सुपर मिडिया नेपाल

  • Home
  • सुपर मिडिया नेपाल

सुपर मिडिया नेपाल News & Entertainment & Vlogs

बाढीबाट सुरक्षित रहनुहोस्! 🌊⚠️बर्खायाम सुरु भइसकेको छ — सतर्क बनौं, सुरक्षित रहौं।✅ मोबाइलमा ब्यालेन्स र ब्याट्री राखौं✅...
04/08/2025

बाढीबाट सुरक्षित रहनुहोस्! 🌊⚠️
बर्खायाम सुरु भइसकेको छ — सतर्क बनौं, सुरक्षित रहौं।

✅ मोबाइलमा ब्यालेन्स र ब्याट्री राखौं
✅ टोल फ्री ११५५ वा रेडियोबाट जानकारी लिऔं
✅ लाइफ ज्याकेट, डोरी, प्राथमिक उपचार तयारीमा राखौं
✅ अन्न, नुन, तेल, साबुन, औषधि सुरक्षित ठाउँमा राखौं
✅ नागरिकता, लालपुर्जा, पैसा प्लास्टिकमा प्याक गरेर सुरक्षित राखौं
✅ नजिकको सुरक्षित स्थान पहिचान गरौं

📞 जानकारीका लागि: ११५५ (निःशुल्क)
विपद्‌बारे चासो राखौं, चनाखो बनौं।

#बाढीपूर्वतयारी #सतर्करहौं

03/08/2025

मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत चितवनको ऐनापहाड क्षेत्रमा आज एक यात्रुबाहक बस सडकबाट तल खसेको छ। प्रारम्भिक जानकारी अनुसार बस सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ।

घटनास्थलमा उद्धार कार्य जारी छ।
घाइते र मृत्यु संख्या सम्बन्धी विवरण आउन बाँकी रहेको छ।

🛑 थप विवरण आउँदैछ…

02/08/2025

🙏 शिवभक्तिमा शान्ति र मर्यादाको साथ संलग्न बनौं! 🙏

धार्मिक आस्था हाम्रो मौलिक अधिकार हो, तर त्यो अधिकार अरूको अधिकारको सीमा मिच्ने माध्यम बन्नुहुँदैन।
सडक, अस्पताल, विद्यालय र बस्तीहरूमा अत्याधिक साउन्ड सिस्टम, माइक र ढोलका कारण आम नागरिकलाई पर्न गएको असहजताको गम्भीर ध्यानाकर्षण गराउँदै,
शिवभक्ति शालीन, मर्यादित र अनुशासित होस् भन्ने हाम्रो साझा अपेक्षा हो।

📛 सार्वजनिक स्थानहरूमा उच्च आवाजमा बजाइने साउन्ड सिस्टमले:
• बिरामीलाई पीडा पुर्‍याउँछ,
• विद्यार्थीको अध्ययनमा बाधा पुर्‍याउँछ,
• बस्तीको शान्ति भङ्ग गर्छ,
• यातायात अवरुद्ध गराउँछ।

💔 यतिबेला बोलबम यात्रामा बागमती नदीमा जल भर्न गएका ५ भन्दा बढी भक्तजनको डुबेर ज्यान गएको खबरले हामीलाई गहिरो पीडा र चेतना दिलाएको छ।

✋ अब हामी सबैले मिलेर चेतना जागरुक गरौं:
• भक्ति होस, अन्धभक्ति होइन।
• सेवा होस्, दिखावा होइन।
• नियम र सुरक्षाको पालन होस्, लापरवाही होइन।

👮‍♂️ स्थानिय प्रशासन, सुरक्षा निकाय र सचेत नागरिकहरूको सक्रिय सहभागिता पनि आवश्यक छ,
ताकि धर्म र आस्थाको नाममा अरूलाई पीडा नहोस्।

शिवको आराधना केवल बोलबम भनेर होइन, अनुशासन, माया र समर्पणले गरौं।

19/07/2025

सर्लाही लालबन्दी स्थित थोक तरकारी बजारका व्यापारीहरूले अनिश्चितकालका लागि तरकारी नकिन्ने निर्णय गरेका छन्।नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको असुली कर हटाउने विषयमा बेवास्ता गरेपछि,लालबन्दी तरकारी फलफूल थोक बजार व्यवसायी संघले पत्रकार सम्मेलनमार्फत आक्रोश पोख्दै भोलि आइतवार (साउन ४) बाट आन्दोलनको घोषणा गरेका छन्। #

https://supermedianepal.com
16/07/2025

https://supermedianepal.com

बर्दिबास, असार ३२ — प्रेमनाथ पौडेल | सुपर मिडिया नेपाल

16/06/2025



बागमती–१ मिलनचोकमा बसले अटो रिक्सालाई ठक्कर दिँदा केही व्यक्ति घाइते

सर्लाही, बागमती , सर्लाहीको बागमती नगरपालिका–१ स्थित मिलनचोक नजिकै सोमबार बेलुका भएको सवारी दुर्घटनामा अटो रिक्सामा सवार केही व्यक्ति घाइते भएका छन्।

