10/07/2024
एउटा हिन्दी सिनेमा छ - 'माझी द माउन्टेन म्यान' ।
श्रीमतीलाई हस्पिटल लैजाँदा ढिलो भएर श्रीमतीको मृत्यु हुन्छ । गाउँबाट पहाड पारीको अस्पताल पुग्न त ४ माइलको दुरी हो तर बीचमा पहाड भएकोले घुमेर जाँदा त्यहाँ पुग्न ४० माइलको बाटो पार गर्नुपर्ने हुन्छ ।
श्रीमतीको मृत्यु भएपछि दशरथ माझीले अठोट गर्छ - त्यो बीचको पहाड फोरेर बाटो बनाउने ।अनि दिन रात नभनी पहाड खन्न थाल्छ ।
मान्छेहरु भन्छन् उ पागल हो, जीन्दगी बर्बाद गरिरहेछ । तर उ भन्छ - ''यो भित्रको घाउ हो'' ।
खडेरी लागेर गाउँलेहरु सबै बसाइँ सरेर जान्छन् तर उ एक्लै त्यही पहाडमा बसेर पहाड नै फोरिरहन्छ । अन्तत २२ वर्ष लगाएर उसले पहाडको बीचबाट बाटो बनाइ छाड्छ पनि ।
पहाड फोरिरहँदा उसलाई भेट्न आउने पत्रकारले एकपटक सोधेको हुन्छ - ''यत्रो पहाड फोड्छु भन्ने ताकत कहाँबाट ल्यायौ ?''
उ भन्छ - ''यो प्रेम हो, प्रेममा बहुत बल हुन्छ ।''
हो त्यही दशरथ माझीको जस्तै देश बनाउने अठोट छ एक जना ब्यक्ति रबि लामिछाने मा
मान्छेहरू भन्छन् यो देश कहिल्यै बन्दैन , उ भन्छ यो देश बन्छ एक दिन।
मान्छेहरु देशको दर्दनाक अवस्था देखेर आफु जोगिन बिदेश पलाएन भईरहेकाछन् , उ बिदेशबाट देश जोगाउनुपर्छ भनेर स्वदेश फर्कियो।
मान्छेहरु भन्छन् यो देशमा गरिखाने केही सम्भावना नै छैन, उ भन्छ यो देशमा नभएको सम्भावना एउटा पनि छैन। जता ततै सम्भावनै सम्भावना भएको यो देश जस्तो अन्त कहीं छैन।
भन्ने हरुले उसलाई नि पागल भने , लुटेरा भने, बिदेशी भने ,अनागरिक भने लगाउनु सम्म आरोप लगाए , दिनु सम्म गाली दिए , भ्याईसक्नू जति केस हाले , घर भित्रैबाट लखेटिए , साथीभाईले नै छलकपट गरेर धोका पाए , हिड्दा अपमान बस्दा अपमानित भए सामाजिक सञ्जालमा एउटा सानो भुसुनाले समेत आलोचना गर्छ , यति हुँदाहुँदै पनि उ भन्छ यो देश बनाएरै छोड्छु।
यो उनको देश प्रतिको माया हो प्रेम हो । प्रेममा बहुत बल हुन्छ भनेर देशका नदीनाला बेचेर खाने देशका कलकारखाना बेचेर खाने देशको भुभाग हडप्ने गिरी बन्धु पचाउने केपि र भ्रष्टाचारका खलनायक शेरबहादुर हरुलाई के था देश प्रतिको माया कस्तो हुन्छ भनेर
NOTE :-
Rabi Lamichhane ले यो देश अमेरिका, यूरोप, स्विजरलैंड भन्दा पनि विकशीत बनाओस तर यि झोलेहरूले रबिको विरोध गर्न चाँही छोड्दैन्न्। let’s see after 10 years. ❣️🙏💪