
13/09/2022
मगर आदिकवि स्व सु रेख बहादुर सारुमगरको ७९ औं जन्म जयन्तीको केही कार्यक्रमहरु नभए पनि बिगतलाई हेरेर चित्त बुझाईयो जे होस वहाँ हामी माझ सधै अमर रहनु हुनेछ ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेश न ४ को आयोजना मा भाद्र २८ गते मगर आदिकवि स्व सु रेख बहादुर थापा सारुमगर को ७४ औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ । समारोह मा आदिकवि रेख बहादुर थापा सारु मगर स्मृती साहीत्या पुरस्कार मगर भाषाविद एबम साहीत्याकार लोक बहादुर थापा झुस्या मगर लाई प्रमुख अतिथी माननिय समसद एबम पुर्ब बिज्ञान तथा प्रबिधी मन्त्री शिवलाल थापा मगर ज्युले नगद रु ५००० र सम्मान पत्र र अध्यक्ष गिता थापा मगर ज्यु ले दोसल्ला ओदाएर सम्मान गरिएको थियो । प्रमुख अतिथी ज्यु ले भाषा बोल्ने को संख्या घट्दै गएको मा चिन्ता व्यक्त गर्नु भयो । कुनै पनि भाषा र सभ्यताको विकासका लागी साहित्यको लेखन हुनु पर्ने कुरामा जोड दिनु भयो । साथै मगर अादिकवि स्व सु रेख बहादुर थापा सारु मगरको स्मृति अक्षयकोषको लागी सक्दो अार्थिक सहयोग गर्ने बताउनु भयो । कार्यकममा मगर लेखक संघ केन्द्रिय सचिब रुद्र सन्देश मगर, मगर पत्रकार महासङ का उपमहासचिव रुद्र सिरिस मगर , जनजाती महासङ जिल्ला समन्वय परिषद तनहुँका सहसचिव मिना थापामगर , मगर सुधार समिती का अध्यक्ष पूर्ण बहादुर थापामगर , मगर गुठ समितीका सचिव मिना थापामगर र मिसेस तनहुँका बिजेता बिष्णु थापा मगर लगायत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य नेपाल मगर लेखक संघ तनहुँका अध्यक्ष राम बहादुर आले मगर र आदिकवि बारे संघका उपाध्यक्ष धिरेन्द्र थापा मगर ,सम्मानित ब्याक्तित्व लोक बहादुर थापा झुस्या मगर बारे सहसचिव रिमबाबु राना मगरले बताउनु भएको थियो । उक्त कार्यक्रममा बिबिध साहीतिक रचना बाचन समेत गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष गिता थापा मगर " बेलि " को अध्यक्षतामा सम्पन्न भएको हो ।