22/09/2025
नेपालमा अहिलेसम्म जे जति परिवर्तन भएका छन त्यसमा सुदूरपश्चिमेलि जनताको भूमिका महत्त्वपूर्ण छ। विशेष गरेर यही भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनमा पनि सुदूरपश्चिमेली जनताको भूमिका अहम छ । यस आन्दोलनमा सुदूरपश्चिमबाट नौ जना सहिद भएका छन। उनीहरूले आफ्नो घरपरिवार भन्दा पनि आफ्नो देशलाई उच्च स्थानमा राखी छातीमा गोली थापे उनीहरूको बलिदानको बलबुतामा नेपालमा अन्तरिम सरकार पनि गठन भयो। यो सरकारमा विभिन्न ठाउँका विभिन्न विज्ञ व्यक्तिहरू समेटेर मन्त्रिमण्डल गठन गरिरहँदा सुदूरपश्चिमलाई ओझलमा पारिएको छ। सुदूरपश्चिममा मन्त्री बन्न उपयुक्त व्यक्ति नभएर हो कि सुदूरपश्चिमलाई हेपेको वा फेरि पछाडि पार्न खोजिएको होत? हिजोका दिनहरूमा पनि सुदूरपश्चिमले पछाडि पारिँदै आएको छ। अहिले देशमा यत्रो परिवर्तन भइराख्दा र सुदूरपश्चिम अपुरणीय क्षति भइराख्दा कसैलाइ चासो किन नभएको होला?
# # # #नेपालसरकार
# #