NRN News

NRN News NRN News – Trusted News for Global Nepalis! 🌍 NRN News – Trusted News For Global Nepalis!

Connecting Non-Resident Nepalis (NRNs) worldwide with trusted news, community updates, inspiring stories, and more.
📢 From Australia to America, the Middle East to Europe — we bring the diaspora together. Connecting Non-Resident Nepalis (NRNs) worldwide with trusted news, community updates, inspiring stories, and more.
📢 From Australia to America, the Middle East to Europe — we bring the diaspora

together.
📰 Stay informed. Stay connected.
👉 Follow us and be part of the Global Nepali movement!

अस्ट्रेलियामा पहिलो पटक एआई प्रविधिबाट सञ्चालित रोबोटिक बोट! अस्ट्रेलियामा प्रवासी नेपाली दीपक लामा घिसिङ र उनको टिमले ए...
01/11/2025

अस्ट्रेलियामा पहिलो पटक एआई प्रविधिबाट सञ्चालित रोबोटिक बोट!

अस्ट्रेलियामा प्रवासी नेपाली दीपक लामा घिसिङ र उनको टिमले एआई (Artificial Intelligence) प्रविधिबाट सञ्चालित रोबोटिक बोटहरू सार्वजनिक गर्दै नयाँ युगको सुरुवात गरेका छन्। यी बोटहरू अस्ट्रेलियामा पहिलोपटक प्रस्तुत गरिएका AI-driven robotic boats हुन्, जसको विकास तथा सञ्चालन Aqua Axix नामक कम्पनीमार्फत गरिएको छ।

यी बोटहरू Smart, Safe र Sustainable हुने दाबी गरिएको छ — जसले पानीमा सुरक्षा, दक्षता र वातावरणमैत्री भविष्यको सुनिश्चितता दिनेछ। प्रविधि र नवप्रवर्तनमा नेपाली समुदायको यो ऐतिहासिक योगदानले सम्पूर्ण प्रवासी नेपालीहरूलाई गर्व महसुस गराएको छ।

एडिलेडमा भोलि भव्य देउसी–भैलो कार्यक्रम हुनेएडिलेड, अष्ट्रेलिया — एडिलेड नेपाली समाज अष्ट्रेलियाले यस वर्षको देउसी–भैलो ...
19/10/2025

एडिलेडमा भोलि भव्य देउसी–भैलो कार्यक्रम हुने

एडिलेड, अष्ट्रेलिया — एडिलेड नेपाली समाज अष्ट्रेलियाले यस वर्षको देउसी–भैलो कार्यक्रम यही अक्टोबर २१ का दिन भव्य रूपमा आयोजना गर्ने भएको छ।
समाज र एडिलेड नेपाली विद्यालयको संयुक्त आयोजनामा हुने यो सांस्कृतिक कार्यक्रम Oaklands Wetland Reserve, Oaklands Park मा बेलुकी ५:३० बजेबाट सुरु हुनेछ।

समाजको कार्यसमिति (२०२४–२०२६) तर्फबाट शुभ दीपावलीको अवसरमा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै, परदेशमा नेपाली संस्कृतिको पहिचान र एकताको सन्देश फैलाउने उद्देश्यका साथ कार्यक्रममा सहभागिता जनाउन आमन्त्रण गरिएको छ।

कार्यक्रम संयोजक गणेश पराजुलीका अनुसार, “देउसी–भैलो हाम्रो पहिचान हो — यो केवल रमाइलोको अवसर होइन, विदेशमा नेपाली संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो।”
उनीहरूले सम्पूर्ण परिवार, साथीहरू, र समुदायका सदस्यहरूलाई नेपाली पोशाकमा उपस्थित भई देउसी–भैलोको उत्सवमा सहभागी हुन अनुरोध गरेका छन्।

एडिलेडमा बढ्दै गएको ‘नेटवर्किङ व्यवसाय’को प्रलोभन: नयाँ विद्यार्थीहरू सतर्क रहनुहोस्!हाल एडिलेडमा अध्ययनका लागि आएका नया...
06/10/2025

एडिलेडमा बढ्दै गएको ‘नेटवर्किङ व्यवसाय’को प्रलोभन: नयाँ विद्यार्थीहरू सतर्क रहनुहोस्!

हाल एडिलेडमा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरूबीच ‘नेटवर्किङ व्यवसाय’ (networking business) वा तथाकथित ‘independent business’ योजनाबाट प्रभावित हुने घटनाहरू तीव्र रूपमा बढिरहेका छन्।
Adelaide Nepal र Adelaide Ma Nepali जस्ता सामाजिक समूहहरूमा पछिल्लो समय यस विषयमा गुनासो र सचेतना सन्देशहरू लगातार देखिन थालेका छन्।

एक नयाँ विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भनेका छन्:

“म सबै नयाँ आगन्तुकहरूलाई सचेत गराउन चाहन्छु। कृपया अत्यधिक सहयोगी र सधैं सकारात्मक देखिने केही व्यक्तिहरूबाट सावधान रहनुहोस्। धेरैजसो यस्ता मानिसहरू नेटवर्किङ वा तथाकथित ‘स्वतन्त्र व्यवसाय’मा संलग्न हुन्छन्।”

