13/03/2025
सहयोगका लागि हार्दिक अपिल
जीवन अमूल्य छ, तर कहिलेकाहीँ कठोर परिस्थितिले यसलाई जटिल बनाइदिन्छ। अहिले एन्जीला कुवर जीवन जिउने संघर्षमा छिन्। पर्वत जिल्ला, विहादी गाउँपालिका-३, रानीपानी निवासी श्री लाल बहादुर कुवर की छोरी एन्जीला कुवर गम्भीर रोग क्यान्सर बाट पीडित भई शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं मा उपचाररत छिन्।
विभिन्न अस्पतालहरूमा उपचार गराउँदा धेरै धनराशी खर्च भइसकेको छ। अन्ततः क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि आर्थिक अभावएक ठुलो चुनौती बनेको छ। यो कठिन घडीमा एन्जीलाको उपचारको लागि सहयोगको ठूलो आवश्यकता परेको छ।
अत: मानवता र दयाभाव राखी, जो जसले सक्नुहुन्छ, तल दिइएको बैंक खातामा सहयोग रकम जम्मा गरी एन्जीलाको जीवन बचाउनमा योगदान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सहयोग गर्न चाहनुहुन्छ भने:
बैंक खाता विवरण:
➡ खाता नाम: श्री लाल बहादुर कुवर
➡ बैंक: राष्ट्रिय वाणिज्य बैंक
➡ खाता नम्बर: 3250100000452010
तपाईंको सानो सहयोगले ठूलो आशा दिन सक्छ। सहयोगका लागि तपाईंको दयालु हातहरू अगाडि बढोस्।
"जसले जीवन बचाउँछ, उसले सम्पूर्ण मानवता बचाउँछ।"
सम्पर्क: 9847724137