Nepalsandesh

Nepalsandesh Digital online News portal of Nepal - Nepal Sandesh 24/7 your communication partner. Digital online News portal of Nepal.
(1)

तीज  फेस्टिवल २०२५ मनाउन शिन ओकुबो स्थित  तोयामा पार्क जाऔ ! यसपालीको तीजमा नाचेर रमाईलो गरौ है !
22/08/2025

तीज फेस्टिवल २०२५ मनाउन शिन ओकुबो स्थित तोयामा पार्क जाऔ ! यसपालीको तीजमा नाचेर रमाईलो गरौ है !

जापानमा आएको उष्णकटिबन्धीय तुफाल लिंगलिंगले क्युशू क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । आँधीका कारण त्यहाँको बुलेट रेल से...
22/08/2025

जापानमा आएको उष्णकटिबन्धीय तुफाल लिंगलिंगले क्युशू क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । आँधीका कारण त्यहाँको बुलेट रेल सेवा समेत प्रभावित हुँदा यात्रुहरु मर्कामा परेका छन्

जापानमा आएको उष्णकटिबन्धीय तुफाल लिंगलिंगले क्युशू क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । आँधीका कारण त्यहाँको बु...

21/08/2025

जापान प्रवेश प्रक्रियालाई अझ सहज र छिटो बनाउन सरकारले नयाँ प्रणाली ल्याउन लागेको छ।
यस प्रणालीलाई “Preclearance” भनिएको छ।

यो सुविधा सन् २०२५ भित्र लागू हुने योजना गरिएको छ।
यस अन्तर्गत, दक्षिण तथा पूर्वी एशियाबाट जापान आउने यात्रुहरूले
आफ्नो देशको प्रस्थान एयरपोर्टमै पासपोर्ट जाँच, फिंगरप्रिन्ट लिनु र फोटो खिच्नुजस्ता
आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

यसरी आवश्यक जानकारी र कागजी प्रक्रिया एयरपोर्टमै सम्पन्न भएपछि,
जापानको विमानस्थलमा ओर्लिनेबित्तिकै लामो लाइनमा उभिनु नपर्नेछ।
सीमा सुरक्षा जाँचमा लाग्ने समय उल्लेख्य रूपमा घट्ने भएकाले
प्रवासी यात्रुहरूलाई प्रवेश गर्न सजिलो हुनेछ।

विशेष गरी काम, अध्ययन वा छोटो अवधिको भ्रमणका लागि आउने यात्रुहरूले
यो प्रणालीबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ।
यात्रा अनुभवलाई सहज बनाउन सरकार निरन्तर प्रयासरत छ
र यो कदमले जापानलाई अझै विदेशीमैत्री देश बनाउने विश्वास गरिएको छ।

प्रधानमन्त्री शिगेरु इशिबाको कूटनीतिक पहलयोकोहामा भएको TICAD सम्मेलनमा प्रधानमन्त्रीले भारतीय महासागर–अफ्रिका आर्थिक क्ष...
21/08/2025

प्रधानमन्त्री शिगेरु इशिबाको कूटनीतिक पहल

योकोहामा भएको TICAD सम्मेलनमा प्रधानमन्त्रीले भारतीय महासागर–अफ्रिका आर्थिक क्षेत्र प्रस्ताव गरेका छन्।

यो पहल जापानलाई एशिया–अफ्रिका व्यापार–सञ्जालमा प्रमुख शक्ति बनाउने रणनीतिक कदम मानिएको छ।

म्याकडोनाल्ड्स जापानमा “वन पीस” कार्ड योजना रद्दबालबालिका लक्षित “ह्यापी सेट” खानामा “वन पीस” मंगा संग सम्बन्धित ट्रेडिङ...
21/08/2025

म्याकडोनाल्ड्स जापानमा “वन पीस” कार्ड योजना रद्द

बालबालिका लक्षित “ह्यापी सेट” खानामा “वन पीस” मंगा संग सम्बन्धित ट्रेडिङ कार्डहरू दिने तयारी म्याकडोनाल्ड्स जापानले रद्द गरेको छ। यो योजना अगस्ट २९ देखि लागू हुने तय भएको थियो, तर अहिले अनुमति रद्द गरिएको छ ।

21/08/2025

तीज फेस्टिवल २०२५ बारे जानकारी मूलक पत्रकार सम्मेलन

बैंक अफ जापानले दर वृद्धि गर्ने सम्भावनारॉयटर्सको सर्वेक्षणअनुसार अधिकांश अर्थशास्त्रीहरू विश्वास गर्छन् कि जापानीन्द्री...
21/08/2025

