30/06/2025
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोलमा पाँच र डिजेल/मट्टितेलमा ४ रुपैयाले मूल्य बढाएको छ ।
यस्तै हवाई इन्धनको आन्तरिक तर्फ ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाएको छ।
नयाँ मूल्यसँगै अव काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६५ र डिजेल/मट्टितेलको १४९ रुपैयाँ पुगेको छ।