30/03/2026
नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को पाँचौं संस्करणका लागि चलचित्र दर्ता गर्ने समय अब केवल पाँच दिन मात्र बाँकी रहेको छ। आयोजकका अनुसार यसपटक पनि उल्लेख्य सहभागिता देखिँदै गएको छ, जसले महोत्सवप्रति चलचित्रकर्मीहरूको बढ्दो आकर्षणलाई संकेत गर्छ।
ग्रामीण परिवेश, कथा र संस्कृतिलाई प्राथमिकतामा राख्दै आयोजना गरिँदै आएको यो महोत्सव नेपाली चलचित्र क्षेत्रमा फरक पहिचान बनाउँदै आएको छ। आयोजकले समयमै आफ्ना चलचित्र दर्ता गराउन सबै चलचित्रकर्मीलाई जानकारी गराएका छन्।