उनका अनुसार,
“सुरुमा उनीहरू काम खोज्न सहयोग गर्ने नाटक गर्छन्, अनि ट्रेक, पिकनिक वा हाइकमा बोलाएर नजिक सम्बन्ध बनाउन खोज्छन्। पछि उनीहरूले ‘व्यवसाय अवसर’को कुरा निकाल्छन् र महँगो सामान खरिद वा सदस्यता लिन दबाब दिन थाल्छन्। उनीहरूले आर्थिक स्वतन्त्रता, चाँडो रिटायरमेन्ट, र spare time मा पैसा कमाउने कुरा गरेर आकर्षित गर्छन् — जुन उनीहरूको भर्ती रणनीति हो।”

यसरी नयाँ विद्यार्थीहरूलाई विश्वास दिलाएर आर्थिक रूपमा फसाउने र भ्रममा पार्ने यस्तो प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ।
सामाजिक सञ्जालमा धेरैले यस्ता योजनाबाट जोगिन र अरूलाई सचेत गराउन आह्वान गरेका छन्।

एडिलेडमा विगत लामो समयदेखि स्थायी रूपमा बसोबास गर्दै आएका नेपाली समुदायका सामाजिक अभियन्ता तथा पेशाले Registered Nurse गोविन्द रानाका अनुसार —

“यहाँ मेहनत नगरी धेरै पैसा कमाउन सकिँदैन, there is no easy money, त्यसैले यस्ता प्रलोभनमा नपर्न सबैमा आग्रह गर्दछु।”

यसै विषयमा NRNA South Australia Youth Coordinator संगम पाण्डेले पनि नयाँ विद्यार्थीहरूलाई चेतावनी दिँदै भनेका छन् —

“कृपया यस्ता भ्रामक ‘नेटवर्किङ व्यवसाय’ वा सजिलो कमाइका प्रस्तावमा विश्वास नगर्नुहोस्। यदि कसैले यस्ता कुरा गर्छ भने मलाई वा हाम्रो टोलीलाई तुरुन्त जानकारी दिनुहोस्।”

उनले थपे —
“NRNA SA छिट्टै नयाँ विद्यार्थीहरूका लागि केही उपयोगी र सकारात्मक गतिविधिहरू ल्याउने तयारीमा छ, जसले नयाँ आगन्तुकहरूलाई समुदायमा सहज रूपमा घुलमिल हुन सहयोग पुर्‍याउनेछ।”

सबैलाई पुनः अनुरोध गर्दछौ, साँचो मेहनत र इमानदारीले मात्रै सफलता सम्भव हुन्छ। यस्ता प्रलोभन र मीठा बोलीमा नफसी, सचेत र जागरुक रहौं।

नेपालका सन्देश राई बने ICN SA 2025 का Overall Champion — एकैपटक पाँच उपाधि! नेपालका प्रतिभाशाली युवा सन्देश राईले अस्ट्र...
05/10/2025

नेपालका सन्देश राई बने ICN SA 2025 का Overall Champion — एकैपटक पाँच उपाधि!

नेपालका प्रतिभाशाली युवा सन्देश राईले अस्ट्रेलियामा सम्पन्न ICN SA 2025 (I Compete Natural South Australia) प्रतियोगितामा कुल ५ उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

फिटनेस र बडीबिल्डिङको प्रतिष्ठित मञ्चमा सन्देशले आफ्नो अदम्य परिश्रम, अनुशासन र समर्पणको बलमा पाँचवटा शीर्षक आफ्नो नाममा लेखेका छन्।

उनीले जितेका उपाधिहरू यस प्रकार छन्:
🏆 Men’s Physique Open Class 1 – 1st Position
🏆 Men’s Physique 1st Timer – 1st Position
🏆 Men’s Physique Novice – 1st Position
🥈 Men’s Classic Physique – 2nd Position
🏆 Men’s Physique Overall Champion SA 2025 (साउथ अस्ट्रेलियाको सर्वोत्कृष्ट विजेता)

यो सफलता सन्देश राईको मात्र नभई सम्पूर्ण नेपाली समुदायको गौरव हो। उनका अनुसार यो यात्रा सजिलो थिएन — कठोर मेहनत, अनुशासित जीवनशैली र निरन्तर लक्ष्यप्रतिको दृढताले उनलाई यो मुकाममा पुर्‍याएको हो।

सन्देशले भावनात्मक शब्दमा भने —

“यो जित मेरो मात्र होइन, नेपालका हरेक युवाको हो जसले आफ्नो सपना पछ्याउँदै परदेशमा पनि देशको नाम उज्यालो बनाइरहेका छन्।”

उनको सफलताको पछाडि निरन्तर साथ र प्रेरणा दिने व्यक्ति हुन् उनकी जीवनसंगीनी निशा श्रेष्ठ (Nisha Shrestha)। सन्देशले धन्यवाद व्यक्त गर्दै भने,

