Rastriya Awaj Media

Rastriya Awaj Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Awaj Media, News & Media Website, Janakpurdham.
(1)

भदौ २४ को घटनापछि ठूलो क्षति ब्यहोरेको हयात होटेलले होटल भवन मर्मत लागि होटेल बन्द हुने भन्दै आफ्ना सबै १३३ जना श्रमिकला...
12/11/2025

भदौ २४ को घटनापछि ठूलो क्षति ब्यहोरेको हयात होटेलले होटल भवन मर्मत लागि होटेल बन्द हुने भन्दै आफ्ना सबै १३३ जना श्रमिकलाई जागिरबाट हटाएको छ।🥲😶

मधेस भवन अगाडि सात दलको विरोध प्रदर्शनमुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै नाराबाजी लाठीचार्जको पनि विरोधhttps://rastr...
12/11/2025

मधेस भवन अगाडि सात दलको विरोध प्रदर्शन
मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै नाराबाजी
लाठीचार्जको पनि विरोध
https://rastriyaawaj.com/post.php?post_id=781

देशका चर्चित हास्यकलाकार र समाजसेवी सीताराम कट्टेल ‘धर्मुस’ पाँच वर्षदेखि न्यायका लागि संघर्षरत छन्। प्रशासनिक र कानूनी ...
12/11/2025

देशका चर्चित हास्यकलाकार र समाजसेवी सीताराम कट्टेल ‘धर्मुस’ पाँच वर्षदेखि न्यायका लागि संघर्षरत छन्। प्रशासनिक र कानूनी प्रक्रियामा लामो समय बिताए पनि न्याय नपाएको भन्दै जनसमर्थन बढ्दै गएको छ। सामाजिक सञ्जालमा धर्मुसलाई ‘राष्ट्रको सम्पत्ति’ भन्दै सहानुभूति र समर्थन प्रकट भइरहेको छ। उनले कलामार्फत लाखौँ नेपालीलाई हँसाउँदै सामाजिक सेवामा योगदान दिएका छन्। नागरिक समाज र कलाकारहरूले धर्मुसलाई शीघ्र न्याय दिन सरकारसँग अपिल गरेका छन्।
फोटो _ एल नेपाल

मधेस भवन अगाडि सात दलको विरोध प्रदर्शन,मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै नाराबाजी, लाठी चार्जको पनि विरोध
12/11/2025

मधेस भवन अगाडि सात दलको विरोध प्रदर्शन,
मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै नाराबाजी, लाठी चार्जको पनि विरोध

राष्ट्रिय आवाज   जनकपुरधाम, कार्तिक २६ गते ,बुधबार   मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै स....

प्रेस विज्ञप्तिमिति : २०८२ कार्तिक २६जेन–जेड आन्दोलनपछि मधेश प्रदेश सरकारमा उत्पन्न राजनीतिक अस्थिरताको फाइदा उठाउँदै मध...
12/11/2025

प्रेस विज्ञप्ति
मिति : २०८२ कार्तिक २६
जेन–जेड आन्दोलनपछि मधेश प्रदेश सरकारमा उत्पन्न राजनीतिक अस्थिरताको फाइदा उठाउँदै मधेश प्रदेशका सभामुखज्यूको हतारो र तत्कालीन प्रदेश प्रमुखज्यूबाट उठाइएको असंवैधानिक कदमले प्रदेशको राजनीतिक अवस्था झनै अस्थिर बनेको छ । संवैधानिक प्रक्रियालाई उपेक्षा गरी तत्कालीन प्रदेश प्रमुखज्यूद्वारा कानुनी तथा राजनीतिक छलफल विना गरिएको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादरहित देखिँदैन । सर्वोच्च अदालतले समेत सो कदमलाई शंकाको दृष्टिले हेर्दै दीर्घकालीन कामकाजमा रोक लगाएर मुद्दालाई पूर्ण इजलासमा पठाइसकेको छ ।
यस्तो अस्थिरताको परिस्थितिमा प्रदर्शनरत मधेशी मोर्चा लगायतका दलका सांसद, नेता तथा कार्यकर्तामाथि राज्यपक्षबाट भएको दमनप्रति मधेश महासभा घोर भत्र्सना गर्दछ ।
संघीय लोकतान्त्रिक व्यवस्थामा सबै पक्षलाई आफ्ना राजनीतिक विचार राख्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सुनिश्चित गरिएको हुँदा, राज्यपक्षबाट भइरहेको दमन तत्काल रोक्न मधेश महासभा दृढ आग्रह गर्दछ । साथै, संवैधानिक प्रक्रिया र राजनीतिक संवादमार्फत प्रदेशलाई निकास दिन सम्बद्ध सबै पक्षलाई आह्वान गर्दछ ।
संघीयता, समावेशिता र पहिचानको धरोहरका रूपमा स्थापित हुँदै गरेको मधेश प्रदेशको छविमा आघात पु¥याउने कुनै पनि गतिविधि सकारात्मक होइन । संघीयतालाई संस्थागत गर्ने यात्रामा मधेश प्रदेशका राजनीतिक दलहरू र आमजनताको निरन्तर संघर्षप्रति मधेश महासभा पूर्ण समर्थन प्रकट गर्दछ ।
आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, मधेश प्रदेशको राजनीति संवैधानिक बाटो र संवादमार्फत स्थायित्व र समाधानतर्फ अग्रसर होस् भन्ने हाम्रो अपेक्षा छ ।

