20/10/2025
#इलाम नगरपालिका नगरकार्यपालिकाको मिति २०८२/०७/०३ को बैठकका मुख्य निर्णयहरु ‼️
1. मिति २०८२/०६/१८ गतेको मनसुनजन्य विपद्को कारण क्षति भएका नगरपालिका क्षेत्रका आवासहरुको मापदण्डका आधारमा पुनस्थापना कार्यक्रम अघि बढाउन रु. ५० लाख विनियोजन गर्ने ।
2. घर पुनर्निर्माणका लागि जग्गा नै नभएका वा जग्गा भएपनि उपयुक्त जग्गा नभएका घरधुरीहरुका लागि उपयुक्त जग्गा पहिचान गरि प्रचलित कानुन बमोजिम जग्गा व्यवस्थापन गर्ने
3. उपभोक्ताहरुको जनश्रमदानको परिचालन गरेर पाइपहरुको प्रयोग गरि तत्कालै संचालन गर्न सकिने कुलोहरुको पहिचान गरि मर्मत गर्न रु. ५० लाख विनियोजन गर्ने ।
4. कृषिबाली तथा पशुपंक्षीको क्षति भएका कृषकहरुलाइ मापदण्डका आधारमा राहत अनुदान उपलब्ध गराउन रु ५० लाख विनियोजन गर्ने ।
5. विभिन्न वडाहरुमा क्षतिग्रस्त खानेपानीको मर्मत तथा संचालन गर्नका लागि आवश्यक– पाइपहरुको खरिदका लागि रु. ३० लाख विनियोजन गर्ने ।
6. नगर क्षेत्र भित्र पूर्ण रुपमा नष्ट भएका घरधुरीका लागि नगद सहायता उपलब्ध गराउन रु.१०१०००० विनियोजन गर्ने ।
7. उपरोक्त पुनस्थापनाका कार्यहरु अघि बढाउनका लागि आवश्यक पर्ने बजेट चालु आ व को बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका न्यून प्राथमिकताका कार्यक्रमहरु कटौती गरि व्यवस्थापन गर्ने ।