
15/05/2025
बिदेशीलाई फरक तलब? 🙄🤔
आगामी जुन ३ मा हुन गइरहेको दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारले विदेशी नागरिकका लागि छुट्टै न्यूनतम तलब प्रणाली ल्याउने प्रस्ताव अघि सारेका छन्।
यो योजना अघि सार्ने लि जुन सक रिफर्म पार्टिबाट राष्ट्रपतिको चुनावमा उम्मेदवार बनेका हुन। उनले चुनाब जिति हाल्ने अवस्था नदेखिएपनि यसले एउटा बहस भने सुरु गराएको छ।
उनको प्रस्ताव अनुसार, विदेशी कामदारहरूलाई कम तलबमा काम गर्न सकिने व्यवस्था गरिनेछ, जसले घरायसि काम, कृषि, केयर गिभिङ आदि क्षेत्रमा जनशक्ति अभाव हटाउन सहयोग पुग्ने भनिएको छ।
यो प्रस्तावलाई लिएर विरोध पनि उठेको छ। आलोचकहरुका अनुसार उनको यो प्रस्तावले भेदभाव र श्रम अधिकारको उल्लंघन गर्न सक्छ।
यो प्रस्तावले अहिले दक्षिण कोरियामा श्रम बजारमा ठूलो बहस निम्त्याएको छ — के नागरिकता अनुसार तलबमा फरक गर्नु उचित हो त? भन्ने प्रश्न उठेको छ।