GenZ Nepal

GenZ Nepal Real thoughts. Pure vibes. Peace, kindness, and unity -that’s how we roll.❤️

कृपया Page लाई Like/Follow गर्नुहोला धन्यबाद 🙏

श्री गणेशाय नमः ❤️🕉️🙏🙏🙏
12/12/2025

श्री गणेशाय नमः ❤️🕉️🙏🙏🙏

  ❤️ TU स्टेडियम बाहिर क्रिकेटका एक Fan पारस खड्कालाई धन्यवाद दिन र भेट्ने आशामा आखाभरि आशु लिएर पर्खिरहेका थिए र पारससँ...
12/12/2025

❤️ TU स्टेडियम बाहिर क्रिकेटका एक Fan पारस खड्कालाई धन्यवाद दिन र भेट्ने आशामा आखाभरि आशु लिएर पर्खिरहेका थिए र पारससँग भेटेर फोटो पनि खिच्ने मौका पाए र उनको इच्छा पूरा भयो Khan Babudin

तपाइ कस्को support मा? Sudurpaschim Royals & Lumbini Lions are ready for the Grand Finals of NPL Season 2🏏🏆
12/12/2025

तपाइ कस्को support मा?
Sudurpaschim Royals & Lumbini Lions are ready for the Grand Finals of NPL Season 2🏏🏆

जाने हैन त अमेरिका ? Golden Visa माअब मात्र १४ करोड नेपाली रुपैया (१० लाख डलर) तिरेर अमेरिकाको भिसा किन्न सकिने ! अमेरिक...
12/12/2025

जाने हैन त अमेरिका ? Golden Visa मा
अब मात्र १४ करोड नेपाली रुपैया (१० लाख डलर) तिरेर अमेरिकाको भिसा किन्न सकिने !
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्र्म्पका अनुसार यसलाई गोल्डेन भिसा नाम दिइएको छ ।

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थ...
12/12/2025

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना 'क्याटरिङ्'बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

घरमा सटर थिएन । आधा घर भाड़ामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा 'मोर्गेज' अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !

अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !

छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार पुऱ्यायो होला । कतिको सामान बोकेर घरसम्म पुऱ्याइदियो होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।

त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।

मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि,
धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको 'स्पेस' होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई-तीन बेडरूमको घर भयो । मैले छोड़ेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र ! ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन 'एक्स्ट्रा' काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन ! घरभरि तीन पुस्ताको आबाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाड़ी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।

हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट 'म' हुनु रहेछ । राम्रो म !

के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र ?
❤️

Sad news: भाद्र २३ र २४ गतेको GenZ आन्दोलनमा कुल २,४२९ जना घाइते भएका थिए भने तीमध्ये २९ वर्षमुनिका १,४४६ जना (लगभग ६०%)...
12/12/2025

Sad news: भाद्र २३ र २४ गतेको GenZ आन्दोलनमा कुल २,४२९ जना घाइते भएका थिए भने तीमध्ये २९ वर्षमुनिका १,४४६ जना (लगभग ६०%) रहेको सरकारी प्रतिवेदनले देखाएको छ। #समाचार

P.S. तीमध्ये १७ जना १३ वर्षभन्दा मुनिका बालबालिका थिए 💔💔

ॐ नम शिवाय 🕉️❤️
12/12/2025

ॐ नम शिवाय 🕉️❤️

जय पाथिभरा माता🙏❤️ तपाईको दिन शुभ रहोस !
11/12/2025

जय पाथिभरा माता🙏❤️
तपाईको दिन शुभ रहोस !