बैंक अफ जापानले दर वृद्धि गर्ने सम्भावना

रॉयटर्सको सर्वेक्षणअनुसार अधिकांश अर्थशास्त्रीहरू विश्वास गर्छन् कि जापानीन्द्रीय बैंक (BOJ) ले चौथो त्रैमासिकमा संभवतः अक्टोबरमा विहित व्याजदर 0.50% बाट कम्तीमा 0.75% सम्म बढाउन सक्छ। यसबारेमा अहिलेको मध्य सेप्टेम्बर बैठकमा भने कुनै निर्णय हुने सम्भावना न्यून रहेको छ।

जापानी येनको मूल्य घट्दै – अमेरिकी डलरको तुलनामा जापानी येन फेरि कमजोर बन्दै गएको छ। यो वर्षको नयाँ न्यूनतम स्तरमा पुगेप...
21/08/2025

जापानी येनको मूल्य घट्दै – अमेरिकी डलरको तुलनामा जापानी येन फेरि कमजोर बन्दै गएको छ। यो वर्षको नयाँ न्यूनतम स्तरमा पुगेपछि आयातित वस्तुको मूल्य अझै बढ्ने अनुमान गरिएको छ।

21/08/2025

जापानमा विदेशी श्रमिकका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु

जापानको न्याय मन्त्रालयले विदेशी श्रमिकहरूको अधिकार सुरक्षित गर्न विभिन्न निःशुल्क टेलिफोन सेवा सुरु गरेको छ।

सबैभन्दा पहिले, कामका सर्तहरूसम्बन्धी समस्या — जस्तै तलव नपाउने, लामो समयसम्म काम गराइने वा करार तोडफोड — का विषयमा उजुरी दिन मिल्ने हेल्पलाइन सञ्चालनमा आएको छ। यसका लागि 0120–531–408 नम्बरमा फोन गर्न सकिन्छ। यो सेवामा नेपाली भाषा बोल्ने कर्मचारी पनि उपलब्ध हुने भएकाले श्रमिकहरूले सजिलै परामर्श लिन सक्नेछन्। हेल्पलाइन हप्ताको सातै दिन खुला रहनेछ।

त्यस्तै, यदि श्रमिकहरूले मानव अधिकार उल्लंघन, दुर्व्यवहार वा भेदभाव सामना गर्नुपरेमा अर्को नम्बर 0570–090–911 मा सम्पर्क गर्न सकिन्छ। यस सेवामा नेपालीसहित अंग्रेजी, चिनियाँ, स्पेनीलगायत विभिन्न भाषामा सहयोग पाइनेछ। यो हेल्पलाइन सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र सञ्चालन हुने छ।

यसैगरी, भिसा, बसोबास वा रोजगारीसम्बन्धी सामान्य जानकारी र कानुनी सहयोग चाहिने भए 0570–011–000 मा सम्पर्क गर्न सकिन्छ। विदेश वा इन्टरनेट फोन प्रयोग गर्नेहरूले भने 03–5363–3013 मा फोन गर्नुपर्नेछ। यो सेवा पनि कार्यदिवस बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म उपलब्ध हुनेछ।

सरकारको भनाइमा, यी हेल्पलाइनमार्फत अब जापानमा बस्ने प्रवासीहरूले काम, बसोबास वा अधिकारसम्बन्धी समस्या परेमा सजिलै र निःशुल्क सहयोग प्राप्त गर्न सक्नेछन्।

जापानका दुई शहरमा नेपाली राजदुतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ
21/08/2025

जापानका दुई शहरमा नेपाली राजदुतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ

जापानका दुई शहरमा नेपाली राजदुतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ । जापानस्थित नेपाली राजदूतावासको आयोजना .....

अमेरिकी–जापानी व्यापार सम्झौतापछि जापानी सेयर बजारमा उछालअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ व्यापार सम...
20/08/2025

अमेरिकी–जापानी व्यापार सम्झौतापछि जापानी सेयर बजारमा उछाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ व्यापार सम्झौतापछि जापानी कम्पनीहरूको सेयर मूल्य तीव्र रूपमा बढेको छ।

विशेषगरी, टोयोटा र माज़्दा जस्ता गाडी निर्माता कम्पनीहरूलाई कर छुटको लाभ हुने अपेक्षा भएपछि बजारमा निवेशकको उत्साह बढेको देखिएको छ।

विश्लेषकहरूको भनाइमा, यो सम्झौताले जापानका अटोमोबाइल उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग गर्नेछ।

Address

Shinjuku-ku

169-0073

Alerts

Be the first to know and let us send you an email when Nepalsandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalsandesh:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share