प्राप्त प्रारम्भिक जानकारी अनुसार, पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा आइरहेको यात्रुबाहक बसले अगाडि गइरहेको अटो रिक्सालाई ठक्कर दिँदा अटोमा सवार यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूको संख्या र स्वास्थ्य अवस्थाबारे अझै स्पष्ट विवरण आइसकेको छैन।

स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ ।

बिस्तृत बिबरण आउँन बाकि......

खुशीको खबर!फेसबुकमा “स्ट्याटस लेखेर बेपत्ता” भएका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन्! 🙏सम्पूर्ण खोजी, प्रार्थना र समर...
16/06/2025

खुशीको खबर!
फेसबुकमा “स्ट्याटस लेखेर बेपत्ता” भएका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन्! 🙏
सम्पूर्ण खोजी, प्रार्थना र समर्थनको जीत ,उहाँ सुरक्षित रूपमा फर्कनु नै सबैका लागि एक ठूलो राहत हो।

🙏 डा. केशव श्रेष्ठलाई समर्पित अपील 🙏राम्रो काम गरिरहँदा पनि निरन्तर दुःख र निराशा व्यहोर्नुपरेको पीडा अब असह्य बनेको हुन...
16/06/2025

🙏 डा. केशव श्रेष्ठलाई समर्पित अपील 🙏

राम्रो काम गरिरहँदा पनि निरन्तर दुःख र निराशा व्यहोर्नुपरेको पीडा अब असह्य बनेको हुन सक्छ। यतिखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन हुनु भएको छ, जसले हामी सबैलाई अत्यन्त चिन्तित बनाएको छ।

प्रहरी टोली र आफन्तहरू वहाँको खोजीमा लागि परेका छन्, हामी पनि निरन्तर सम्पर्कमा छौं , आशा र विश्वासले भरिएको यो घडीमा हामी एकअर्काको साथमा छौं।

डा. केशव, तपाईं जहाँ हुनुहुन्छ, कृपया परिवार र देशको माया सम्झनुहोस्।
तपाईंको उपस्थितिले हजारौँलाई प्रेरणा दिएको छ,
हामी तपाईंलाई यति सजिलै गुमाउन चाहँदैनौं।
तपाईं फर्केर आउनुहोस् , हामी सँगै यो अन्यायपूर्ण प्रवृत्तिको सामना गर्नेछौं।

राम्रो गरेरै जित्नुपर्छ , यही हाम्रो वाचा हो, यही हाम्रो कसम हो!

📰 केदारनाथ नजिक हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु📍 उत्तराखण्ड, भारत – भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ धा...
15/06/2025

📰 केदारनाथ नजिक हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

📍 उत्तराखण्ड, भारत – भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ धाम नजिकै आज बिहान भएको एक दर्दनाक हेलिकप्टर दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक बालिका पनि रहेको बताइएको छ।

दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन एभिएसन कम्पनीको रहेको पुष्टि भएको छ, जसले देहरादूनबाट केदारनाथका लागि उडान भरेको थियो। तर गौरीकुण्डको त्रिजुगीनारायण नजिकको जंगलमा हेलिकप्टर खराब मौसम र न्यून दृश्यताका कारण खसेको प्रारम्भिक रिपोर्ट आएको छ। हेलिकप्टर खसेपछि त्यसमा आगो लागेको र पूरै जलेर नष्ट भएको जनाइएको छ।

स्थानीय नेपाली मूलका महिलाहरूले सबैभन्दा पहिले हेलिकप्टर खसेको दृश्य देखेर रिपोर्ट गरेका थिए। यिनको जानकारीपछि उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

यसअघि पनि घटना: यही मार्गमा जुन ७ मा भएको अर्को हेलिकप्टरमा प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गराइएको थियो, तर सो घटनामा कोही घाइते वा मृत भएका थिएनन्।

Address


Website

Alerts

Be the first to know and let us send you an email when सुपर मिडिया नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुपर मिडिया नेपाल:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share