जरिवानामा छुटको व्यवस्था गरिएको छ । परम्परागत बस्तीमा पुरानो शैलीमा घर बनाउने घरधनीहरुलाई नगरपालिकाको प्रचलित कानून र नियमानुसार आर्थिक अनुदान तथा नक्सापासको समयमा सहुलियत दिइनेछ ।
सार्वजनिक सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने, भित्री सडकहरुमा समेत सार्वजनिक नीजि साझेदारीमा सार्वजनिक यातायातलाई सुलभ र सहज बनाउने नीति मध्यपुर थिमिको रहेको छ ।
सार्वजनिक नीजि साझेदारी अवधारणाको नीति अनुसार सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा तोकिएको स्थानमा जग्गा विकास तथा जग्गा एकिकरण आयोजनाहरु सञ्चालन गरिनेछ ।
नगरपालिकाभित्रका दाहसंस्कार स्थल र माटाका भाँडाहरु पोल्ने स्थललाईवातावरणमैत्री बनाईने भएको छ । प्रत्येक वडामा विपद व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारको व्यवस्था मिलाइने छ ।
शिक्षामा आ.व. २०८२÷०८३ भित्र नसिङ कलेज र पारामेडिक्स कोर्स सञ्चालन गर्ने, ई–लाइब्रेरी सहितको पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने, मध्यपुर थिमि नगरपालिकालाई शैक्षिक गन्तव्य र २१ औं शताब्धीको ज्ञानविज्ञान केन्द्र बनाउने उद्देश्यसहित एक दिर्घकालिन परियोजना अगाडि बढाईने छ । कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरी पठनपाठन गराईने भएको छ ।
बालश्रम मुक्त नगर स्थापना गर्दै प्रतिवद्धता जाहेर भएको समय सीमा भित्रै बालमैत्री स्थानीय शासन नगर घोषणा गरिनेछ । रोजगारी र उद्यमशिलताको लागि आवश्यक तालिम सहित बिउ पुँजीको व्यवस्था गरी लैङ्गिक सशक्तिकरणमा जोड दिईनेछ । लैङ्गिक हिँसा विरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरिनेछ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई बिस्तार गर्दै लैजाने, क्षयरोगमुक्त नगरपालिका अभियान सञ्चालन गर्ने, लागूऔषध दुव्र्यसनको रोकथाम तथा नियन्त्रण, आत्महत्या रोकथाम र नियन्त्रणलगायतका मानसिक स्वास्थ्य प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सेवा सुविधामा थप बिस्तार गरी देशकै नमूना अस्पतालको रुपमा विकास गर्ने नीति मध्यपुर थिमिको रहेको छ ।
स्वच्छ मासु, स्वस्थ जीवन भन्ने नारा सहित पशु वधस्थललाई वैज्ञानिक र व्यवस्थित ढंगबाट सञ्चालनको लागि नीजि क्षेत्रसँग सहकार्य गरिनेछ । कौशी खेतीलाई प्रभावकारी बनाउन आवश्यक तालिम प्रदान गरिनेछ । व्यवसायिक तरकारी खेती तथा कृषि व्यवसाय गर्ने कृषक एवम् कृषक समूहलाई उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न आधुनिक कृषि यन्त्र र उपकरणलगायतका सामग्री खरिदमा अनुदान दिईनेछ ।
घरेलु तथा साना उद्योग मार्फत स्थानीय स्रोत साधनको उपयोग गरी आयमूलक रोजगारी सृजना गर्दै लागत साझेदारीमा नवप्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिईनेछ ।
नगरभित्रका सहकारी संस्थाहरुलाई सवल सक्षम बनाइ जोखिमको न्यूनीकरणको लागि नियमित अनुगमन र सुपरिवेक्षणका साथै तालिमको व्यवस्था गरिनेछ ।
मध्यपुर थिमिलाई पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न नगरभित्र रहेका ऐतिहासिक, धार्मिक, साँसकृतिक र प्राकृतिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र सौन्दर्यकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, नगरभित्रका पार्क पोखरीहरुलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने, नगरभित्रका परम्परागत र मौलिक नामको अभिलेखीकरण र पुनःस्थापनको कार्यलाई निरन्तरता दिईने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले कूल ३ अर्ब २५ करोड रुपैंयाको बजेट सार्वजनिक गर्नुभयो । उपप्रमुख श्रेष्ठले नगरपालिकाको सञ्चितीकोष, नगरपालिका अन्तर्गतको कमेरोटार जग्गा एकिकरण आयोजना, सिन्टिटार जग्गा एकिकरण आयोजना, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सडक बोर्ड र सामाजिक सुरक्षा भत्तातर्फको समेत गरी कूल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैंयाको बजेट बजेट सार्वजनिक गर्नुभएको हो ।
उहाँका अनुसार नगरपालिकाको सञ्चितीकोषबाट व्यहोर्ने योजना र कार्यक्रमका लागि एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैंयाको बजेट रहेको छ भने कमेरोटार जग्गा एकिकरण आयोजनाको ७० करोड २३ लाख, १३ हजार ७ सय, सिन्टिटार जग्गा एकिकरण आयोजनाको २० करोड ४० लाख १७ हजार एक सय, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ६० करोड ३२ लाख ५५ हजार ८ सय, सडक बोर्डको ७० लाख र सामाजिक सुरक्षाभत्तामा २२ करोड विनियोजन गरिएको छ ।
नगरपालिकाको सञ्चिती कोषबाट व्यहोर्ने एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैंया मध्ये पुँजीगत तर्फ ७७ करोड ७७ लाख २८ हजार ५ सय र चालु तर्फ ७४ करोड २३ लाख ५५ हजार विनियोजन गरिएको छ । कुल विनियोजनको पुँजीगत तर्फ ५१ दशमलव १६ र चालु तर्फ ४८ दशमलव ८४ प्रतिशत रहेको छ ।
खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट ३७ करोड २४ लाख ५७ हजार ९७९, राजश्व बाँडफाँडबाट ४० करोड १३ लाख ७५ हजार ५२१, अन्तरसरकारी वित्त हस्तान्तरण संघीय सरकारबाट ६० करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट ७ करोड ९ लाख ५० हजार, लागत सहभागिताबाट एक करोड आय हुने अनुमान गरिएको छ ।

