Kharipati

Kharipati हाम्रो अनलाईन पत्रिका |

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी...
04/10/2025

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

04/10/2025

नेपाल सरकारले बाढी पहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि भोलि र पर्सि सार्वजनिक बिदा दिएको हुनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनुहुन साथै आ-आफ्नो स्थानमा सचेत रहेर बस्नुहुन अनुरोध गर्दछौं ।

04/10/2025

बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्

04/10/2025

राष्ट्रिय विपद जोखिम न्यूनीकरण गर्न सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ ।

28/09/2025

दल दर्ताका लागि हर्क साम्पाङले दिए आयोगमा निवेदन

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले दर्ता गर्न खोजेको दलको नाम “श्रम संस्कृति पार्टी” रहने उल्लेख गरिएको छ।

साम्पाङले आफूले नेतृत्व गर्ने पार्टीले श्रमिकको अधिकार, सांस्कृतिक पहिचानको संरक्षण, पारदर्शिता र सुशासनलाई मुख्य एजेण्डा बनाउने बताए। उनका अनुसार स्थानीय तहमा सुरु गरिएको अभियानलाई अब राष्ट्रिय राजनीति स्तरसम्म विस्तार गर्नुपर्ने भएकाले नयाँ दलको आवश्यकता परेको हो।

निर्वाचन आयोगले साम्पाङले पेस गरेको निवेदनबारे आवश्यक छानबिन र कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। कागजात र समर्थन हस्ताक्षर पूरा भएपछिमात्र “श्रम संस्कृति पार्टी” आधिकारिक रूपमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ।

आरजु राणाले युलेन्स स्कूल व्यवस्थापन समिति अध्यक्ष पदबाट राजीनामा दिइन्
27/09/2025

आरजु राणाले युलेन्स स्कूल व्यवस्थापन समिति अध्यक्ष पदबाट राजीनामा दिइन्

यतिबेला यो फोटो चर्चामा छ, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न अघी  समयमा सञ्चारमन्त्री जगदीश खरे...
26/09/2025

यतिबेला यो फोटो चर्चामा छ, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न अघी समयमा सञ्चारमन्त्री जगदीश खरेलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको काँधमा हात राखेर गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा गरेको देखिन्छ ।

धेरैले यसलाई सञ्चारमन्त्रीको अशोभनीय व्यबहार भन्दै टिप्पणी गरेका छन्।

Gen-z का अगुवा मिराज ढुङ्गाना भन्छन pre election गराउनु मात्र  Generation -Z को  माग होइन, उनीहरूको अपेक्षा direct elect...
26/09/2025

Gen-z का अगुवा मिराज ढुङ्गाना भन्छन pre election गराउनु मात्र Generation -Z को माग होइन, उनीहरूको अपेक्षा direct elected PM, सह्भागिता, पारदर्शिता र अवसरमा समान पहुँच पनि हो

प्रधानमन्त्री सुशीला कार्कीको घोषणा:-१८ वर्ष पूरा भएका Gen Z नागरिकहरूले मतदान गर्न पाउने गरि अध्यादेश ल्याइएको छ।- विदे...
25/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको घोषणा:
-१८ वर्ष पूरा भएका Gen Z नागरिकहरूले मतदान गर्न पाउने गरि अध्यादेश ल्याइएको छ।

- विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न सक्ने व्यवस्था गरिदैछ।

-छोटो समयमै विगतका भ्रष्टाचारबारे तथ्य पत्ता लाग्यो, छानबिन अघि बढ्छ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेल...
25/09/2025

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न-नगराउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको मन्त्रिपरिषद्को बैठक ।आज साझ ६ बजे प्रधानमन्त्री सु...
25/09/2025

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको मन्त्रिपरिषद्को बैठक ।

आज साझ ६ बजे प्रधानमन्त्री सुशिला कार्कीले रास्ट्रको नाममा सम्बोधन गर्ने समचार छ।

सरकारले केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ।जेनजी आन्दोलनलाई दमन गरेको आरोपमा अनुसन्...
25/09/2025

सरकारले केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ।

जेनजी आन्दोलनलाई दमन गरेको आरोपमा अनुसन्धान गर्न राहदानी रोक्का गर्न लागिएको हो।

Address

Chunikhel, Budhanilkantha

Alerts

Be the first to know and let us send you an email when Kharipati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kharipati:

  • Want your business to be the top-listed Media Company?

Share