Nepal Bihani Khabar

Nepal Bihani Khabar तपाँईको भरपर्दो खबर
https://nepalbihani.com

कतार जान लागेका ५००+ यात्रुहरूले रात विमानस्थलमै बिताए। हिमालयन एयरलाइन्सले आज बिहान ६ बजे बोलाएको छ भने नेपाल एयरलाइन्स...
24/06/2025

कतार जान लागेका ५००+ यात्रुहरूले रात विमानस्थलमै बिताए। हिमालयन एयरलाइन्सले आज बिहान ६ बजे बोलाएको छ भने नेपाल एयरलाइन्सका प्रतिनिधि सम्पर्कमा आएका छैनन्। यस्तो आपत्कालीन अवस्थामा एयरलाईन्स, एयरपोर्ट र सरकारी निकायले उचित व्यवस्था मिलाएको भए राम्रो हुन्थ्यो।

– Via Nepal Photo Library

24/06/2025

कतारमा करिब चार लाख नेपाली कामदार रहेका छन्, र हाल त्यहाँ त्रासपूर्ण वातावरण सिर्जना भएको छ। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन अनुरोध गर्दछौं। 🙏😥

23/06/2025

इरानले कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा ६ वटा मिसाइल प्रक्षेपण गरेको छ। Source: Axios

अहिले दुई जना सांसदको सम्बोधन निकै चर्चाको विषय बनेको छ। रामेछापका कांग्रेस सांसद पूर्णबहादुर तामाङले बजेट सम्बन्धी विषय...
23/06/2025

अहिले दुई जना सांसदको सम्बोधन निकै चर्चाको विषय बनेको छ। रामेछापका कांग्रेस सांसद पूर्णबहादुर तामाङले बजेट सम्बन्धी विषयमा आफ्नै पार्टीको दृष्टिकोणसँग असहमति जनाएका छन् भने सर्लाहीका स्वतन्त्र सांसद अमरेश सिंहले देशको वर्तमान अवस्थामाथि गरेको टिप्पणीले जनचासो आकर्षित गरेको छ।आफ्नो-आफ्नो धारणा राख्नुहोस्?

🔴 मानिस हराएको सूचना 🔴काभ्रेपलाञ्चोक जिल्ला, मण्डनदेउपुर नगरपालिका–६, सीपाघाट तिनकुने निवासी सोमप्रसाद सिम्खडा (उमेर ५० ...
16/06/2025

🔴 मानिस हराएको सूचना 🔴

काभ्रेपलाञ्चोक जिल्ला, मण्डनदेउपुर नगरपालिका–६, सीपाघाट तिनकुने निवासी सोमप्रसाद सिम्खडा (उमेर ५० वर्ष) २०८२ सालको जेठ ३१ गते, बिहान ११ बजेतिर इन्द्रावती नदी तरेर भीमटार हुँदै बन्देउ नजिक पुगेको जानकारी प्राप्त भएको छ।

त्यहाँ उहाँले होटलमा तरकारी र चिउरा खाएको र काम खोज्न निस्किएको जानकारी प्राप्त भए पनि त्यसपछि कहाँ गएको भन्ने थाहा नभएकोले हालसम्म सम्पर्कविहीन हुनु भएको छ।

🔹 नाम: सोमप्रसाद सिम्खडा
🔹 उमेर: ५० वर्ष
🔹 उचाइ: ५ फिट ३ इन्च
🔹 तौल: लगभग ४० केजी
🔹 रङ: गहुँगोरो
🔹 कपाल: खौरिएको
🔹 लुगाफाटा: निलो टिसर्ट, ट्र्याक सुट, चप्पल
🔹 अन्य विवरण: मानसिक सन्तुलन ठिक छैन

📞 देख्नुभएमा वा जानकारी भएमा कृपया तुरुन्त सम्पर्क गर्नुहोस्:
➡ 98499218140

🙏 सहयोग गरिदिनुहोस् — तपाईंको सानो प्रयासले परिवारलाई ठूलो राहत मिल्न सक्छ। कृपया यो पोस्टलाई सक्दो शेयर गर्नुहोस्।
#हराएको_सूचना Kavre

