Routine of Baglung Banda

Routine of Baglung Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Baglung Banda, News & Media Website, Dubai.

यदि तपाईं संग तपाईंको गाउँ ठाउँको सुन्दर दृश्य छन् / गाउँमा घटेका घटना छन्/ व्यावसायिक बिज्ञापन र जुन्सुकै कार्यक्रम को प्रत्यक्ष प्रसारण को लागि हामिलाइ सम्झन सक्नुहुन्छ हामी सबैमाझ पुर्याउने कोसिस गर्नेछौँ ❣️
Mail :- [email protected]

सभापति रवि लामिछानेकोको अदालती प्रक्रिया पूरा, लामिछाने तत्काल पार्टी जिम्मेवारीमा फर्कने ।
19/12/2025

सभापति रवि लामिछानेकोको अदालती प्रक्रिया पूरा, लामिछाने तत्काल पार्टी जिम्मेवारीमा फर्कने ।

अनुहार त उही, नाम पनि उही…तर हाम्रो भविष्यका लागि के नयाँ छ ?
19/12/2025

अनुहार त उही, नाम पनि उही…
तर हाम्रो भविष्यका लागि के नयाँ छ ?

रवि लामिछाने छुट्ने भएपछि नख्खु कारागार बाहिरको अवस्था 😮
18/12/2025

रवि लामिछाने छुट्ने भएपछि नख्खु कारागार बाहिरको अवस्था 😮

Breaking: रवि लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश!
18/12/2025

Breaking: रवि लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश!

गत २०८१ पौषमा बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट  प्रदेश स्तरिय  अस्पतालमा रुपान्तरण भइ प्रदेश सरकार माताहतमा गए पश्चात विभि...
18/12/2025

गत २०८१ पौषमा बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट प्रदेश स्तरिय अस्पतालमा रुपान्तरण भइ प्रदेश सरकार माताहतमा गए पश्चात विभिन्न कानुनी प्रक्रिया तथा स्तरोन्नतीको संक्रमण कालिन समयमा औषधिको खरिदमा प्राविधिक कठिनाइहरु भइ नियमित औषधिको आपूर्तिमा समस्या भएको व्यहोरा यहाँहरुलाइ अवगत नै छ ।
यसै सन्दर्भमा यस आ.ब. २०८२/८३ को अस्पतालको आन्तरिक स्रोत तर्फको बजेटबाट विद्युतीय ठेक्का प्रणााली (E-Bidding System) बाट औषधि तथा औषधिजन्य सामाग्रीको खरिद संगै आपूर्तिकर्ताहरुले पनि औषधि नियमित पठाउन सुरु गरेकाले यसै महिना (२०८२ पौष) को सुरु देखि नै यस अस्पतालबाट औषधिहरुको सहज उपलब्धता हुन सुरु भएको व्यहोरा सरोकारवाला सम्पूर्णमा जानकारी गराइन्छ ।

मिति २०८२ पौष महिनाको १ गतेदेखि बुर्तिबाङ अस्पतालमा भर्ना भएका विरामीहरु (Hospitalized Patients) हरुलाई  निशुल्क खाना खु...
18/12/2025

मिति २०८२ पौष महिनाको १ गतेदेखि बुर्तिबाङ अस्पतालमा भर्ना भएका विरामीहरु (Hospitalized Patients) हरुलाई निशुल्क खाना खुवाउन सुरु गरिएको छ |

18/12/2025

एमाले महाधिवेशन मतगणना अहिले सम्म

KP Oli - 156
Ishwar Pokharel - 67

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र सुरुराष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ ख...
16/12/2025

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र सुरु
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ ।
कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डको १० किमि सडक कालोपत्रका लागि थापिएको सम्झौता मिति सकिनै लाग्दा काम सुरु भएको छ ।
अहिले बलेवा विमानस्थलबाट मालढुङ्गातर्फ र मालढुङ्गाको चेकपोष्टदेखि काठेखोलाको पुलतर्फ कालोपत्र गर्न थालिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमले जानकारी दिए ।
उनले मङ्सिरसम्म कालोपत्रको काम गरिने र बाँकी सडक जाडो सकिएपछि फागुनबाट थालिने गरी मालढुङ्गाबाट कालोपत्रको काम शुरु गरिएको बताए ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड तीन वर्षमा कालोपत्रको चरणमा पुगेपनि समस्याग्रस्त क्षेत्रका रुपमा दब्ल्याङ र कालाखोलामा पहिरो पन्छाउनै बाँकी छ । आयोजनाको अहिलेसम्मको कुल प्रगति ७० प्रतिशत पुगेको छ ।
दुई वर्षमा सक्नेगरी खण्ड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो ।
थपेको म्याद समेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदै छ । मङ्सिर मसान्तमा बलेवाको दम्कादेखि विमानस्थलसम्म र मालढुङ्गादेखि दब्ल्याङसम्मको सडक कालोपत्र भइसकने छ भने बाँकी खण्डमा पूर्वाधार सकेर फागुनबाट सबै सडक कालोपत्र गरिने छ ।
इन्जिनियर गौतमका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि भने एक पटक म्याद थप गरेपछि कालोपत्रको काम थालिएको हो ।
‘मङ्सिर मसान्तसम्म तापक्रम पुग्छ, कालोपत्र हुन्छ, त्यसपछिका दुई महिनमा अन्य पूर्वाधार सकिन्छ, चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ, मङ्सिरसम्म कार्य प्रगति हेरेर मात्रै म्याद थप हुन्छ, अब एकपटक छ महिनालाई म्याद थपे सम्पन्न हुने देखिएको छ’ इन्जिनियर गौतमले भने, ‘कालोपत्रको काम सुरु भएकाले म्याद थप गरेर सम्पन्न गछौं ।’
गौतमका अनुसार अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । पूर्वाधारको काम अन्तिम चरणमा पुर्‍याएर कालोपत्रको काम थालेको निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए ।

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतको फैसला कार्यान्वयन गर्दै उनलाई ...
16/12/2025

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतको फैसला कार्यान्वयन गर्दै उनलाई पक्राउ गरी जिल्ला कारागार चलान गरेको छ।
Source: DPO , Baglung

14/12/2025

ओली गुन्डुमा, वानेश्वरमा पोखरेलको पकड

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Baglung Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Baglung Banda:

Share