लुम्बिनी, जेठ ६ गते ।गत बैशाख २९ गते बुद्ध जयन्तीका दिन भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको विशेष समारोहमा भिक्षु म...
20/05/2025

लुम्बिनी, जेठ ६ गते ।
गत बैशाख २९ गते बुद्ध जयन्तीका दिन भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको विशेष समारोहमा भिक्षु मैत्री महास्थविरले प्रदान गरीरहनुभएको पञ्चशील समेत कार्यक्रम संचालक एवं लुम्बिनी विकास कोषका प्रशासकिय अधिकृत ज्ञानिन राईबाट सही उच्चारण गर्न नसकेको मात्र नभई तथानाम, मनपरी शब्दहरु उच्चारण गरेको सन्दर्भमा पाल्पामा रहेका विभिन्न बौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा हिजो लुम्बिनी विकास कोषमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।
कोषका सदस्य सचिव सानुराजा शाक्य मार्फत बुझाइएको उक्त ज्ञापन पत्रमा “लुम्बिनी उद्यान जस्तो पवित्र भगवान बुद्धको जन्मस्थलमा बुद्ध जयन्तीको गरिमामाय धार्मिक समारोहमा भिक्षुगण, विभिन्न राष्ट्रका राजदूत तथा प्रतिनिधिहरुबीच भन्तेबाट प्रदान भइरहेको पालि भाषाको पञ्चशीलका शब्द, वाक्यहरुलाई शुद्ध तरीकाले श्रद्धापूर्वक हुबहु अर्थात जस्ताको तस्तै उच्चारण गर्नुपर्नेमा लुम्बिनी विकास कोष जस्तो महत्वपूर्ण सरकारी निकायका जिम्मेवार कर्मचारीबाट सामान्य पञ्चशीलको ज्ञान समेत नभएको जस्तो गरी विभिन्न श्रव्य दृष्य संचार माध्यमबाट, सामाजिक सञ्जालबाट विश्वभरी नै गलत सन्देश प्रवाह हुनेगरी तथानामका शब्दहरु उच्चारण गरेको सुन्नु पर्दा समस्त बौद्धमार्गीहरु लज्जास्पद र अत्यन्त गहिरो दुःख लागेको” उल्लेख छ ।
बोधार्थका रुपमा प्रधानमन्त्रीको कार्यालय, संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालय, अखिल नेपाल भिक्षु महासंघ एवं धर्मादय सभालाई पठाइएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा पाल्पाका ज्ञानमाला संघ, ज्ञानमाला सभा, धर्मोदय सभा, पाल्पा, चुडाकर्म (व्रतवन्ध) संघ, बौद्ध महिला आजीवन दायक समिति, बौद्ध महिला सेवा समिति, लुम्बिनी पाल्पा बौद्ध समन्वय समिति, बौद्ध युवा संघ, धर्मचक्र बौद्ध युवा संघ , करुणा बौद्ध संघ, युवक बौद्ध मण्डल, पारिलेयक वन संरक्षण समिति, भिक्षु विमलानन्द महास्थविर मेमोरियल ट्रष्ट, नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल मगर संघौ सन्तोक बौद्ध गुम्बा, दीपज्योति बौद्ध विहार, नेपाल मगर बौद्ध सेवा समाज, गिनाव बुद्ध विहार, थेरवाद बौद्ध संघ पाल्पा रहेका छन ।
https://enewsoff.com/2025/05/19052/

