Nepali News Australia

Nepali News Australia we are covering event, culture and news of Nepali community in Australia.

जेरेमीकाे जित: अस्ट्रेलियाको तास्मनिया राज्यमा शनिबार सम्पन्न राज्यस्तरीय निर्वाचनमा सन् २०१४ देखि सत्तामा रहेको राज्यको...
20/07/2025

जेरेमीकाे जित: अस्ट्रेलियाको तास्मनिया राज्यमा शनिबार सम्पन्न राज्यस्तरीय निर्वाचनमा सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफ फेरि निर्वाचित भएका छन् ।

छात्रबृत्ति परिक्षा:  काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्...
19/07/2025

छात्रबृत्ति परिक्षा: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १४ हजार भन्दा बढी सहभागी भएका छन् ।

19/07/2025

अस्ट्रेलियाका धनाढ्यहरुले नै तिरदैनन् कर..

निर्वाचनको कुराः अस्ट्रेलियाको तास्मनिया राज्यमा आज राज्यस्तरीय निर्वाचन हुदैछ । निर्वाचनमा सन् २०१४ देखि सत्तामा रहेको ...
19/07/2025

निर्वाचनको कुराः अस्ट्रेलियाको तास्मनिया राज्यमा आज राज्यस्तरीय निर्वाचन हुदैछ । निर्वाचनमा सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफ र प्रमुख तास्मानिया लेबर पार्टीका डीन विन्टर बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राज्यको तल्लो र माथिल्लो दुबै सदनका लागि ५० सीटमा निर्वाचन हुन लागेको हो ।

प्रोत्साहन भत्ताका कुराः निर्माण क्षेत्रमा चर्को कामदारको अभाब झेलिरहेको अस्ट्रेलियाले यस क्षेत्रमा काम गर्न चाहानेहरुला...
19/07/2025

प्रोत्साहन भत्ताका कुराः निर्माण क्षेत्रमा चर्को कामदारको अभाब झेलिरहेको अस्ट्रेलियाले यस क्षेत्रमा काम गर्न चाहानेहरुलाई १० हजार डलर प्रोत्साहन भत्ता दिने भएको छ ।यहि जुलाई १ तारिखबाट कार्यान्वयनमा आएको कि, अपेरेन्टेनशीप प्रोग्राम अन्तरगत क्लीन इनर्जी र हाउजिङ कन्स्ट्रशन गरि दुई वटा क्षेत्रमा काम गर्ने चाहानेहरुलाई निश्चित मापदण्ड पुरा गरेपछि उक्त रकम उपलब्ध गराईनेछ । क्लीन इनर्जी अर्थात नवीकरण उर्जाका क्षेत्रमा डिजाइनिङ, डेपलपिङ, ट्रान्समिसन, स्टोरिङ, मर्मत सम्भार देखि उर्जा जडानसम्मका कार्यहरुलाई समावेश गरिएको छ भने हाउजिङ निर्माणतर्फ घर, अर्पाटमेन्ट र नर्सिङ होम निर्माण गर्ने कारपेन्टर, पलम्बर, इलेक्ट्रेशियन, टाइलिङ, ब्रिकलायर देखि लकस्मिथ सम्म समावेश रहेका छन् । प्रोत्साहन रकम काम सुरु गरेको ६ महिना, १२ महिना, २४ र ३६ महिनामा रकम दाबी गर्न पाईनेछ ।

दुर्गालाई सफाईः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत ...
18/07/2025

दुर्गालाई सफाईः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । यो मुद्दामा सफाई पाएपनि तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।

18/07/2025

कामदारका कुरा..

18/07/2025

लुटेराहरु पक्राउः अष्ट्रेलियाको कुइनस्ल्याण्ड राज्यमा एक महिनाअघि नेपाली सुन पसल लुटपाट गर्ने ६ जना नकाबधारी समूहहलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । कुइनसल्याण्ड प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै ब्रिसबेनको चामसाइडमा गत जुन १० तारिख, साँझ पाँच बजे, नेपाली सुन पसल श्री गणेश ज्वेलरी सपमा विभिन्न हतियार प्रयोग गरि लुटपाट गर्ने समूहलाई पक्राउ गरेको जनाएको छ । लुटेराहरुको समूहले फेस मास्क लगाएर ह्यामर लगायतका हतियार प्रयोग गरि पसल तोडफोड गर्नुका साथै करिब एक मिलियन डलर बराबरको गरगहना चोरी गरेका थिए । पसलभित्र रहेका सञ्चालक विजय सुनारलाई उनीहरुले रड प्रहार गरेर गम्भिर घाइते समेत बनाएका थिए । यसरी लुटपाट पछि, लुटेराहरुको समूह चोरी गरेको गाडीमा फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले सुन पसलसँगै अन्य विभिन्न स्थानमा रहेको सीसीटिभि फुटेजहरुको आधारमा ति समूहलाई पक्राउ गर्न सफल भएको जनाएको छ । प्रहरीले सिसिटिभी फुटेजका आधारमा सवारीसाधनसँगै घर–घरमा पुगेर अनुसन्धान अघि बढाएको थियो । एकै समयमा अर्को नेपाली सुन पसलमा समेत चोरी भएपछि नेपाली व्यवसायीहरुको सुरक्षाका लागि कुइनसल्याण्ड राज्यको संसद्मा समेत कुरा उठेको थियो भने गैरआवासीय नेपाली संघ एनआरएनएले प्रेस विज्ञप्ति मार्फत सबैको ध्यानाकर्षण गराएको थियो । प्रहरीका अनुसार, यसरी पक्राउ पर्ने २०, २५ ३९ र २९ बर्षीय युवाहरुका छन् भने एक जना १६ बर्षीय किशोर पनि संलग्न रहेका थिए ।

नेपालमा श्रमिकको तलब बढ्यो हैः  नेपालमा श्रमिकहरुको तलब बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार श्र...
18/07/2025

नेपालमा श्रमिकको तलब बढ्यो हैः नेपालमा श्रमिकहरुको तलब बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार श्रमिकहरुले अब प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ प्राप्त गर्नेछन् । भने मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ । यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।

साम्बा शान: अस्ट्रेलियाकाे ए डिभिजन लिग फुटबल खेल्न वेलिङ्टन फिनिक्समा अनुबन्धन भएपछि नेपाली स्टार फुटबलर साबित्रा भण्डा...
18/07/2025

साम्बा शान: अस्ट्रेलियाकाे ए डिभिजन लिग फुटबल खेल्न वेलिङ्टन फिनिक्समा अनुबन्धन भएपछि नेपाली स्टार फुटबलर साबित्रा भण्डारी (साम्बा) भन्छिन्: ‘म असाध्यै उत्साही छु फिनिक्सबाट खेल्न पाउने भएपछि । म धेरैभन्दा धेरै गोल गर्न चाहन्छु र समर्थकलाई खुसी बनाउन चाहन्छु ।’

२५ लाख हस्ताक्षर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर सं...
17/07/2025

२५ लाख हस्ताक्षर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ । पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो ।

17/07/2025

यी हुन अस्ट्रेलियाको ब्रिसबेनमा नेपाली सुन पसल चोरी गर्ने लुटेराहरु

Address

Campsie, NSW

Alerts

Be the first to know and let us send you an email when Nepali News Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News Australia:

Share