09/01/2025
"रबि माथि गरिएको अन्याय" येस्ता घटनाक्रमको बिकास हुनुले पनि समाजमा क्रान्तिको अर्को पाना पल्टिँछ !!
यता बिराटनगर मा,
एमाले नेता ऋषिपत्नी सहकारी संचालक अन्जलाबिरूद्ध सहकारी ठगीमा पक्राउ पुर्जि जारी हुन्छ,
उनी फरार रहेको भनिन्छ,
पुलिस चुप चाप नपक्रिई बस्छ,
धेरै पछि फरारकै अवस्थामा सरकारी वकिलहबाट अन्जलाबिरुद्ध अदालतमा सहकारी ठगी गरेको अभियोजन पत्र दर्ता गरी मुद्दा दायर हुन्छ।
अनि अदालतबाट अन्जलालाई उपस्थित हुन म्याद जारी हुन्छ। यम्याद नसकिदा अन्जला फुत्त निस्केर अदालत पुगेछिन्।
अदालतमा अन्जलाका पक्षमा २० जना बरिष्ठ निजी वकिलहरू अन्जलालाई छुटाउन वहसका लागि उपस्थित भइसकेका हुन्छन्।
अन्जलाको पहिलो चोटी अदालतमा वयान हुन्छ,
थुनछेक बहस सुरूहुन्छ।
सरकारी ७ जना वकिलहरू र अन्जलाका २० जना वकिलहरू गरी २५/२६ जना वकिलले पक्ष विपक्षमा बहस गर्छन्।
बहस सकिएपछि अदालतबाट सोही दिन रू १० लाख धरौटीमा अन्जला तारेकमा रिहा हुन्छिन्।
एक दिन पनि थुनामा बस्न पर्दैन।
उता पोखरामा,
गत कार्तिक २ गते पक्राउ गरिएका सहकारी संचालक नै नरहेका रबिलाई सहकारी ठगी गरेको आरोपमा ६२ दिनसम्म अदालतको १४ चोटीको आदेशले प्रहरीले हिरासतमा राख्छ,
अनि सरकारी वकिलले रबिबिरूद्ध गत पुष ९ गते अदालतमा अभियोजनपत्र मुद्दा दर्ता गर्छ।
पुष ९ देखि आज पुष २३ सम्म वयान, थुनछेक भन्दै थप १४ दिन आजसम्म पनि हिरासत राखिन्छ।
अरू नेताहरू जस्तो रबि फरार हुदैनन्, बिरामी भनेर हिरासत छल्न अस्पताल पनि भर्ना हुन जॉदैनन्। तर पनि उनलाई ७४ दिनसम्म अझै हिरासतमा राखिन्छ।
एकातिर कानुनलाई धज्जी उडाउदै फरार हुनेको सहकारी संचालक ठगको काम १ दिनमै सकिन्छ, १ दिन पनि हिरासतमा बस्नै पर्दैन, पक्राउ गरिन्न।
अर्कोतिर कानुनको पालना गर्ने र सरकारलाई सहयोग गर्दै गिरफ्तारी दिने कुनै बहाना नगर्ने सहकारी संचालक नै नरहेको रबिलाई महिनौँ सम्म थुनामा राखिन्छ।
यसलाई सायद कानुनी राज्य भनिन्छ नेपालमा।
कानुनको आडमा गरिने अत्याचार सबैभन्दा खतरनाक अत्याचार हुन्छ।