बीपी साह
संस्थापक
मधेश महासभा

12/11/2025

राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २६ गते, बुधबार

अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको भूमिकाबारे एकदिने कार्यशाला बुधबार जनकपुरधाममा सम्पन्न भएको छ।

‘अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका’ शीर्षकमा आयोजित सो कार्यशाला जनकपुरधाममा सम्पन्न भएको हो।😦🙂
[email protected]
#राष्ट्रियआवाज #प्रेस

12/11/2025

राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २६ गते, बुधबार

अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको भूमिकाबारे एकदिने कार्यशाला बुधबार जनकपुरधाममा सम्पन्न भएको छ।

‘अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका’ शीर्षकमा आयोजित सो कार्यशाला जनकपुरधाममा सम्पन्न भएको हो।
भिडियो _ मुकेश कुमार मंडल
[email protected]
#राष्ट्रियआवाज #प्रेस

काठमाडौं–सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू बुधबार काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासद्वारा आयोजित ग...
12/11/2025

काठमाडौं–सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू बुधबार काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासद्वारा आयोजित गणतन्त्र कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुनुभएको छ ।
उहाँले महामहिम राजदूत पार्क ताए योङ्गमार्फत् कोरियाली जनताको शान्ति, समृद्धि र जनकल्याणको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
२०८२ कात्तिक २६ गते बुधबार ।

12/11/2025

राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २६ गते, बुधबार

अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको भूमिकाबारे एकदिने कार्यशाला बुधबार जनकपुरधाममा सम्पन्न भएको छ।

‘अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका’ शीर्षकमा आयोजित सो कार्यशाला जनकपुरधाममा सम्पन्न भएको हो।
भिडियो _ मुकेश कुमार मंडल
[email protected]
#राष्ट्रियआवाज #प्रेस

अनौपचारिक श्रमिकको सामाजिक सुरक्षामा सञ्चारकर्मीको भूमिका विषयक कार्यशाला सम्पन्न
12/11/2025

अनौपचारिक श्रमिकको सामाजिक सुरक्षामा सञ्चारकर्मीको भूमिका विषयक कार्यशाला सम्पन्न

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २६ गते, बुधबार   अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षा...

काठमाडौं प्रचण्ड र माधवको एकता फलामलाई गोबरले टाँसेको जस्तै होः रामनारायण बिडारी😶🙂😦
12/11/2025

काठमाडौं
प्रचण्ड र माधवको एकता फलामलाई गोबरले टाँसेको जस्तै होः रामनारायण बिडारी
😶🙂😦

सुरक्षा र न्याय विषयक ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल’को मासिक बैठक सम्पन्नराष्ट्रिय आवाजजनकपुर धाम,कार्तिक २६ बुधबार ...
12/11/2025

सुरक्षा र न्याय विषयक ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल’को मासिक बैठक सम्पन्न

राष्ट्रिय आवाज
जनकपुर धाम,कार्तिक २६ बुधबार

सुरक्षा र न्याय कार्यक्रमअन्तर्गत ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल’को मासिक बैठक मिति २०८२ कार्तिक २६ गते (नोभेम्बर १२, २०२५) बुधबार सम्पन्न भएको छ।

बैठकमा समुदायस्तरमा बालिका शिक्षाको पहुँच अभिवृद्धि, समावेशी शिक्षा प्रवर्द्धन तथा सुरक्षासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको राष्ट्रिय आवाज लाई बताएका थियो।

कार्यक्रममा People Need संस्थाको संयोजनमा सहभागीहरूले विद्यालय र स्थानीय तहबीच सहकार्य मार्फत बालिका शिक्षाको सुनिश्चितता र न्यायसंगत अवसर विस्तार गर्न सुझाव दिएका थिए।
#शिक्षा
जनकपुरधाम उप-महानगरपालिका कार्यालय- Janakpurdham Sub Metropolitan City

Address

Janakpurdham
45600

Alerts

Be the first to know and let us send you an email when Rastriya Awaj Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Awaj Media:

Share