“निशाको सहयोग र हौसला बिना यो सम्भव हुने थिएन। उनले हरेक कठिनाइमा मलाई प्रेरणा दिइन्, विश्वास दिलाइन् र सधैं सपनामा साथ दिइन्।”

सन्देश र निशाको यो जोडी आज अस्ट्रेलियामा मात्र होइन, विश्वभरका नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। NRN News परिवारले सन्देश राई र निशा श्रेष्ठलाई हार्दिक बधाई र आगामी यात्रामा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्दछ।

विजयादशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस पर्वले सबै...
01/10/2025

विजयादशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि र आनन्द ल्याओस् भन्ने मंगलकामना गर्दछौं।🎉

30/09/2025

दशैंको आगमनसँगै अष्टमीको दिन एडिलेडस्थित नेपाली ग्रोसरी All In One मा विशेष चहलपहल देखियो। नेपाली समुदायका मानिसहरू दशैंका तयारीका सामान किनमेलमा व्यस्त देखिन्थे। परदेशमै भए पनि संस्कृतिको रौनक झल्काउने यो चहलपहलले नेपालीपनलाई झन् जीवित बनाइदिएको छ।



All In one Nepalese and south Asian grocery

परदेशमा रहेर पनि देशप्रति समर्पित युवा पुस्कर कोइरालाको गजल— "व्यवस्था होइन, अवस्था बदलौं"
27/09/2025

परदेशमा रहेर पनि देशप्रति समर्पित युवा पुस्कर कोइरालाको गजल— "व्यवस्था होइन, अवस्था बदलौं"

27/09/2025

ब्रह्मकुमारीज राजयोग केन्द्र – एडिलेड शाखाद्वारा आयोजित दशैं–तिहार महोत्सव २०२५, वुडभिल टाउन हलमा भुपाली समूहले साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्दै।

27/09/2025

ब्रह्मकुमारीज राजयोग केन्द्र – एडिलेड शाखाद्वारा आयोजित दशैं–तिहार महोत्सव २०२५, Nepal Samskriti का विद्यार्थीहरूले वुडभिल टाउन हलमा आफ्नो नृत्य प्रस्तुति प्रस्तुत गर्दै। नृत्य निर्देशन : राजश्री श्रेष्ठ, नृत्य शिक्षिका/कोरियोग्राफर, Nepal Samskriti

विदेशमै बसेर नेपालीले मतदान गर्ने सम्भावनाबारे छलफल: प्रधानमन्त्री कार्कीप्रधानमन्त्री सुशीला कार्कीले विदेशमा कार्यरत न...
25/09/2025

विदेशमै बसेर नेपालीले मतदान गर्ने सम्भावनाबारे छलफल: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा कार्यरत नेपाली नागरिकलाई लक्षित गर्दै उनीहरूलाई पनि विदेशबाटै मतदान गर्ने सुविधा दिन सकिने सम्भावनाबारे हाल छलफल भइरहेको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले यस्तो उल्लेख गरेकी हुन् ।

प्रधानमन्त्री कार्की र एनआरएनए अध्यक्ष डा. बद्री केसीबीच भेट, पुनर्निर्माण र नागरिकता विषयमा छलफलगैरआवासीय नेपाली संघ (ए...
21/09/2025

प्रधानमन्त्री कार्की र एनआरएनए अध्यक्ष डा. बद्री केसीबीच भेट, पुनर्निर्माण र नागरिकता विषयमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भेटमा अध्यक्ष डा. बद्री केसीले “एक पटकको नेपाली, सदैव नेपाली” भन्दै वंशज नागरिकता निरन्तरता र विदेशबाटै मतदानको व्यवस्था गर्न आग्रह गरे।

प्रधानमन्त्री सुशिला कार्कीले मागलाई सकारात्मक रुपमा लिँदै, विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइने आश्वासन दिइन्।

भेटमा एनआरएनए महिला उपाध्यक्ष रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत पनि उपस्थित थिए।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको उत्तम साइतबारे विवरण सार्वजनिक गरेको छ। यसअघि नै नेपाल प...
20/09/2025

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको उत्तम साइतबारे विवरण सार्वजनिक गरेको छ। यसअघि नै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम समय रहेको जानकारी गराइसकेको थियो। यसै क्रममा, शनिबार अन्तर्राष्ट्रिय समितिले विभिन्न देशहरूका लागि उपयुक्त साइतसमेत सार्वजनिक गरेको हो। प्रकाशित विवरणअनुसार भारतमा बिहान ११ः४९, अमेरिकाको न्युयोर्कमा ११ः२५, फ्र्यांकफर्ट (केन्टुकी) मा ११ः५७, टेक्सासमा ११ः३३, क्यालिफोर्नियामा ११ः११, क्यानडाको टोरेन्टोमा ११ः११ र अष्ट्रेलियाको सिड्निमा ११ः४३ बजे टीका लगाउन उत्तम साइत रहनेछ।

Address

Adelaide, SA

Alerts

Be the first to know and let us send you an email when NRN News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NRN News:

Share