Goma Sunar Magar

Goma Sunar Magar Journalist

झापा–५ Updateबालेन शाहले  - १० हजार १ सय ९०केेपी ओली - ४ हजार ८७ मत
06/03/2026

झापा–५ Update
बालेन शाहले - १० हजार १ सय ९०
केेपी ओली - ४ हजार ८७ मत

06/03/2026

Jhapa-5: Update

B***n Shah 🔔: 10,190
KP Oli ☀️: 4,087

झापा-५ मा बालेन शाह दोब्बर बढी मतले अगाडिबालेन शाह - १ हजार ४ सय ७८केपी ओली - ३ सय ८४ श्रम संस्कृति पार्टीका समीर तामाङ ...
06/03/2026

झापा-५ मा बालेन शाह दोब्बर बढी मतले अगाडि

बालेन शाह - १ हजार ४ सय ७८
केपी ओली - ३ सय ८४
श्रम संस्कृति पार्टीका समीर तामाङ - १ सय ३९
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ - ५९
कांग्रेसकी मन्धरा चिमरिया - ४२

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । कास्की १ रास्वपाका खड्...
06/03/2026

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

कास्की १
रास्वपाका खड्कराज पौडेल - १ हजार ३ सय ५४ मत
काँग्रेसका तिलक रानाभाट - ५ सय ९५ मत
एमालेका बैनबहादुर अधिकारी - ५ सय २९ मत छ ।

क्षेत्र नम्बर २
रास्वपाका उत्तम पौडेल - २ हजार ४ सय १७ मत
एमालेका रश्मि आचार्य - १ हजार २ सय १४

काँग्रेसका माधव प्रसाद बाँस्तोला - ७ सय १७ मत
क्षेत्र नम्बर ३
रास्वपाकी बिना गुरुङ - १ हजार ३ सय २३ मत
काँग्रेसका मनोज गुरुङ - ५ सय ६१
एमालेका दामोदर बैरानी - ३ सय ३९ मत

बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र प...
06/03/2026

बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन शाह उम्मेदवार बनेको क्षेत्र झापा ५ मा १ लाख ...
05/03/2026

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन शाह उम्मेदवार बनेको क्षेत्र झापा ५ मा १ लाख ६ हजार मत खसेको छ । झापा निर्वाचन कार्यालयका अनुसार झापा ५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता थिए । जसमा खसेको मत ६५.११ प्रतिशत हाराहारी हो ।

अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको बताइएको छ। राति ९ बजेसम्ममा सबै मतपेटिकाहरू संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने कार्य सुरु हुनेछ।

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार कर्णाली प्रदेशमा ५२.९ प्रतिशत मत खसेको छ । ‎कर्णालीमा १० लाख ३७ हजार २५०...
05/03/2026

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार कर्णाली प्रदेशमा ५२.९ प्रतिशत मत खसेको छ । ‎कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या छ, जसमा ५ लाख ५४ हजार ३४१ मत खसेको उनले बताए।‎

प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौंको क्षेत्र नं १ को मतगणना सहकारी विभागम...
05/03/2026

प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौंको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।

त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा गणना हुँदैछ ।

क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौं, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको जनाएको छ । आयोगले सवै क्षेत्रका मतपेटिका संकलन ...
05/03/2026

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको जनाएको छ । आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको छ ।

निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बि...
05/03/2026

निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ। हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका आजै संकलन गरिने भएको छ।

प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । अबको करिब...
05/03/2026

प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जनाइएको छ ।

देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भ...
05/03/2026

देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ ।

Address

Kathmandu
Kapan

Telephone

+9779860818910

Website

Alerts

Be the first to know and let us send you an email when Goma Sunar Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Goma Sunar Magar:

Share