29/10/2025
सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा क्याप्टेन विवेक खड्का बाहेक यात्रु भने थिएनन् । पाइलट खड्का सकुशल रहेका छन् ।
लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।