23/11/2025
प्रेस विज्ञप्ति
मिति : 23 नोभेम्बर 2025
स्थान : 03–मानेबोंग देन्ताम, ग्यालसिङ जिल्ला
SDF पार्टीद्वारा 03–मानेबोंग देन्ताम निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
आज 23 नोभेम्बर 2025 का दिन SDF पार्टीको 03–मानेबोंग देन्ताम क्षेत्रीय संगठनद्वारा एक महत्वपूर्ण समन्वय बैठक सम्पन्न गरिएको छ। उक्त बैठकको अध्यक्षता श्री टी. आर. खुलाल, सल्लाहकार, DWC ग्यालसिङ जिल्लाले गर्नुभयो।
बैठकको मुख्य उद्देश्य पार्टीका कार्यकर्ताहरूबीच प्रभावकारी समन्वय स्थापना गर्नु, आगामी योजनाहरू र रणनीतिहरूमा छलफल गर्नु, साथै SDF पार्टीको क्षेत्रीय संरचनालाई थप सुदृढ तथा विस्तार गर्ने थियो।
बैठकका वक्ताहरूले SDF पार्टी सधैँ सिक्किम र सिक्किमेली जनताको हित, अधिकार तथा समृद्धिका लागि प्रतिबद्ध रहेको कुरा जोडदार रूपमा व्यक्त गरे।
बैठकमा उपस्थित हुनेहरू :
श्री टी. आर. खुलाल, सल्लाहकार, DWC ग्यालसिङ
रण कुमार लिम्बू, संगठन, DWC ग्यालसिङ
मुना हाङमा लिम्बू, चेली इन्चार्ज, ग्यालसिङ जिल्ला
भीम माया राई, कार्यकारी सदस्य, DWC ग्यालसिङ
प्रविन पौड्याल, सचिव, प्रचार–प्रसार/सोसल मिडिया, ग्यालसिङ
बैठकको धन्यवाद ज्ञापन कञ्चन गुरुङले गर्नुभयो।
प्रविन पौड्याल
सचिव
प्रचार–प्रसार/सोसल मिडिया
ग्यालसिङ