Amisha Basnet

  • Home
  • Amisha Basnet

Amisha Basnet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amisha Basnet, Media, .

24/02/2026

उदयपुरको बेलका नगरपालिका घर भएका एक पुरुषले अमेरिकाको भर्जिनियामा आफ्नै परिवारमाथि घातक आक्रमण गरेको घटनाले नेपाली समुदाय स्तब्ध बनेको छ। अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान उक्त घटना भएको हो।

५० वर्षीय छत्रबहादुर थापा (मिलन)ले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेको आरोप लागेको छ।

स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। Fairfax County Police Department का प्रमुख Kevin Davis ले घटनास्थलको अवस्था ‘कल्पनाभन्दा परको अत्यन्त भयावह र हृदयविदारक’ रहेको प्रतिक्रिया दिएका छन्।

घटनाका क्रममा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत घरबाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको चिच्याहट सुनेपछि ९११ मा सम्पर्क गरेका थिए। त्यसपछि भित्र पस्दा उनले श्रीमती र सासूलाई रगतले लतपत अवस्थामा भेटेका थिए। सोही क्रममा थापाले बस्नेतमाथि पनि आक्रमण गरेका थिए, जसबाट उनी गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार उनीहरू घटनास्थलमा पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा थिए। पटक–पटक हतियार छाड्न निर्देशन दिँदा अस्वीकार गरेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन्। अनुसन्धानका क्रममा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक अभिलेख वा प्रहरी उजुरी नदेखिएको अधिकारीहरूले बताएका छन्। छोरी ममता थापा दसैँपछि आफ्ना आमाबुबालाई अमेरिका घुमाउन लगेकी थिइन्।

यस घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। यसअघि जुन ५, २०२५ मा Manassas Park मा एक नेपाली परिवारका चार सदस्य मृत अवस्थामा फेला परेको घटनापछि समुदाय अझै स्तब्ध रहेकै बेला यो नयाँ घटना सार्वजनिक भएको हो। प्रारम्भिक अनुसन्धानमा उक्त घटना हत्या–आत्महत्या भएको आशंका गरिएको थियो।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Amisha Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amisha Basnet:

Shortcuts

  • Want your business to be the top-listed media company?

Share