Sad News दुखद : ! पाथिभरा दर्शन गर्ने जाने क्रममा  तेर्से देउराली नजिकै बोलेरो गाडिको हुडमा तार खसेर  करेन्ट लाग्दा फुङल...
21/04/2025

Sad News दुखद : !
पाथिभरा दर्शन गर्ने जाने क्रममा तेर्से देउराली नजिकै बोलेरो गाडिको हुडमा तार खसेर करेन्ट लाग्दा फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, उहाँका श्रीमान् झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको छ I गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको प्रहरीले जनाएको छ l
समाचार स्रोत :- सामाजिक संजाल

दु:खद खबर नगरकोट कुन्ता बेसि सडक खण्ड अन्तरगत नयागाउमा केहि समय अगाडि स्क्ररपियो ले ठक्कर दिदा स्थानिय गोथे कामिको घटना ...
20/04/2025

दु:खद खबर नगरकोट कुन्ता बेसि सडक खण्ड अन्तरगत नयागाउमा केहि समय अगाडि स्क्ररपियो ले ठक्कर दिदा स्थानिय गोथे कामिको घटना स्थल मै मृत्यु भयको छ्।
तस्विर:सामाजीम सञ्जाल

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा...
14/04/2025

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण ।

स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।
बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उहाँको भनाई छ । डाक्टर बस्यालले बाख्रा पालका क्रममा आई पर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराउनु भयो ।
कार्यक्रम अन्तरगत साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांस सदस्यहरु दलित महिला रहेका छन् । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ ।
कार्यक्रमका कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरु शोभाकान्त काफ्ले,सम्भव अर्याल,खिना काफ्ले समूह की अध्यक्ष सुधा बिक लगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।
वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
तस्बिरः बीउपाठी तथा बोका वितरण गरिँदै ।

राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा काठमाडौं । जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमा...
28/03/2025

राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा
काठमाडौं । जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका छन् । कोटेश्वरतर्फबाट आएको एक समूह तीनकुनेमा जम्मा भएका छन् । काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले एकै दिन प्रदर्शन गर्न लागेका हुन् ।

तस्विर:सामाजिक सञ्जाल

Big shout out to my newest top fans! 💎Saraswoti DulalDrop a comment to welcome them to our community,  fans
26/03/2025

Big shout out to my newest top fans! 💎

Saraswoti Dulal

Drop a comment to welcome them to our community, fans

इटहरीको सेन्ट्रल प्लाजामा ठूलो आगलागी भएको छ र यो अझै नियन्त्रण बाहिर छ।
26/03/2025

इटहरीको सेन्ट्रल प्लाजामा ठूलो आगलागी भएको छ र यो अझै नियन्त्रण बाहिर छ।

नारायणघाट बुटवल सडक खण्ड Update :पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डमा चार लेन विस्तार कार्य अन्तर्गत ६५ किलोमिट...
21/03/2025

नारायणघाट बुटवल सडक खण्ड Update :

पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डमा चार लेन विस्तार कार्य अन्तर्गत ६५ किलोमिटर बाटो मध्ये ४७ किलोमिटर कालोपत्र गरिएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार, यो खण्डमा ५८.७ प्रतिशत भौतिक प्रगति भइसकेको छ। गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा काम तीव्र गतिमा भइरहेको छ। यस खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् र ६५० भन्दा बढी कामदार सडक, पुल, कल्भर्ट, ड्रेनेज, सब बेस लगायतका संरचनामा काम गरिरहेका छन्। आगामी वैशाख महिनाभित्र दुम्कीबाससम्म कालोपत्र पुरा गर्ने लक्ष्य राखिएको छ।दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन डाँडाको भित्तो कटान पूरा भएको छ। विनयी खोलाको पुल आगामी मनसुन अघि पूरा गर्ने योजना छ। केही हप्ता अघि अत्यधिक भारवहनको ट्रकका कारण पुलमा क्षति पुगेको थियो, तर पथान्तरण गरेर सवारीसाधन सञ्चालन भइरहेको छ।
स्रोत:- सामाजिक संजाल बाट

Address

Chatswood, NSW

Alerts

Be the first to know and let us send you an email when Nepal Bihani Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Bihani Khabar:

Share