100plusnews

100plusnews अन्यायमा परेकाहरुको बुलन्द आवाज सँगै मनोरन्जनको साथी...

16/11/2025

सबैले याे भिडियो सेयर गरेर साेलु खुम्बु सम्म पुराई दिनुहाेला ।
सबैले याे भिडियो धेरै सेयर गरिदिनु हाेला 🙏🙏🙏

साेलुखुम्बुका वडा नम्बर १ घर भएका २९ वर्षका सन्जय नाछिरिङ राई भारतकाे सिक्किम बाट हराउनु भएको छ।
कहिकतै देख्नु भएमा परिवारलाई सम्पर्क गरि दिनुहाेला ।
सम्पर्क नम्बर श्रीमती : +91917872622595

फाल्गुनन्द जयन्तीको अवसर पारेर मोरङको उर्लाबारी–३ मा आयोजित ‘विराट टिचिङ प्रथम मंगलबारे क्रस कन्ट्री रन–२०८२’ शनिबार बिह...
16/11/2025

फाल्गुनन्द जयन्तीको अवसर पारेर मोरङको उर्लाबारी–३ मा आयोजित ‘विराट टिचिङ प्रथम मंगलबारे क्रस कन्ट्री रन–२०८२’ शनिबार बिहान भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बिउँझिन नपाउँदैदेखि नै मंगलबारे बजार खेलकुदप्रेमी, धावक, दर्शक र अतिथिहरूको भीडले भरिएको थियो। प्रतियोगिता ठीक बिहान ७ बजे मंगलबारे चोकबाट औपचारिक रूपमा सुरु गरिएको थियो। क्रस कन्ट्री क्लब, उर्लाबारी–३ को आयोजनामा भएको यस ठूलो प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका गरी ३५० भन्दा बढी धावक सहभागी भएका थिए।

प्रतिस्पर्धीहरूले पार गर्नुपर्ने ११ किलोमिटर लामो दौडमार्ग निकै विविध र चुनौतीपूर्ण थियो। दौड मार्ग मंगलबारे चोकबाट सुरू भएर केरखाली चोक हुँदै सिरुझार स्कुल, सुनझोडा माध्यमिक विद्यालय, शान्ति आधारभूत विद्यालय, प्रस्तावित सालबारी रंगशाला, अनि महेन्द्र राजमार्गमार्गतर्फ उत्रिँदै अन्त्यमा पुनः मंगलबारे चोकमा आएर समाप्त हुने गरी निर्धारण गरिएको थियो। उकालो–ओरालो, बस्ती क्षेत्र, वनछेउ, विद्यालय परिसर र खुला सडक सबै समेटिएको यो मार्गले धावकहरूको सहनशक्ति, गति र मनोबलको वास्तविक परीक्षा लिएको थियो।

प्रतियोगितामा सहभागी धावकहरूका लागि टी–सर्ट, खाजा, जुसपानी तथा टाढाबाट आएका खेलाडीहरूको बसोबास र खानाको व्यवस्था गरिएको थियो। स्थानीयवासी, विद्यार्थी स्वयंसेवक, सुरक्षाकर्मी र खेलकुद संघ–संस्थाहरूको सक्रिय सहभागिताले समग्र कार्यक्रम अत्यन्त अनुशासनबद्ध र व्यवस्थित रूपमा सञ्चालन भएको थियो।

खुला पुरुषतर्फ संखुवासभाका तेन्जी शेर्पाले सुरुवातदेखि नै बलियो लय बनाएर प्रतियोगिताको उपाधि हात पारे। उनीसँगै ताप्लेजुङका रमेश तवाहाङ दोस्रो स्थानमा रहँदा पुकार लिम्बू तेस्रो भए। खुला महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरिन्। खोटाङकी दिर्पा बस्नेत दोस्रो र भोजपुरकी जुलिन राई तेस्रो स्थानमा रहिन्।

यू–१५ महिलातर्फ जुशी राई पहिलो बनिन् भने पुजा महतरा दोस्रो र रेश्मा दर्जी तेस्रो भइन्। भेट्रान पुरुष समूहमा विजय राई पहिलो, मङल तामाङ दोस्रो र राजकुमार बिष्ट तेस्रो भए। भेट्रान महिलातर्फ भारतको मिरिकबाट आएकी शान्ती राई गुरुङले पहिलो स्थान सुरक्षित गरिन्, जबकि धरानकी जमुना लिम्बू दोस्रो र मिरिककै अनुदा तामाङ तेस्रो स्थानमा रहिन्। सुपर भेट्रान समूहमा मिरिकका कृष्ण तामाङ

प्रथम संस्करणको विराट मेडिकल कलेज टिचिङ हस्पिटल मंगलबारे क्रस कन्ट्री रन २०८२ को पुर्वसन्ध्यामा शनिबार विहान देखिएका तस्...
15/11/2025

प्रथम संस्करणको विराट मेडिकल कलेज टिचिङ हस्पिटल मंगलबारे क्रस कन्ट्री रन २०८२ को पुर्वसन्ध्यामा शनिबार विहान देखिएका तस्विरहरु :

