
15/06/2025
आजको राशिफल – असार १ गते, आइतबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको मेहनतले भविष्यमा प्रतिष्ठा र सम्मान पाउने सम्भावना छ। साथीहरूको साथ र नयाँ अवसर प्राप्त हुने योग छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामहरू पुरा हुनेछन्, र सानो प्रयासले ठूलो लाभ मिल्न सक्छ। धर्म–कर्ममा आकर्षण बढ्नेछ, तर आलस्यले ढिलाइ हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कसैको सहयोगबाट काम अगाडि बढ्न सक्छ, यद्यपि प्रारम्भिक कठिनाइ भोग्नुपर्नेछ। समाजसेवामा खर्च हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै बोल्दा समस्या बढ्न सक्छ। परिवारबाट सहयोग मिल्नेछ। खर्च बढी हुनसक्छ, योजनालाई गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना सफलताले आत्मविश्वास बढाउनेछन्। शत्रु र रोगमाथि विजय पाइनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सकारात्मक समाचारले उत्साह बढाउनेछ। अध्ययन वा कृषि–पशुपालनबाट राम्रो फाइदा हुनेछ। विगतका कर्मको राम्रो फल पाइनेछ।
⚪ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ। पहिलेका त्रुटिहरू सुधार्ने मौका मिल्नेछ। जमिन वा सम्पत्तिबाट लाभ मिल्ने संकेत छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कठिन मेहनतपछि सफलता मिल्नेछ। व्यापारमा राम्रो लाभ हुनेछ। आत्मीय सम्बन्धहरू प्रगाढ हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। बोलीको प्रभावले आर्थिक फाइदा मिल्ने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारसँगको मेलमिलाप र रमाइलो हुनेछ। नयाँ योजनामा प्रस्ताव आउन सक्छ। पहिरन र व्यक्तित्वमा निखार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अर्थ अभाव भए पनि सहयोग जुट्नेछ। प्रयास दोहोर्याउँदा काम बन्नेछ। खर्च बढ्ने भएकाले सचेत रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुराना कामबाट राम्रो फाइदा मिल्नेछ। नयाँ आयको स्रोत पत्ता लाग्नेछ। कृषि वा व्यापारमा फाइदाजनक समय हुनेछ।