20/05/2025
27/04/2025

ललितपुर सिटी लगातार दोस्रो पटक जित्यो एनएसएल उपाधि April 26, 2025 Share FacebookTwitterPinterestWhatsApp भक्तपुर, बैशाख १३ साविक विजेता ललितपुर सि...

26/04/2025

एपिएफले जित्यो लुम्बिनी कप April 26, 2025 Share FacebookTwitterPinterestWhatsApp भक्तपुर, बैशाख १३ सशस्त्र प्रहरी बलको नेपाल एपिएफ एफसीले लुम्बिन....

26/04/2025

इन्दुको कप्तानीमा विश्वकप छनोट खेल्ने टोली घोषणा April 26, 2025 Share FacebookTwitterPinterestWhatsApp Indu Barma of Nepal bowls during the ACC Women's T20 Asia Cup 2024 match between India and Nepal at the Rangiri D...

“सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु मनको शान्तिको मूलस्रोततर्फ कदम चाल्दै नयाँ अनुभवहरुका स...
16/04/2025

“सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु मनको शान्तिको मूलस्रोततर्फ कदम चाल्दै नयाँ अनुभवहरुका साथ बैशाख गृहस्थी जीवनमा फर्के
*************************************************************
न्यूजअफ, ललितपुर, बैशाख २ गते ।
ललितपुरको माझखण्डस्थित माझखण्ड बुद्ध विहारमा अल्पकालिन रुपमा २०८१ चैत २० गतेदेखि २०८२ बैशाख २ गतेसम्म विभिन्न सिकाई एवं अभ्यासका अनुभवहरु संगाली चित्त परिशुद्ध पार्ने विधि सिकेर अल्पकालिन रुपमा “सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या”मा प्रव्रजित श्रामणेरहरु चीवर छोडेर आज गृहस्थी जीवनमा फर्केका छन् ।
विश्व शान्ति विहार एवं माझखण्ड बुद्ध विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले उक्त विहारमा हिजो आयोजित समापन समारोहका बीच श्रामणेर जीवनलाई छाडेर गृहस्थी हुन पाउँ भनी प्रार्थना गरेका अल्पकालिन नव श्रामणेरहरुलाई अनुमति दिनुहुँदै पञ्चशील प्रदान गर्नुभई गृहस्थी जीवनमा नै फर्काउनुभयो ।
उहाँले वल्र्ड बुद्धिष्ट अर्गनाइजेसनमा विश्व शान्ति विहार पनि आवद्ध रहेकाले अर्गनाइजेसनको घोषणापत्र अनुसार अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाउन गरिएको आव्हानले सतकुलपुत्र श्रामणेर प्रव्रज्या कार्यक्रम गरिएको बताउनुभयो । कहिँ कतै गल्ती भएको छ भने चित्त दुखेको, रीस उठेको छ भने एकापसमा क्षमा मागी रीस शान्त गर्न सकिने ओवाद दिनुहुँदै उहाँले अल्पकालिन समयावधिका लागि श्रामणेर प्रव्रज्यामा सहभागी हुनुभएका श्रामणेरहरुलाई सम्झाउनु भएको थियो ।
समापन समारोहका प्रमुख अतिथि बागमती गाउँपालिका वडा ५ का वडाअध्यक्ष नवराज तिमिल्सिनाले आफू अध्यक्ष हुनु भन्दा अगाडिदेखि नै बुद्ध विहारलाई सक्दो सहयोग गरीरहेको र सहयोगलाई निरन्तरता दिइरहने वचन दिनुभयो ।
