03/11/2025
👩🌾👨🌾🎆🌹 * जेनजी आन्दोलनका ४५ शहीद (नामावली) 👩🌾👨🌾🎆🌹 *
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।
राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका मागसहित गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीदको मान्यता दिइएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार गृह मन्त्रालयको नेतृत्वमा बनेको समिति र सुरक्षानिकायहरूबाट प्राप्त अध्ययन प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो ।
“गृह मन्त्रालय र सम्बन्धित निकायबाट प्राप्त अध्ययनअनुसार ४५ जनालाई शहीद घोषणा गरिएको छ,” मन्त्री खरेलले भने, “हाल थप अध्ययन भइरहेको छैन ।”
यसअघि नेपाली सेनाले आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये ४१ जनाको मृत्युको कारणबारे प्रश्न उठाएको थियो । सेनाको तथ्यांक अनुसार २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख थियो ।
👩🌾👨🌾🎆🌹 * सरकारद्वारा घोषणा गरिएका ४५ जना शहीदहरूको नामावली 👩🌾👨🌾🎆🌹 *
क्र.सं. नाम, थर ठेगाना
१ बुद्धिबहादुर तामाङ किर्तिपुर–२, काठमाडौं
२ सन्तोष बिश्वकर्मा बेलका–४, उदयपुर
३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१, बाँके
४ श्रीयम चौलागाई बेलबारी–११, मोरङ
५ ईस्वत बहादुर अधिकारी कामपा–११, काठमाडौं
६ आयुष थापा नेपालगञ्ज–१, बाँके
७ गौरव जोशी धनगढी–५, कैलाली
८ योग बहादुर श्रेष्ठ बारविसे–६, सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान–४, अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट–५, गोरखा
११ असहाव आलम ठकुराई विरगंज–१२, पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ–४, बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना–७, बझाङ
१४ रसिक खतिवडा खत्री पनौती–१०, काभ्रे
१५ बिनोद महर्जन ललितपुर–७, ललितपुर
१६ दिल नारायण तामाङ तिमाल–७, काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर–१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा–६, सुनसरी
१९ मोहन सरदार इटहरी–१४, सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास–२, धनकुटा
২১ ओझन बुढा स्वामिकार्तिक खापर–२, बाजुरा
२२ साजन राई धरान–२२, सुनसरी
२३ अनिश पराजुली पालुङटार–३, गोरखा
२४ सारकुमार राई चौदन्डीगढी–३, उदयपुर
२५ अर्जुन भट्ट गण्डकी–४, गोरखा
२६ धिरज श्रेष्ठ तादी–३, नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी–५, सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ–३, संखुवासभा
३० निखिता गौतम कालिका–८, चितवन
३१ अभिषेक चौलागाई शैलुङ–४, दोलखा
३२ बिजय चौधरी लहान–१५, सिरहा
३३ भिम राज धामी दुर्गाथली–१, बझाङ
३४ निरज पन्त दशरथ–६, बैतडी
३५ दीपक सिंह साउद शिवनाथ–२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी–१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा–११, झापा
३८ दिनेश राजवंशी अर्जुनधारा–४, झापा
३९ कमल भण्डारी हिलिहाङ–२, पाँचथर
४० दिपेश सुनुवार तिनपाटन–६, सिन्धुली
४१ महेश बुढाथोकी विगु–३, दोलखा
४२ लच्छुमान राई पञ्चकन्या–२, नुवाकोट
४३ मिलन राय दुधौली–८, सिन्धुली
४४ अमृत गुरुङ रुपा–५, कास्की
४५ उत्तम थापा लेकाम–३, दार्चुला