Pari Prakashan

  • Home
  • Pari Prakashan

Pari Prakashan Official Page of Pari Prakashan, Soreng.

सिक्किमेली साहित्यको गति र दिशालाई नयाँ उज्यालोतर्फ लाने सोँच राखेर परी प्रकाशन साहित्य सर्जकहरूको निम्ति तय गरिएको मञ्च हो। सिक्किमेली साहित्यको आफ्नै पहिचान हुँदा-हुँदै पनि आउँदो भविष्यमा यसलाई निरन्तरता दिएर युगसापेक्षित साहित्य सृजना हुनसकोस् र ती ओझलमा परेका सबै सृजनाहरूले समाजमा आएर एउटा नवीन अवधारणा जन्माउन सकोस भन्ने धारणासहित यो प्रकाशन ति सृजनशील सर्जकहरूको निम्ति निर्माण गरिएको हो।

आउँदो दिनहरूमा परी प्रकाशनले उत्कृष्ट कृतिहरू दिएर नेपाली साहित्यको मलिलो फाँटमा एउटा स्थान बनाउन सकोस् हाम्रो अपेक्षा रहेको छ। सिक्किमका स्थापित अनि नयाँ सिकारू सर्जकहरू सबैको साथ सहयोगको अपेक्षा राख्दै भविष्यमा परी प्रकाशनले एउटा इतिहास निर्माण गर्न सकोस् र मलिलो साहित्य वतावरणको सृजना हुन सकोस् भन्ने हाम्रो धारणा छ। कला सृजनाका सम्पूर्ण सर्जकहरूलाई स्वागत छ।

परी प्रकाशन, सोरेङको तर्फबाट श्री सोनाम पाल्जर तामाङज्युलाई 'मेरो कविता, The Rhythm of Poetry Season 1, नेपालको विजेता ब...
31/03/2026

परी प्रकाशन, सोरेङको तर्फबाट श्री सोनाम पाल्जर तामाङज्युलाई 'मेरो कविता, The Rhythm of Poetry Season 1, नेपालको विजेता बन्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

कवितामार्फत जीवनका अनुभूति, भावना र समाजलाई सशक्त रूपमा अभिव्यक्त गर्दै तपाईंले हासिल गर्नुभएको यो सफलता अत्यन्तै प्रशंसनीय छ। यस उपलब्धिले नेपाली साहित्यप्रतिको तपाईंको समर्पण, सिर्जनशीलता र प्रतिभालाई उजागर गरेको छ।

तपाईंको यो उपलब्धिले नयाँ पुस्ताका स्रष्टाहरूलाई प्रेरणा दिनेछ भन्ने विश्वासका साथ आगामी दिनहरूमा पनि साहित्य सिर्जनामा निरन्तर उचाइहरू हासिल गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

सोरेङ जिल्ला, टिम्बुरबोङ निवासी वरिष्ठ साहित्यकार, परी प्रकाशनका अध्यक्ष तथा सिक्किम रुपान्तरण संस्थाका उपाध्यक्ष श्री स...
17/03/2026

सोरेङ जिल्ला, टिम्बुरबोङ निवासी वरिष्ठ साहित्यकार, परी प्रकाशनका अध्यक्ष तथा सिक्किम रुपान्तरण संस्थाका उपाध्यक्ष श्री सी. पी. शर्मा (प्रकाश भट्टराई) ज्युलाई प्रतिष्ठित नेपाली साहित्य अकादमी पुरस्कार प्राप्त भएको समाचारले हामी सबै अत्यन्तै गौरवान्वित भएका छौं।

नेपाली भाषा, साहित्य, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि उहाँले पुर्‍याउनुभएको महत्वपूर्ण योगदान अत्यन्त प्रशंसनीय छ। 'नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी' लगायतका कृतिहरूमार्फत उहाँले नेपाली समाजको मौलिकता, इतिहास र संस्कृतिलाई समृद्ध बनाउँदै आउनुभएको छ।

यस प्रतिष्ठित सम्मानले उहाँको दीर्घकालीन साहित्यिक योगदानलाई राष्ट्रिय स्तरमा मान्यता दिलाउनुका साथै सम्पूर्ण सिक्किमलाई गर्वको अनुभूति गराएको छ।

यस ऐतिहासिक उपलब्धिका लागि श्री सी. पी. शर्माज्युलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि साहित्य सिर्जना र सांस्कृतिक संरक्षणको यात्रामा निरन्तर सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

परी प्रकाशनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना। 💐🙏🏻

आज तारिख ०४ मार्च २०२६-को दिन परी प्रकाशन, सोरेङको कार्यालयमा प्रकाशनको अध्यक्षको अध्यक्षतामा एउटा विशेष सभा सम्पन्न भयो...
04/03/2026

आज तारिख ०४ मार्च २०२६-को दिन परी प्रकाशन, सोरेङको कार्यालयमा प्रकाशनको अध्यक्षको अध्यक्षतामा एउटा विशेष सभा सम्पन्न भयो। यस सभामा प्रकाशनका सदस्यद्वारा भावी कार्यक्रमबारे समन्वय सभा बसी निम्नलिखित प्रस्तावहरू पारित गरिए।

