Nepal Tube Australia

Nepal Tube Australia NEPALTUBE is supporting Nepali community around the globe with fair information and updates.

NEPALTUBE is your leading digital platform for fair information and updates while promoting community harmony and preserving diversity in the Australian Nepalese community.

विश्व आदिवासी दिवस मनाइयो - काठमाडौंमा शुक्रबार विभिन्न कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाइएको छ । यहि क्रममा नेपाल लो...
08/08/2025

विश्व आदिवासी दिवस मनाइयो - काठमाडौंमा शुक्रबार विभिन्न कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाइएको छ । यहि क्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले पनि ३१ औं आदिवासी दिवस मनाएको छ । दिवसका अवसरमा विभिन्न जातजातिको पोशाक तथा झाँकीसहितको र्‍याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह प्रदर्शनी मार्गसम्म पुगेको थियो ।। तस्बिर : नेपाल फोटो लाइब्रेरी

08/08/2025

अष्ट्रेलियामै भेटौला है - जित्ने जोश लिएर आउदै नेपाली टिम Nepali Cricket Top End T20 Australia

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीमा सरकार सक्रिय- परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा आएको बाढी...
08/08/2025

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीमा सरकार सक्रिय- परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहलभएको बताउनु भएको छ । बाढीमा नेपाली नागरिक पनि बेपत्ता भएको बारे दुःख व्यक्त गर्दै उहाँले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरेर निर्देशन दिएकी जानकारी गराउनु भएको छ । उत्तराखण्ड बाढीपछि २२ भन्दा बढी नेपाली सम्पर्कविहीन भएको खबर बाहिरिएको छ ।

विपिनका आमा र बहिनी सोमबार इजरायल जादै - प्यालेस्टाइनी लडाकु समूह हमासको अ'पहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका ...
08/08/2025

विपिनका आमा र बहिनी सोमबार इजरायल जादै - प्यालेस्टाइनी लडाकु समूह हमासको अ'पहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा सोमबार इजरायल जान लाग्नुभएको छ । नेपालस्थित इजरायली दूतावासले इजरायल लैजान भन्दै उहाँहरुका लागि सोमबारको टिकट काटेको हो । विपिन रिहाइका लागि इजरायललेआमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने र अमेरिकी राष्ट्रपतिसँग समेत भेट गराउने योजना बनाएको छ । इजरायल- प्यालेस्टाइन द्व'न्द्वका कारण ६० हजारभन्दा बढी मा'रिदा सयौं बे'पत्ता छन् ।

टिकटकर आयुषविरुद्ध आफ्नै आमाको मुद्दा - छोरा आयुषसिंह ठकुरी र बुहारी एलिजेविरुद्ध आफ्नै आमा नानु सिंहले गाली बेईजतिको मु...
08/08/2025

टिकटकर आयुषविरुद्ध आफ्नै आमाको मुद्दा - छोरा आयुषसिंह ठकुरी र बुहारी एलिजेविरुद्ध आफ्नै आमा नानु सिंहले गाली बेईजतिको मुद्दा हाल्नुभएको छ । असार ३० गते आयुष र एलिजेले जिल्ला अदालतमा कानूनी विवाह गर्नुभन्दा केही अघि हालिएको मुद्दा फेरि ब्युताइएको हो । नानुसिंह र छोराबुहारीबीचको विवाद सामाजिक संजालमा छताछुल्ल भएपछि अदालतको मुद्दा फेरि बहसमा आएको छ । जेठ अन्तिमतिर गाली बेइज्जतीको मुद्दा अदालतमा दर्ता भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारि दिनुभएको छ । मुद्दामा आयुष र एलिजेलाई प्रतिवादी बनाइएको छ । आमा र छोरा सँगै नबस्ने कुरा बाहिर आएपछि विवादको सुरुवात भएको थियो । अहिले आमासँग खासै कुरा नहुने र केही काम पर्दा मात्र आमाले सम्पर्क गर्ने आयुषले बताउने गर्नुभएको छ ।

08/08/2025

भारतको बा'ढीमा हराए १३ नेपाली, खोजिदिन आग्रह, प्रधानमन्त्रीको भनाई यस्तो Nepali in India, Uttarakhand

अष्ट्रेलियामा सडकमै सुत्नेहरु :अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य सरकारले १० वर्ष भित्र होमलेसनेस (सडकमै सुत्ने प...
08/08/2025

अष्ट्रेलियामा सडकमै सुत्नेहरु :
अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य सरकारले १० वर्ष भित्र होमलेसनेस (सडकमै सुत्ने प्रवृत्ति) अन्त्य गर्ने गरि नीति सार्वजनिक गरेको छ । राज्य सरकारले '२०२५-२०२५ बेघर नीति' शुक्रबार (अगस्ट ८) सार्वजनिक गरेको हो । यस नीति कार्यान्वयनको पहिलो चरणमा 'घर पहिला' प्रणालीको डिजाइन गरिनेछ जसले छिटो स्थायी आवास दिन सहयोग गर्नेछ । साथै होटल तथा मोटलमा सुत्ने मानिसलाई उचित आवासको व्यवस्था गरिनेछ । साथै बेघर समन्वय सञ्जाल विस्तार र सडकमा सुत्ने मानिसहरुको नाम तथा समस्याहरु दर्ता गरिनेछ । अहिलेसम्म सामाजिक आवास र घरबिहीनहरुका लागि एनएसडब्लू राज्य सरकारले ६.६ बिलियन डलर लगानी गरिसकेको जनाएको छ

उत्तराखण्ड बाढीमा नेपालका १३ जना वेपत्ता :भारतको उत्तराखण्डमा आएको बाढी तथा पहिरोमा जाजरकोटका १३ जना भन्ढी नागरिक हराएको...
08/08/2025

