Nepal Star News

  • Home
  • Nepal Star News

Nepal Star News Tracking the current affairs and updates around the country and world keep you more updated with the condition of the country, world and status.

पाँचचोटि बनाएर, भत्काएर बजेट बढाउँदै बढाउँदै खाएर दुई-तीन वर्षलाएर सडकमाथि - नाथे एउटा पुल हाल्दा चन्द्रमामा जान केबुलका...
21/06/2025

पाँचचोटि बनाएर, भत्काएर बजेट बढाउँदै बढाउँदै खाएर दुई-तीन वर्षलाएर सडकमाथि - नाथे एउटा पुल हाल्दा चन्द्रमामा जान केबुलकार हालेजत्तिकै हल्ला छ ।😂

07/06/2025
07/06/2025
04/06/2025

सूचना ! सूचना !! सूचना !!!

विदेशबाट आउने सबै नेपालीकालागि झिटिगुन्टासम्बन्धी अत्यन्त आवश्यक सूचना !

नेपाल सरकारको भन्सार विभागले विदेशबाट सामान ल्याउने (झिटिगुन्टा) नियमहरूमा केही नयाँ परिवर्तन गरेको छ। यी नियम सबै यात्रुहरूले अनिवार्य रूपमा पालन गर्नुपर्ने हुन्छ। नियमहरूमा निम्नानुसार परिमार्जन गरिएको जानकारी गराइन्छ !

१. मोबाइल फोन ल्याउने नियम:
६ महिना वा बढी वैदेशिक रोजगारी गरेर फर्किने व्यक्तिले एकवटा मात्र नयाँ मोबाइल फोन ल्याउन पाउनुहुन्छ।

अब पुरानो मोबाइल भनेर छुट छुट्याउने प्रक्रिया हटाइएको छ।
👉 अब एकवटा मात्रै, त्यो पनि नयाँ मोबाइल ल्याउन पाइन्छ।

२. रक्सी (मदिरा):
विदेशबाट फर्किने व्यक्तिले १ लिटरसम्मको रक्सी (मदिरा) भन्सार नतिरी ल्याउन सक्नुहुन्छ।

३. बेच्ने उद्देश्यले सामान ल्याउन पाइँदैन:
झिटिगुन्टामा ल्याइएको मोबाइल, रक्सी वा अन्य सामान बेच्न पाइँदैन।

यस्ता सामानमा ‘बेच्न पाइँदैन’ भनेर छाप लगाइनेछ।

यदि यस्तो सामान बिक्री गरेको पाइयो भने, भन्सारले सामान जफत गर्न सक्छ।

४. सामानको मूल्य गलत बताए जरिवाना लाग्छ:
अबदेखि तपाईंले सामानको मूल्य कम बताउनुभयो भने, भन्सारले सन्दर्भ मूल्य (यथार्थ मूल्य) हेरेर मूल्यांकन गर्छ।

उदाहरण: तपाईंले $५०० पर्ने सामानलाई $२०० भनेमा, भन्सारले त्यसलाई $५०० कै रूपमा मान्नेछ।

गलत मूल्य घोषणा गरेमा जरिवाना लाग्नेछ। पहिले जस्तो सजाय नहुने अवस्था अब छैन।

५. उपहारको रूपमा पठाउन मिल्ने सामानको सीमा:
विदेशबाट आफन्तलाई पठाइने सामान वा उपहारको अधिकतम मूल्य $५०० (अमेरिकी डलर) सम्म हुनुपर्नेछ।

यदि यो सीमा नाघ्यो भने, बढी भएको मूल्यमा जरिवाना लाग्नेछ।

६. लत्ता, जुत्ता, कसमेटिक जस्ता सामानको संख्या:
एउटै प्रकारका सामान ५ वटा वा ५ जोरसम्म मात्र पठाउन पाइन्छ।
👉 उदाहरण: स्पोर्ट्स जुत्ता ५ जोरभन्दा बढी भए व्यवसायिक मानिनेछ।

७. पुराना सामान अब पठाउन पाइँदैन:
अब पुराना लुगा वा अन्य सामानलाई उपहारको रूपमा पठाउन पाइँदैन।

किनभने पुरानो भनेर देखाएर भित्र नयाँ सामान ल्याउने दुरुपयोग बढेको थियो।

अबदेखि पुराना सामान ल्याउने हो भने, एयरपोर्टमै रोक्न सकिन्छ।

दैवी प्रकोप (जस्तै भूकम्प, बाढी) परेको बेलामा मात्र सरकारको अनुमति लिएर ल्याउन पाइनेछ।

⚠️ सावधानी:

नियम उल्लंघन गरिएमा सामान जफत गर्न सकिनेछ वा जरिवाना तिराउन सकिनेछ।

कृपया सामान ल्याउँदा वा पठाउँदा यी नियमहरू ध्यानपूर्वक पालना गर्नुहोस्।

Yesto xa Nepal ko dasha,
29/04/2025

Yesto xa Nepal ko dasha,

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepal Star News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Star News:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share