15/11/2025

के तपाई भेट्न चाहानु हुन्छ? guru jhari subhash gurung #

नोबेल मेडिकल कलेज र संचार क्लब उर्लाबारीबीच सम्झौता: पत्रकारका लागि उपचारमा ५० प्रतिशत छुटदिलीप पोखरेलकार्तिक २५/ उर्लाब...
12/11/2025

नोबेल मेडिकल कलेज र संचार क्लब उर्लाबारीबीच सम्झौता: पत्रकारका लागि उपचारमा ५० प्रतिशत छुट

दिलीप पोखरेल
कार्तिक २५/ उर्लाबारी
संञ्चार क्लव नेपाल उर्लाबारीमा आवद्ध सम्पूर्ण सञ्चारकर्मीहरूलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले उपचारमा विशेष छुट दिने भएको छ। अबदेखि क्लबमा आवद्ध पत्रकारहरूले मेडिकल कलेजमा उपचार गराउँदा ५० प्रतिशत छुट पाउने भएका छन्।

मंगलबार नोबेल मेडिकल कलेजका संचालक सुनील शर्मा र क्लवका अध्यक्ष कुमार खड्काबीच उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि अध्यक्ष खडकाले देशको चौथो अंगहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उक्त सम्झौताले क्लवमा आवद्ध पत्रकारहरूमा स्वास्थ्य सुरक्षाप्रति थप आत्मविश्वास जगाउने संञ्चार क्लव उर्लाबारीले जनाएको छ।

उर्लाबारीमा ‘उर्लाबारी फिटनेस सेन्टर’ सञ्चालनमालामो समय विदेशमा श्रम गर्दै आएका मदन राईले अब आफ्नै देशमा केही गर्ने लक्ष...
11/11/2025

उर्लाबारीमा ‘उर्लाबारी फिटनेस सेन्टर’ सञ्चालनमा

लामो समय विदेशमा श्रम गर्दै आएका मदन राईले अब आफ्नै देशमा केही गर्ने लक्ष्यसहित ‘उर्लाबारी फिटनेस सेन्टर’ सञ्चालनमा ल्याएका छन्। करिब ५० लाख रुपैयाँको लगानीमा उनले उर्लाबारी–५, पञ्चावटी अस्पताल अगाडिको पुन रुममा अत्याधुनिक सुविधासहितको जिम हल स्थापना गरेका हुन्।

महिला र पुरुष दुवैका लागि उपयुक्त, सस्तो र छरितो सेवाको व्यवस्था गरिएको उक्त फिटनेस सेन्टरमा नयाँ र आधुनिक मेसिनहरू जडान गरिएको छ।

विदेशमा लामो समय अनुभव सँगालेका राईले प्रतिस्पर्धाको यस युगमा युवाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन र देशमै रोजगार सिर्जना गर्न सकियोस् भन्ने उद्देश्यले यो जिम सञ्चालनमा ल्याएको बताए।

10/11/2025

उर्लाबारीमा युरो गेटवे कन्सल्टेन्सी शाखा ।
उर्लाबारी / मोरङ उर्लाबारी -६ मधुमल्ला रोडमा युरो गेटवे नामक कन्सल्टेन्सी को शाखा कार्यालयको उद्घाटन गरिएको छ ।
काठमाडौमा रहेर लामी समय देखि स्किल डेभलपमेन्ट र परामर्शको काम गर्दै आयोको कम्पनीले स्थानीय युवा ब्यवसायी हरुसंगको सहकार्यमा उर्लाबारी मा शाखा संचालन गरिएको उर्लाबारी शाखा प्रमुख बिकास राईले जानकारी दिनु भएको छ ।

उर्लाबारीमा युरो गेटवे कन्सल्टेन्सी शाखा ।उर्लाबारी / मोरङ उर्लाबारी -६ मधुमल्ला रोडमा  युरो गेटवे नामक कन्सल्टेन्सी को ...
10/11/2025

उर्लाबारीमा युरो गेटवे कन्सल्टेन्सी शाखा ।
उर्लाबारी / मोरङ उर्लाबारी -६ मधुमल्ला रोडमा युरो गेटवे नामक कन्सल्टेन्सी को शाखा कार्यालयको उद्घाटन गरिएको छ ।
काठमाडौमा रहेर लामी समय देखि स्किल डेभलपमेन्ट र परामर्शको काम गर्दै आयोको कम्पनीले स्थानीय युवा ब्यवसायी हरुसंगको सहकार्यमा उर्लाबारी मा शाखा संचालन गरिएको उर्लाबारी शाखा प्रमुख बिकास राईले जानकारी दिनु भएको छ ।

उर्लाबारी खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाकाे २३औ साधारणसभा   #
10/11/2025

उर्लाबारी खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाकाे २३औ साधारणसभा #

10/11/2025

उर्लाबारी खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाकाे २३औ साधारणसभा #

07/11/2025

Address

Abu Dhabi
00000

Alerts

Be the first to know and let us send you an email when 100plusnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 100plusnews:

Share

Category