१. सिक्किमका माटो कवि जीवन थिङको रचना सङ्कलन 'साङ्लीभित्र बाँधिएका घोड़ाका टापहरू'-कृतिको दोस्रो संस्करण प्रकाशनले थिङको परिवार पक्षको अनुमति लिएर प्रकाशित गर्नेछ। यसका साथै यस अघि परी प्रकाशनले जीवन थिङका साहित्यिक कृतित्व विषयमाथि सङ्गोष्ठी आयोजना गरी त्यसमा प्रस्तुत सङ्गोष्ठी पत्रहरूलाई पनि ग्रन्थमा समावेश गरी प्रकाशन गर्नेछ।

२. उपर्युक्त प्रस्तावलाई कार्ययोजनामा ल्याउन नसके प्रकाशनले विकल्पमा कृत्रिम बुद्धिमत्ता र साहित्य सिर्जना विषयी एउटा सङ्गोष्ठी आयोजना गर्नेछ। यसबारे यस विषय सम्बन्धित बौद्धिक व्यक्तिहरूसित थप छलफल गरी निर्णय गरिनेछ।

३. परी प्रकाशनको यस सभामा विशेष रूपले प्रकाशनले यसपटक नवोदित वा उदीयमान सर्जकहरूको कृति प्रकाशित गरिदिने निर्णय लिएको छ। यसमा साहित्य रचना गर्ने तर कारणवश पुस्तकाकार रूपमा प्रकाशित गर्न नसक्ने कृतिकारका कृतिहरू प्रकाशित गरिनेछ। यसमा यसअघि कृति प्रकाशित नगरेका सर्जकहरूको पहिलो कृतिलाई मात्र प्राथमिकता दिइनेछ। यसबारे प्रकाशनले थप सूचना प्रेषित गर्नेछ।

४. परी प्रकाशनले स्थानीय सोरेङ बजारमा छिट्टै नै परी पुस्तक पसल स्थापना गरेर पुस्तकलाई लोकमा प्रचार गर्नेछ।

५. परी प्रकाशनद्वारा प्रकाशित सम्पूर्ण कृतिहरूलाई अनलाइन बिक्री वितरणका लागि उपलब्ध गराइनेछ। यसमा परी जर्नलमा प्रकाशित विभिन्न लेखहरूलाई परीको वेबसाइटमा साझा गरिनका साथै विभिन्न पुस्तक अनलाइन खरिदीका लागि पनि उपलब्ध गराइनेछ।

६. परी प्रकाशनको स्थापना कालदेखि यता गरिएका सम्पूर्ण कार्यक्रम विवरणसहित एउटा पुस्तक तयार गरी आगामी स्थापना दिवसमा विमोचन गरिनेछ।

परी प्रकाशन, सोरेङको पाँचौँ स्थापना दिवसको केही झलकहरु
16/11/2025

परी प्रकाशन, सोरेङको पाँचौँ स्थापना दिवसको केही झलकहरु

नेपाली साहित्यकाशमा अभिभावक धरोहर अनि धुरी मानिएका साथै राजकालिन सिक्किमको राष्ट्र कालजयी गीत 'जहाँ बग्छ टिस्टा रंगीत'-क...
12/07/2025

नेपाली साहित्यकाशमा अभिभावक धरोहर अनि धुरी मानिएका साथै राजकालिन सिक्किमको राष्ट्र कालजयी गीत 'जहाँ बग्छ टिस्टा रंगीत'-का रचनाकार, गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बोकेका सानु लामाज्युको आकास्मिक निधनमा परी प्रकाशन सोरेङ गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ अनि शोक विहृल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ। 🙏

आज परी प्रकाशन कार्यालय, सोरेङमा बसेको सभाको एक दृश्य...
09/11/2024

आज परी प्रकाशन कार्यालय, सोरेङमा बसेको सभाको एक दृश्य...

28/09/2024

आदरणीय महोदय / महोदया,

परी प्रकाशन सोरेङ्ग द्वारा गान्टोकको मनन केन्द्रमा मिति 30 सितम्बर र 1अक्टोबर का दिन आयोजना गरिन गइरहेको अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवलाई अहिलेको वर्षातको कारण स्थगित गर्न वाध्य बनेको जानकारी दिन चहान्छु । अहिले प्रायः बाटाघाटा अवरुद्ध छन । वर्षातको कारण सबैलाई समस्या उत्पन्न भैरहेको छ । त्यसैलाई मध्यनजरमा राखेर सो कार्यक्रमलाई स्थगित गरिएको छ । पुनः अर्को मिति तय गरेपछि यहाँहरुलाई सूचना दिनेछौं ।

अन्तमा परी प्रकाशनको माध्यम जसजसलाई निमन्त्रणा पठाइएको थियोे वहाँहरुलाई विनम्रतापूर्वक उक्त मितिको कार्यक्रम स्थगित भएको जान्कारी दिँदै दुख नपाउने निवेदन गर्दछु ।

अध्यक्ष
सि पि शर्मा
परी प्रकाशन सोरेङ
28/09/2024

21/09/2024

Address


737121

Alerts

Be the first to know and let us send you an email when Pari Prakashan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share