Gs Online Tv

Gs Online Tv युवा पुस्ताको नेतृत्व आजको आबस्यकता

म जीवनी लेख्न हिँडेको होइन, इतिहास नै लेख्न हिँडेको हुँ; रास्वपा सभापति रवि लामिछाने।
10/05/2026

म जीवनी लेख्न हिँडेको होइन, इतिहास नै लेख्न हिँडेको हुँ; रास्वपा सभापति रवि लामिछाने।

बालेन सरकारको कडा कदम देशव्यापी अनुगमन गर्दै।। सरकारद्वारा देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ घोषणा: ठगी नियन्त्रणमा उच्च स...
10/05/2026

बालेन सरकारको कडा कदम देशव्यापी अनुगमन गर्दै।। सरकारद्वारा देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ घोषणा: ठगी नियन्त्रणमा उच्च सतर्कता
बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी रोक्न सरकारले भोलि (सोमबार) देखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा सुरु हुने यो विशेष अभियान जेठ ३ गतेसम्म चल्नेछ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार, यो अभियानले बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न ‘कोसेढुङ्गा’ को काम गर्नेछ। सरकारले ७५३ वटै स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारलाई सक्रिय हुन निर्देशन दिइसकेको छ। अभियानअन्तर्गत हरेक पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्नेछ र स्थानीय तहले त्यसको नियमित अनुगमन गर्नेछन्।
नियम उल्लंघन गर्ने र उपभोक्ता ठग्नेमाथि कडा कानुनी कारबाही गरिनेछ। बजारमा मूल्यको एकरूपता कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्नु यस अभियानको मुख्य लक्ष्य रहेको छ। ***n ***nshahnews

हर्क साम्पाङले सुदन किराँतीलाई प्रदेश १ को मुख्य मन्त्रीको प्रस्तावसहित जनताको राय माग्नुभएको छ।
10/05/2026

हर्क साम्पाङले सुदन किराँतीलाई प्रदेश १ को मुख्य मन्त्रीको प्रस्तावसहित जनताको राय माग्नुभएको छ।

उपसभामुख रुबि कुमारी ठाकुरले आफ्नो सामाजिक सञ्जालमा राखिएको ChatGPT सम्बन्धी स्क्रिनसट पछि हटाएकी छिन्। उक्त सामग्रीमा प...
10/05/2026

उपसभामुख रुबि कुमारी ठाकुरले आफ्नो सामाजिक सञ्जालमा राखिएको ChatGPT सम्बन्धी स्क्रिनसट पछि हटाएकी छिन्। उक्त सामग्रीमा प्रधानन्यायाधीश पदका लागि उपयुक्त व्यक्ति को हुन सक्ने भन्ने विषयमा एआईबाट प्राप्त भनिएको विवरण समावेश गरिएको थियो।

सोही पोस्टमा विभिन्न न्यायाधीशहरू कुन राजनीतिक दलसँग नजिक मानिन्छन् भन्ने प्रकारको विश्लेषण पनि उल्लेख गरिएको देखिएको थियो। सार्वजनिक भएपछि उक्त सामग्रीले सामाजिक सञ्जालमा बहस उत्पन्न गरेको थियो।

उक्त पोस्टमा प्रयोग गरिएको जानकारीको स्रोतका रूपमा Reddit उल्लेख गरिएको थियो। Reddit यस्तो सामाजिक सञ्जाल हो जहाँ प्रयोगकर्ताले स्वतन्त्र रूपमा सामग्री प्रकाशित गर्न सक्ने भएकाले त्यहाँको जानकारीलाई औपचारिक तथा आधिकारिक प्रमाणका रूपमा लिन सकिँदैन भन्ने टिप्पणी पनि गरिएको छ।

विवादपछि उपसभामुख ठाकुरले उक्त पोस्ट हटाएको जनाइएको छ।

न्यायाधीश सपना प्रधान मल्ल विवादमा, भाषणमा ‘राजनीतिक भाषा’ प्रयोग गरेको आरोपसर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल ...
10/05/2026

न्यायाधीश सपना प्रधान मल्ल विवादमा, भाषणमा ‘राजनीतिक भाषा’ प्रयोग गरेको आरोप

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्। न्यायाधीश तथा वकिलहरूको उपस्थितिमा सम्बोधन गर्ने क्रममा उनले “दुईतिहाइको सरकार निरंकुश बन्न सक्छ” भन्ने आशयको शब्द प्रयोग गरेपछि उनको अभिव्यक्तिमाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेको हो।

कानुनी क्षेत्रका केही व्यक्तिहरूले न्यायाधीशजस्तो संवैधानिक पदमा बसेको व्यक्तिले राजनीतिक संकेत दिने खालका शब्द प्रयोग गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्। उनीहरूले न्यायपालिकाको निष्पक्षता र मर्यादा जोगाउन सार्वजनिक अभिव्यक्तिमा विशेष सावधानी आवश्यक पर्ने बताएका छन्।