उक्त श्रामणेर प्रव्रज्यामा प्रव्रजित हुनुभएका काठमाण्डौ गुहेश्वरीका सुधीर कार्कीले उहाँले आफ्नो छोरालाई पनि सँगै प्रव्रजित गराउन ल्याएको र पछि घरमा जाँदा पनि कार्यक्रममा यी यी कुराहरु सिकियो भनी एकआपसमा छलफल गर्न पाइन्छ । त्यसैले आफ्ना नाता परिवारबाट पनि प्रव्रज्यामा सहभागीहरु बढाउनुपर्छ भन्नुभयो ।
त्यस्तै अर्का सहभागी भैंसीपाटी ललितपुरका नविन डंगोलले पनि बुद्ध शिक्षा बुबाले पनि सिक्न सकोस भनी सँगै प्रव्रजित गराउन ल्याएको पहिले पढेको र सुनेको कुराहरु माझखण्डमा आएर चंक्रमण गर्दै, जंगलमा गएर ध्यान गर्दा अनुभव पनि गर्न पाउँदा कतिपटक त भावविभोर समेत भएको स्मरण गर्नुभयो । उहाँले प्रव्रजित भई विहारमा रहँदा विभिन्न उमेर समूहका फरक फरक विचार र दृष्टिकोणका नवश्रामणेरहरुसँग मिली सामूहिक रुपमा काम गर्दा उहाँभित्र पनि कति क्लेशहरु रहेछ भनी हेर्न पाएको समापन समारोहमा सुनाउनुभयो ।
विश्वशान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकाय विहारको संयुक्त आयोजनामा चैत २० गते नाम दर्ता गरी नेक्खमी पारमीको अभ्यास गरी घरबार, आफन्तजन, साथीसंगी त्यागी नयाँ अनौठो र नौलो जीवनको शुरुवात गरेका ९ वर्षदेखि ८२ वर्षसम्मका नेपाली कुलपुत्रहरु दश पारमिताको अभ्यास गर्दै बैशाख २ गतेसम्म अल्पकालिन प्रव्रजित जीवन बिताई आ–आफ्ना घर फर्केका हुन् ।
पूर्ण जीवनकालमा प्रव्रजित हुन नसकेका वा नपाएकाहरु केही समयको लागि अल्पकालिन रुपमा भएपनि प्रव्रजित भई भगवान बुद्धले सिकाउनु भएको त्यागी जीवन बिताइ, उपेक्षा, मैत्री, करुणाको जीवनमा जिएर, भिक्षाटन वा दानबाट जीवन निर्वाह गरी भगवान बुद्धको शिक्षा शील, समाधि र प्रज्ञाको अभ्यास गरेका छन् । उनीहरुले आन्तरिक सौन्दर्य, मनको शान्ति प्राप्ती गर्ने मूलस्रोततर्फ कदम अघि बढाउने अभ्यास गर्न पाएका छन् ।
जसमा चैत २२ गते केश छेदन, २३ गते स्थानीय क्षेत्रमा भिक्षाटन, २६ गते अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाई दीप प्रज्वलन, २०८२ साल नववर्षको पूर्वसन्ध्यामा चैत ३१ गते रातको ८ बजेदेखि बैशाख १ गते बिहानको ४ बजेसम्म लगातार ध्यान भावना गरी, १ गते नै पुनः स्थानीय क्षेत्रमा भिक्षाटन गरेका छन् ।
समापन समारोहमा सहभागी श्रामणेरहरुलाई स्मरण पत्र, दाताहरु एवं सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षकत्वमा शाक्यसिंह विहारको सह आयोजना तथा प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा सो दुर्लभ प्रव्रज्या कार्यक्रमको आयोजना गरिएको हो ।
link _

“सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु मनको शान्तिको मूलस्रोततर्फ कदम चाल्दै नयाँ .....

Address


Telephone

9851117064

Alerts

Be the first to know and let us send you an email when News Off posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Off:

  • Want your business to be the top-listed Media Company?

Share