एकजना मूर्तिकारले कठोर हथौडाले बारम्बार प्रहार गर्दै एक ढुंगालाई मुर्ति बनाउँदै थियो।हजारौं चोट, पीडा र समय सहेर त्यो ढु...
11/12/2025

एकजना मूर्तिकारले कठोर हथौडाले बारम्बार प्रहार गर्दै एक ढुंगालाई मुर्ति बनाउँदै थियो।
हजारौं चोट, पीडा र समय सहेर त्यो ढुंगा एक दिन सुन्दर मुर्ति बन्यो।
अनि त्यो मुर्ति मन्दिरमा राखियो।
दिनहुँ भक्तजनहरू आए,
फूल चढाए, ढोग गरे, पूजा गरे।

त्यही मन्दिरको छेउमा अर्काे ढुंगा थिओ —
उही पहाडबाट ल्याइएको, तर जसलाई कोही हेर्दैनथ्यो।
न त फूल चढिन्थ्यो,
बरु त्यसमाथि जुत्ताहरू राख्थे, पानी बग्थ्यो।

एकदिन त्यो ढुंगाले सोध्योः
“हामी एउटै ठाउँबाट आएका थियौं, तर तिमीलाई मान्छेहरूले पूजा गर्छन्, मलाई त हेला गर्छन्। किन?”

मूर्ति शान्त मुस्कानसाथ बोल्योः
“किनभने तिमी चोट सहन सकेनौ, म भने हरेक चोट चुपचाप सहँदै गए र यही सहनशीलताले मलाई पूजनीय बनायो।”



✨ नैतिक शिक्षा:

सहने क्षमता नै सशक्तता हो।
जीवनमा चोट आउँछ, दुख पर्छ, संघर्ष हुन्छ —
तर जसले त्यो पीडालाई स्वीकार्छ, रूप दिन्छ,
त्यो नै एकदिन पूजनीय बन्छ। सफल हुन्छ।❤️🙏

ल हेर त, यस्ता पनि मन्त्री हुन्छन्?न सुरक्षाकर्मी छन् । न कार्यकर्ताको तामझाम छ । १५/२० मिनेट ढिलो सवारी भएर जहाज चढिसके...
24/09/2025

ल हेर त, यस्ता पनि मन्त्री हुन्छन्?

न सुरक्षाकर्मी छन् । न कार्यकर्ताको तामझाम छ । १५/२० मिनेट ढिलो सवारी भएर जहाज चढिसकेका यात्रुलाई नै पर्खाएर बस्नु पर्ने मान्छे आफैँ जहाज कुरेर बसेको छ । त्यो पनि साधारण लबीमा । कम्तिमा भीआईपीकै लागि भनेर बनाइएको भीआईपी कक्ष त प्रयोग गर्नु पर्छ। हुँदा हुँदा आडैमा बसेकी युवतीलाई समेत वास्तै छैन कि मन्त्री महोदय स्वयम् साँधमा छन् ।

थैट !

के सारो बुद्धी नभाको मान्छे रचन यार !

स्ट्यान्डर्ड नै नराख्ने भए मन्त्रीको । मान्छेलाई मन्त्री हुन पनि मजा नआउने बनाइदिए यार । यस्तै पारा हो भने कस्सैले राजनीति गर्दैन यो देशमा । २०/२५ बर्ष राजनीति गरेर, लाठी खाएर, जेल बसेर, अनेट गुट उपगुटको तिकमड गरेर, पार्टी प्रमुखको मन जितेर, अनेक दुख गरेर बल्ल बल्ल मन्त्री भएपछि पनि यस्तै फलामको कुर्सीमा बसेर प्लेन पर्खिने हो भने के काम राजनीति गरेको ?
From: ganesh paudels facebook

22/09/2025

The Bitter Truth By Sumana Shrestha

To all the youth who genuinely want change:

अबनेतालाई भगवान मानेर पुजा नगरौ ! खबरदारी गर्ने गरौयत्ति गरौं न धेरै कुरा ठिक हुनेछ
15/09/2025

अब
नेतालाई भगवान मानेर पुजा नगरौ ! खबरदारी गर्ने गरौ
यत्ति गरौं न धेरै कुरा ठिक हुनेछ

Address

Auburn, NSW
2144

Website

https://www.youtube.com/@Breaking_Nepal

Alerts

Be the first to know and let us send you an email when GenZ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share