Äåñvïヅ

Äåñvïヅ ..💞~ʜᴜꜱᴛʟᴇ,🌠ʜᴇᴀʀᴛ,💝ʜᴀᴘᴘɪɴᴇꜱꜱ~😊...

13/03/2026

मान्छे भित्रको Dark शून्यता!😳🖤

゚viralシfypシ゚viralシalシ

‎ 🙏🥰"कृतज्ञताको एक थुँगा: सुशीला हजुरआमाको नाममा"👵🤍आदरणीय प्रधानमन्त्री हजुरआमा,‎आज इतिहासले आफ्नो पाना पल्टाउँदै गर्दा,...
05/03/2026

‎ 🙏🥰"कृतज्ञताको एक थुँगा: सुशीला हजुरआमाको नाममा"👵🤍
आदरणीय प्रधानमन्त्री हजुरआमा,
‎आज इतिहासले आफ्नो पाना पल्टाउँदै गर्दा, मेरो हातमा कलम र मनमा एउटा शान्त शीतलको लहर बगिरहे छ। केही महिनाअघि जब तपाईंले यो 'काँडे मुकुट' पहिरिनुभयो, तब मलाई लागेको थियो— के यो भत्किन लागेको घरलाई एउटी हजुरआमाको थाकेको शरीर एवम् कोमल हातले थाम्न सक्लिन्? तर आज मतदानको यो उज्यालो दिनमा उभिएर गर्वले भन्दैछु, "हजुरआमा!, तपाईंले मात्र एक पीडित, आशक्त एवम् जर्जर घर थाम्नुभएन, बल्कि,यसको जगमा विश्वासको नयाँ इँटा थप्नुभयो।" 🇳🇵✨ हामी हेर्दै छौ, दादु!
‎हिजो सडकमा आक्रोश थियो, तर आज हातमा मताधिकारको मतपत्र। हिजो आँखामा त्रास थियो, आज भविष्यको आशा छ। यो परिवर्तन कुनै जादु थिएन, यो त तपाईंले कयौँ रात जाग्राम बसेर बुनेको शान्तिको एउटा स्विटर थियो, जसले आज सिंगो देशलाई न्यानो दिइरहेको छ। 🧶❤️
‎तपाईंका ती मौन सङ्घर्षहरूका लागि धन्यवाद:
जब चारैतिरबाट ढुङ्गाहरू वर्षिरहेका थिए, तपाईंले तिनलाई बटुलेर एउटा सुरक्षित पर्खाल बनाउनुभयो। 🧱
‎ राजनीतिले प्रतिशोध सिकाउँछ भन्थे, तर तपाईंले क्षमा र धैर्यताले पनि देश चलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिनुभयो। 🙏 यति मात्र हैन,
एउटी हजुरआमाले छोराछोरी बिरामी हुँदा जसरी सिरानीमा बसेर रात कटाउँछिन्, तपाईंले यो बिरामी देशको त्यसरी नै सुश्रूषा गर्नुभयो। 🌡️ त्यसको लागि तपाईलाई धन्यबाद् दिन शब्द नै छैन् मसँग दादू! अन्ततः
‎आज तपाईं यो कुर्सीबाट बिदा हुँदै गर्दा, तपाईंको काँध हल्का भएको होला, तर हाम्रो भरोसाको भारी अझ बढेको छ। नयाँ आउने नेतृत्वलाई एउटै विनती छ— यो घर बनाउन सुशीला हजुरआमाले आफ्ना कति सपना र निद्राहरू आहुति दिनुभएको छ, कृपया ती बलिदानीका रेखाहरूलाई नमेटिदिनुहोला। यो 'घाइते घर' भर्खरै तंग्रिन थालेको छ, यसलाई फेरि नदुखाउनुहोला। 🕊️
‎हजुरआमा, अब तपाईं आराम गर्नुहोला। तपाईंले देखाएको बाटोमा हिँड्ने हिम्मत अब हामी जुटाउनेछौँ। अनि सधैं हामिलाई एक प्रधानमन्त्री मात्र हैन एक सुनौलो घरको प्रिय संतान जस्तो"एउटी हजुरआमा! जसले राजनीति होइन, न्याय र माया, गरिन्। देशको सेवा गरिन् ती दृढ, साहसिक, योधा,र एक नारी भयर पनि लठ्ठी सम्हाल्ने उमेरमा सम्पुर्ण देशकाे जिम्मेवारीमा सम्हाल्नु भाकमा फेरी फेरी अपार धन्यवाद! साथ हजुरको सुस्वास्थ्य, दीर्घायुको कामनका साथ अपार कृतज्ञता शुशिला दादू!👵 ईश्वरले सधैं तपाईँ, हामी, देशमाथि आशिर्वाद बनाई राखुन्!🙏🥰💖
‎, •तपाईंकी छोरी दुर्गा नेपाली🙏🇳🇵
#धन्यवाद #देशकाेमाता #जयनेपाल🇳🇵🇳🇵🇳🇵

❤️🤗"कहिलेकाहीँ हाम्रो जीवनमा सानो साथी वा त्यो चीज जसलाई हामी सामान्य ठान्छौं, त्यसैमा हाम्रो सबैभन्दा ठूलो शान्ति, शुकु...
26/02/2026

❤️🤗"कहिलेकाहीँ हाम्रो जीवनमा सानो साथी वा त्यो चीज जसलाई हामी सामान्य ठान्छौं, त्यसैमा हाम्रो सबैभन्दा ठूलो शान्ति, शुकुन एवम् खुशी पाउन सक्छौं । जरूरी छैन्,सधैं एक मान्छेले नै मान्छेको दुःख सूख बुझ्न सक्छ त्यो त हामी जेलाई आफनो मित्र मानी माया गर्न सक्छौँ, त्यो नै हाम्रो जीवनको सबभन्दा प्रिय बन् सक्छ।
र यहीँ कुरा हामीलाई 🧸💛 एक बेजुबान् 'Punch'ले सिकायो — जब उसको जीवनमा उसको आमा उपस्थित थिएनन्, उसले एउटा सानो खिलौनालाई आफ्नो साथी बनाएर पीडा र एक्लोपनसँग लड्यो। जीवन देखि हार मानी सकेका एक monkey आज यति खुश छन् एक निर्जीवसंग.. त हामी किन हार मान्छौ? हामी किन कसै एकको गएपछि जीवन जीवनै छोडिदिन्छौ? हामी पनि जीवनमा अघि बढौ, साथी बनाऊ र जीउँ! त्यो साथी जो पनि,जे पनि हुन सक्छ! किनकी थाहा छ नी..
कहिलेकाहीँ जिन्दगीले कठोर पाठ दिन्छ, तर सानो सान्त्वना,भरोसा र प्रेमले मुटु भर्ने शक्ति पनि दिन्छ।✨❤️
"Sometimes life teaches us harsh lessons, but even a small comfort, trust, and love can give the strength to fill the heart.✨❤️" So..
don't Be Worry!🤗🌸
And give up!✨🤗❤️
🐵✨
•के तपाईंहरु पनि कहिल्यै यस्तो अनुभव गर्नू भाको छ?जहाँ सानो चीजले पनि ठूलो अर्थ राख्थ्यो? 🤔🤍"

Address

Dubai
Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Äåñvïヅ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share