उत्तराखण्ड बाढीमा नेपालका १३ जना वेपत्ता :
भारतको उत्तराखण्डमा आएको बाढी तथा पहिरोमा जाजरकोटका १३ जना भन्ढी नागरिक हराएको आशंका गरिएको छ । जाजरकोटको कुशे गाउँपालिकाले बिहीबार (अगस्ट ७) मा एक विज्ञप्ती जारी गर्दै वडा नं. २ र अन्य वडाका केही व्यक्तिहरु सम्पर्कमा नरहेकाले उक्त घ ट ना मा परि हराएको आशंका गरिएको जनाएको छ । उत्तराखण्ड राज्यको उत्तरकाशीको हर्षिल क्षेत्रमा अगस्ट ५ मा आएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परि ५० जना बे'पत्ता भएका थिए

फूड डेलीभरीलाई चे ता व नी :अष्ट्रेलियाको भिक्टोरिया प्रहरीले मेलबर्नमा फूड डेलिभर गर्नेहरुलाई जरिवाना गर्ने चेतावनी जारी...
08/08/2025

फूड डेलीभरीलाई चे ता व नी :
अष्ट्रेलियाको भिक्टोरिया प्रहरीले मेलबर्नमा फूड डेलिभर गर्नेहरुलाई जरिवाना गर्ने चेतावनी जारी गरेको छ । प्रहरीले सन् २०२५ को जुन महिनायता मेलबर्नमा इ-बाइक तथा स्कुटर र साइकलबाट फूड डेलिभर गर्ने ३ सय जनालाई ट्राफिक नियम तोडेको भन्दै जरिवाना तिराएको हो । फुटपाथमा सवारी चलाएको, रातो बत्तीबाट गएको, गलत लेनमा चलाएको र मोबाइल फोनको प्रयोग गरेको भन्दै प्रहरीले १९८ डलरदेखि ५९३ डलरसम्म जरिवाना तिराएको छ । यसले दुर्घटना बढाएको भन्दै प्रहरीले जरिवाना तिराउन लगाएको हो ।

एनआरएनएलाई देशको चिन्ता - महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साना पुँजीको लागि एनआरएनए रेमिट फन्ड ...
08/08/2025

एनआरएनएलाई देशको चिन्ता - महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साना पुँजीको लागि एनआरएनए रेमिट फन्ड र ठूला तथा मझौला लगानीकर्ताको लागि इन्भेष्टमेन्ट कम्पनी गठनको तयारी थालेको छ । एनआरएनए अध्यक्ष श्रेष्ठले आगामी अक्टोबरबाट यसलाई अगाडि बढाइने बताउनुभएको हो । आफ्नो कमाइ घर खर्चका लागि मात्र प्रयोग गरेका विदेशमा बसेर श्रम गर्नेहरुले केही हजार रुपैयाँ मात्र फन्डमा राख्न सकियो भने सरकारसँग मिलेर ठूला ठूला आयोजना निर्माण गर्न सकिने उहाँले बताउनुभयो । यस्तै ठूलो लगानी जम्मा गरेर अर्को ५ अर्बको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न लागिएको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसमा ठूला तथा मझौला लगानीकर्ताले ५ लाखदेखि १ करोडसम्म लगानी गर्न सक्नेछन् । परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरेर कल सेन्टर स्थापनाको तयारी समेत एनआरएनएले गरेको छ ।

फिफा वरियतामा महिला टोलीको छलाङ- विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोली ८७ औं स्थानमा उक्लिएको छ । फिफाले ...
08/08/2025

फिफा वरियतामा महिला टोलीको छलाङ- विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोली ८७ औं स्थानमा उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा एक सय औं स्थानमा रहेको नेपालले १३ स्थान छलाङ मारेको हो ।नेपालले नयाँ वरियतामा १२४८.८९ अंक जोडेको थियोे । केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेर टाइब्रेकरमा पराजित भएको थियो ।।

अष्ट्रेलिया जाने नेपाली टोलीको फिटनेस- बिहीबार क्यानले अष्ट्रेलिया जाने १६ सदस्यीय राष्ट्रिय टीमको फिटनेस र फिजिकल टेस्ट...
07/08/2025

अष्ट्रेलिया जाने नेपाली टोलीको फिटनेस- बिहीबार क्यानले अष्ट्रेलिया जाने १६ सदस्यीय राष्ट्रिय टीमको फिटनेस र फिजिकल टेस्ट गरेको छ । सातदोबाटोस्थित स्पोर्ट्स साइन्स एन्ड रिसर्च सेन्ट र नेसनल हाइ पर्फमेन्स सेन्टरमा भएको फिटनेस र फिजिकल टेस्टमा सन्दिप लामिछाने समेत सहभागी हुनुहुन्छ । क्यानले आफ्नो फेसबुक पेजमा फिजिकल टेस्टको फोटो सार्वजनिक गरेको छ । क्यानले अष्ट्रेलियामा आयोजना हुने टप इन्ड टी-२० सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टीम घोषणा गरेको छ । तस्बिर- नेपाल फोटो लाईब्रेरी

Address

Hamilton Road
Brisbane City, QLD
4030

Alerts

Be the first to know and let us send you an email when Nepal Tube Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Tube Australia:

Share

Our Story

Nepal Tube is Youtube based multi media run by Nepali journalist. Nepal Tube team produce media content related to Nepal and Nepali people across the world. Our Team Director - Saral Gurung Director of Cinematography-Jeetendra Neupane

Camera person - Prakash Adhikari Marketing Executive- Prakash Lamichhane (Matt) IT Support - Rojan Dhakal Sub editor- Kedar Chapagain Europe Representative - Bashu Satyal Nepal Representative - Saroj Khadka, Milan Pathak USA Representative- Badri Gautam