यता केहीले भने सपना प्रधान मल्लले लोकतन्त्र र संवैधानिक सन्तुलनको विषय उठाएको भन्दै त्यसलाई राजनीतिक रूपमा मात्र व्याख्या गर्न नहुने तर्क गरेका छन्।

उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। कतिपयले यसलाई न्यायपालिकाको गरिमासँग जोडेर आलोचना गरेका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रताको रूपमा समर्थन गरेका छन्।
***n ***nshahnews

बालेन शाहकी श्रीमतीलाई आमा भन भन्दै दिएको अभिव्यक्तिका कारण पूर्व प्रधानमन्त्री सुशिला कार्की विवादमा तानिएकी छन  सोही व...
10/05/2026

बालेन शाहकी श्रीमतीलाई आमा भन भन्दै दिएको अभिव्यक्तिका कारण पूर्व प्रधानमन्त्री सुशिला कार्की विवादमा तानिएकी छन सोही विवादको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सुशिला कार्की आमा नभई हजुरआमा भएको भन्दै व्यङ्ग्य गरेकी छन्।

बालेन लक्षित सुशीला कार्कीको आक्रोश किन ? बालेन्द्र शाह बालेनले सुशिला कार्कीको पहिलो रोजाइमा रहेका सपना प्रधान मल्ललाई ...
10/05/2026

बालेन लक्षित सुशीला कार्कीको आक्रोश किन ? बालेन्द्र शाह बालेनले सुशिला कार्कीको पहिलो रोजाइमा रहेका सपना प्रधान मल्ललाई न्यायाधीशमा सिफारिस नगरी चौथो वरियतामा रहेका डाक्टर मनोजकुमार शर्मालाई सिफारिस गर्दा पूर्व प्रधानमन्त्री सुशीला कार्की निकै आक्रोशित बनेकी छन उनको आक्रोशको सीमा यसरी नागेको छ कि बालेन रविलाई न्यायालयको बारेमा केही थाहा नपाएको अभिव्यक्ति समेत दिएकी छन्। हिजो एक पत्रकारले सुशीला आमा भनेर सम्बोधन गर्दा आक्रोशित हुँदै सुशिला कार्कीले बालेन शाहको श्रीमतीलाई आमा भनेर बोलाउन आग्रह गरेकी छन्। ***n ***nshahnews

सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नूपूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला क...
09/05/2026

सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाउँदा उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’ पत्रकार साहले साहले ‘मैले भनेको’ भन्दा कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यो ।

लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै माइक उनीतर्फ सोझ्याउँछन् ।

उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गर्छिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब ।’

साहले फेरि ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिंड्छिन् ।

मारवाडीको हातबाट बालेनले खोसे पशुपति गौशालाको जग्गा
09/05/2026

मारवाडीको हातबाट बालेनले खोसे पशुपति गौशालाको जग्गा

बालेन शाह लाई ३० बर्ष शासन गर्न दिनु पर्छ? नेपाल लाई सिङापुर भन्दा राम्रो बनाउन सक्छन।❤️चर्चित विश्लेषक प्राध्यापक डा. ज...
09/05/2026

बालेन शाह लाई ३० बर्ष शासन गर्न दिनु पर्छ? नेपाल लाई सिङापुर भन्दा राम्रो बनाउन सक्छन।❤️

चर्चित विश्लेषक प्राध्यापक डा. जयराज आर्चायले प्रधानमन्त्री बालेन शाहले ३० बर्ष शासन गर्न पाए नेपाललाई सिंगापुरभन्दा राम्रो बनाउन सक्ने टिप्पणी गरेका छन् ।
आर्चायले प्रधानमन्त्री शाहलाई सिंगापुरको पहिलो प्रधानमन्त्री ली कुआन युसंग तुलना गर्दै शाहको युवा जोश र जागँरले सही लय समात्न लागेको टिप्पणी गरेका हुन् ।
एक अन्तवार्तामा आर्चायले भनेका छन् ।
सिंगापुरको पहिलो प्रधानमन्त्री ली कुआन यु पनि ३६ बर्षका थिए । बालेन पनि ३६ बर्षकै छन् । ली कुआन युको सिंगापुर भन्दा नेपालसंग स्रोत साधन र सम्पदाहरु बढी छन् । तसर्थ बालेनले ३० बर्ष नेपालमा शासन गर्न पाए भने नेपाललाई सिंगापुरभन्दा राम्रो बनाउने छन् ।

09/05/2026

प्रधानमन्त्री बालेनले लगाएको जारा कम्पनीको कपडा किन्नेको न्युरोडमा भिड

Address

Dubai
00000

Website

Alerts

Be the first to know and let us send you an email when Gs Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gs Online Tv:

Share