अनलाइनखबरहब डटकम गोकर्णेश्वर मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित पूर्ण समाचार पोर्टल हो । हाललाई राष्ट्रभाषा ‘नेपाली’ र विश्वव्यापी मानिएको अंग्रेजी भाषा दुबै र निकट भविष्यमै हिन्दी देवनागरीमा समेत हेर्न, पढ्न र सुन्न सकिने अनलाइन सञ्चार माध्यम हो, www.onlinekhabarhub.com। आम सञ्चार र पत्रकारिताको क्षेत्रमा हाम्रो अभ्यास पृथक हुनेछ । भाषामा हामीले झर्रोवादलाई अँगालेका छौँ भने हाम्रो मूल ध्येय सिट
िजन जर्नालिज्म अर्थात् नागरिक पत्रकारिता हो । पहिचान तथा संस्कार/संस्कृतिसहितको संघीय गणतन्त्र हाम्रो मुख्य दृष्टिकोण हो । अर्ध सामन्तवाद र अर्थ पुँजीवादको डेराबाट समाजवादको अविभारा पूरा गर्न सक्दैनौँ भन्नेमा हामी प्रष्ट छौँ । र, अतिवादको जहिल्यै विरुद्ध छौँ ।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्रताका पक्षमा सदैव अविचलित छौँ । राष्ट्रिय अखण्डता, राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी सँधै कटिवद्ध छौँ।
राष्ट्रिय राजनीति, सामाजिक र आर्थिक मुद्दा त छँदै छन् । ताजा र खोजमूलक समाचारका अतिरिक्त मरिसकेका विषय अर्थात् ‘डेड ईस्यु’ तथा अफविट्का समाचार हाम्रो मुख्य प्राथमिकता हुन् । डिजिटल अक्षर, तस्वीर तथा श्रव्यदृष्यका माध्यमबाट हामी वर्तमानलाई दुरुस्तै देखाउँछौ, सम्झाउँछौ । त्यति मात्रै नभई हामीले पाठक, दर्शक/स्रोतामाझ पस्किने विशेष सामग्री पछिल्लो पिडीका लागि दस्तावेज सिद्ध हुनेछन् ।