29/09/2025
अब Facebook बाट पनि पैसा कमाउन सकिन्छ, त्यो पनि नेपालबाट नै।
Content Monetization बारे;
- Content Monetization फेसबुकमा आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी जस्ता Eligible Contents हरुलाई Monetize गरेर कमाउन सकिने System हो।
- यसका लागी सर्जक Eligible Country मा हुन जरुरी छ, नेपाल अब Eligible Country भैसकेको छ।
- आफ्ना सिर्जना गर्ने, नयाँ Content Create गर्नेहरुलाई यो Tool ले एकदमै राम्रो Earning दिन्छ, पहिले यो वा यो जस्तै प्रकारका Monetization Tool विदेशी भुमि वा प्रविधि प्रयोग गरेर उतैको खातामा पैसा निकाल्न पर्ने तथा Tax तिर्न पर्थ्यो, अब नेपालकै खातामा प्राप्त गर्न सकिने तथा सरकारले प्राप्त गर्ने Tax मा उल्लेख्य वृद्धि हुनेछ।
- यो प्रयोग गर्न सबै भन्दा पहिले तपाइँको प्रोफाईल वा पेज Professional Mode मा Convert हुन पर्यो, Professional Mode चाहिँ आफ्नो प्रोफाईलको Setting मा गएर Turn On Professional Mode गर्नु पर्यो, तपाइँले आफु कस्तो खाले Creator हो, त्यहाँ सेट गर्नु पर्यो (जस्तो Singer, Actor, Digital Creator)।
- त्यसपछी Professional Mode को Monetization Option मा जानु पर्यो।
- तपाइँले पहिलेनै यो प्राप्त गरिसक्नु भयो भने Your Tools मा यो देखिन्छ, Not Yet Eligible मा छ भने Content Monetization Click गरेर I am Intrested थिचेर, तपाइँ आफु कस्तो Creator हो, तपाइँलाई किन यो चाहियो भन्ने लेख्नुभएपनि हुन्छ वा खाली छोडदापनि हुन्छ, I am Intrested गर्नुस।
- Intrest Submit भएपछी त्यो Tool तपाइँको मा देखिन समय लाग्छ, Facebook ले तपाइँलाई Accept गर्नु पर्ने हुन्छ, यो तपाइँको Profile Activity लगायतका कुरा हेरेर Facebook ले Automatic दिने कुरा हो।
- जब तपाइँले यो Tool प्राप्त गर्नुहुन्छ, त्यसपछी तपाइँका Photo, Video, Story, Reels जस्ता Content ले Earning गर्न थाल्छन।